कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ ।
सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् ।
स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए ।
उनले भने, 'रोपाइँ भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ ।'
नरैनापुरमा खडेरीका कारण हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।
नरैनापुरमा धान खेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर रहेको जनाइएको छ ।
बर्सात नभएर धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ ।
वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।
गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ ।
खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष साहको भनाइ रहेको छ ।
बाँकेको अन्य क्षेत्रमा भने धान रोपाइँ भइसकेको छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सबैभन्दा धेरै नरैनापुरसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत रोपाइँ भएको छ ।
वैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ । रासस
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...