×

X
Nic Asia
Marvel
Khukuri

अख्तियार र मन्त्रालयका सचिवहरूबीच छलफल, सार्वजनिक सेवामा दूरदर्शी बन्न सुझाव

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । अख्तियारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिताका सम्बन्धमा नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । 

DHARA
LAxmi BAnk

अन्तरक्रियामा राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालयसहित सबै मन्त्रालयका सचिव तथा मातहतका विभाग र सम्बन्धित निकायका प्रमुखहरू सहभागी भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

छलफलपछि आयुक्तहरूले मन्त्रालयले विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको हकमा दूरदर्शी भएर अघि बढ्नुपर्ने, जनशक्तिहरूलाई अतिरिक्तमा नराखी जिम्मेवारी दिनुपर्ने, कानून निर्माण गर्दाको समस्यामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।  

अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले यस किसिमको अन्तरक्रियाले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा योगदान पु¥याउने बताए । हाल कार्यान्वयनमा रहेका सूचना प्रविधि सम्बन्धी सुधारलाई एकीकृत गर्नुपर्ने, मन्त्रालयमा रहेका अनुगमन तथा मूल्यांकन महाशाखालाई सवलीकरण गर्नुपर्ने र अनुगमनबाट प्राप्त प्रतिवेदनको प्रभावकारी कार्यान्वनयन गर्नुपर्ने उनले बताए । 


Advertisment
Bizbazar
Saurya island

अख्तियारले बजार अनुगमन र विकास निर्माणको अनुगमनलाई छुट्टाछुट्टै रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएको छ । 

अख्तियारले यस्तै छलफल यसअघि साउन २५ र २५ गते पनि आयोजना गरेको जानकारी दिएको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असार १७, २०७९

कर्मचारीको मुद्दा हेर्न गठन गरिएको प्रशासनिक अदालत मुद्दाविहीन भएपछि सुनसान बनेकाे छ । कर्मचारीहरूसँग सम्बन्धित मुद्दा पनि अधिकांश उच्च र सर्वोच्च अदालतमै दर्ता गरिँदा प्रशासनिक अदालत सुनसान बनेको हो ।  ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x