×

NMB BANK
NIC ASIA

शीतल निवासको निर्णय

नागरिकता विधेयक फिर्ता : राष्ट्रपतिको १५ बुँदे सन्देशमा के छ ?

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता गरिदिएकी छन् । उनले प्रेषित गरेको सन्देशमा विधेयक सुधारको ठाउँसमेत औंल्याएकी छिन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले नागरिकता कानुन बनाउन ऐतिहासिक पक्षहरुको समग्र अध्ययन आवश्यक भएको बताएकी छन् । जसमा विसं २००९ सालमा जारी भएको पहिलो नागरिकता ऐन, पुराना संविधान र तिनमा नागरिकता प्राप्तिको व्यवस्थाबारे भएका परिवर्तन तथा उतार चढाव उल्लेख गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

साथै तत्कालीन राजा वीरेन्द्रले रोकेको नागरिकता ऐन, बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोग समेतको चर्चा समेत राष्ट्रपतिले आफ्नो सन्देशमा गरेकी छन् । भविष्यमा नागरिकता विवादबारे समस्या नहोस् भनेर अहिलेको संसदले पनि यथेष्ट ध्यान पुग्नुपर्ने राष्ट्रपतिको भनाइ छ । यस्तै नागरिकताका सिद्धान्तहरूमा स्पष्टता पनि उनले खोजेकी छन् । जसमा आमाको नामबाट नागरिकता सहज रुपमा पाउनुपर्ने सवाललाई पनि उठाएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अंगीकृत नागरिकताको सवाललाई स्थायी रुपमा समाधान गरिनुपर्ने सन्देश दिएकी छन् । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको प्रतिवेदनलाई पनि थाती राखी पुनः नयाँ विधेयक दर्ता गराउनुको विश्वसनीय र स्पष्ट कारण संसद्का माध्यमबाट सार्वभौम जनताका सामुन्ने राखिदिनु पर्ने आशयसहितको सन्देश पनि राष्ट्रपतिले दिएकी छन् । बाबु नभएकोबारे आमाको स्वघोषणा प्रस्ताव गरिएकोलगायतका विषयमा समेत राष्ट्रपतिले चासो देखाएकी छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यादेश स्वीकृत गर्नुको कारण आफ्नो सन्देशमा उल्लेख गरेकी छन् । अध्यादेश राष्ट्रपतिले रोक्न नपाउने तर अहिलेको अवस्थामा भने संवैधानिक व्यवस्थाअनुसार निर्णय लिएको भण्डारीको भनाइ छ । तर ओलीले ल्याएको अध्यादेशले पनि नागरिकताको सवालमा  प्रष्ट जवाफ दिन नसकेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

नागरिकलाई नागरिकता दिन ढिलाई गर्न नहुने भन्दै राष्ट्रपतिले आफ्नो सन्देशमा तत्काल छलफल गरी पुनः प्रमाणीकरणका लागि पेश गर्न आग्रह गरेकी छन् । नागरिक अगुवासँगको परामर्शपछि राष्ट्रपति भण्डारीले आइतवार विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन् । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर पठाएको विधेयक १५ दिनमा प्रमाणित गर्ने या फिर्ता गर्ने राष्ट्रपतिको अधिकार हो । 

संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरण सम्बन्धी व्यबस्था छ । ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ’ भन्ने संविधानको व्यबस्था छ । राष्ट्रपतिले सोही व्यवस्थालाई टेकेर विधेयक फिर्ता गरेकी हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x