×

NMB BANK
NIC ASIA

त्रिपालमुनि राख्नु परेपछि कैदीको स्थानान्तरण

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरूलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक संख्यामा कैदीबन्दी रहेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

कारागार प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरूलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको थियो । आचार्यका अनुसार निकै कठिन भएपछि ४६ जनालाई मकवानपुरको भीमफेदी, दुई जनालाई परासी र तीन जनालाई वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । उनीहरूलाई पठाएसँगै हाल त्रिपालमुनि राख्नु नपरे पनि थपिँदै गर्दा अवस्था उस्तै हुने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन बिभागलाई जानकारी गराइएको आचार्यले बताए । उनले भने, ‘विभागलाई जानकारी गराएका छौँ । पूर्वाधार निर्माणको विषयमा पहल भइरहेको छ ।’ अहिले कारागारमा ६७२ पुरुष र ५० महिला कैदीबन्दी छन् । २५५ पुरुष कैदीबन्दी र २५ महिला कैदीबन्दी राख्ने क्षमता भए पनि उक्त कारागारमा कैदीबन्दीको चापका कारण सुत्न समस्या भएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

कारागारमा छिमेकी जिल्लाबाटसमेत कैदीबन्दी ल्याएर राख्ने गरेका कारण संख्या बढ्दै गएको आचार्यले बताए । विषेशगरी नवलपुर र मकवानपुरबाट यहाँ कैदीबन्दी ल्याइन्छ । उपचारका लागि समेत बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउने गरेका कारण चाप बढेको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित ठूला अस्पताल यहाँ भएकाले बिरामी कैदीबन्दीलाई स्थानान्तरण गरेर भरतपुर पठाउने गरिन्छ । 

Vianet communication
Laxmi Bank

कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै सरुवा रोगको संक्रमण फैलन सक्ने देखिएकाले उच्च सावधानी अपनाइएको आचार्यले बताए । बाहिरबाट ल्याइएका कैदीबन्दीलाई एक हप्ता क्वारेन्टाइनमा राखेर मात्रै अरुको सम्र्पकमा जान दिइने उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x