×

NMB BANK
NIC ASIA

बलिउड बजारसम्मको यात्रा

प्रेमगीत– ३ को बलिउड यात्रा : मुम्बईका गल्ली चहारेको क्षणदेखि टिजरमा बाहुबली फ्लेबरसम्म

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेरिएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

यो चलचित्रको चर्चा तब थप चुलियो, जब बलिउड बजारमा समेत प्रदर्शनमा आउने खबर सार्वजनिक भयो । केही साताअघि चलचित्रको हिन्दी संस्करणको पोस्टर सार्वजनिक गरियो । तरन आदर्शजस्ता समीक्षकहरूले सोसल मिडियामा ‘प्रेम गीत ३’बारे चर्चा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बईका शहरमा ठूला–ठूला होर्डिङबोर्डहरूमा ‘प्रेम गीत ३’को पोस्टर टाँसियो । बलिउड र हलिउड चलचित्रका पोस्टर टाँसिने ठाउँमा नेपाली चलचित्रको पोस्टर देख्दा चलचित्र क्षेत्र मात्र नभई दर्शकहरूले समेत गौरव महशुस गरे । 


Advertisment
Nabil box
Kumari

शनिवार चलचित्रको हिन्दी र नेपाली दुवै संस्करणको टिजर सार्वजनिक गरिएको छ । त्यससँगै यतिबेला ‘प्रेम गीत ३’ ले ‘अलग्गै’ र एउटा विशेष माहोल ‘क्रिएट’ गरेको छ । भारतीय मिडियाहरूले समेत चलचित्रबारे समाचार सम्प्रेषण गरेका छन् । 

Vianet communication
Laxmi Bank

सार्वजनिक टिजरले भ्युज निकै राम्रो पाएका छन्, प्रतिक्रियाहरू समेत उत्तिकै सकारात्मक छन् । हिन्दी भाषामा डब भएर भारतमा ठूलो स्केलमा थिएटरमा लाग्न लागेको यो नै पहिलो नेपाली चलचित्र हो ।

चलचित्र भारतका झण्डै एक हजार थिएटरमा प्रदर्शन हुने निर्माण टीमको भनाइ छ । चलचित्रले त्यहाँ कस्तो प्रतिक्रिया पाउने हो ? कस्तो व्यापार गर्ने हो ? त्यो भने प्रदर्शनपछि थाहा हुने कुरा भयो । तर, नेपाली चलचित्र यसरी भारतीय बजारमा पुग्नुलाई गौरवका रूपमा लिन सकिने चलचित्रकर्मीहरूको भनाइ छ ।

००० 

फ्लोरमा निस्किँदै गर्दा निर्माता एवं निर्देशक सन्तोष सेनले ‘प्रेम गीत ३’लाई लिएर मुम्बईसम्म पुग्छु भन्ने सोचेकै थिएनन् । 

नेपालमै ठूलो क्यानभासको चलचित्र निर्माण गर्नुपर्छ भन्ने सोच उनमा थियो । त्यसका लागि सक्दो मेहनत गरेका थिए । लाखौं खर्चेर भव्य सेट निर्माणदेखि माइनस २० डिग्रीसम्मको चिसोमा काम गरिएको थियो । तर, चलचित्र एकाएक मुम्बई नगरीसम्म पुग्यो ? त्यसको कारण जान्न भने ढाइवर्ष अगाडि फर्किनुपर्छ । २०७६ चैत २८ गते, चलचित्रले आफ्नो प्रदर्शनको मिति तोकेको थियो ।

अवस्था सामान्य भइदिएको भए सोही मितिमा नेपाली दर्शकमाझ आइसकेको हुन्थ्यो, प्रेम गीत– ३ ।  

तर, चलचित्र प्रदर्शनमा आउनुअघि कोरोना महामारीले विश्वलाई नै आतंकित बनाउँदै लग्यो । विभिन्न क्षेत्र ठप्प हुँदै गए । नेपाली चलचित्र क्षेत्र अझ बढी प्रभावित बन्यो । प्रदर्शनका लागि तम्तयार चलचित्र रोकियो । मानिसहरू घरभित्रै थुनिन बाध्य भए । सोही क्षण सन्तोषको दिमागमा फुरेको सोच थियो, भारतमा पुगेर चलचित्रको स्याटेलाइट रिलिजको प्रयास गर्ने । 

एक दिन सन्तोषले भारतीय टिभी च्यानल हेरिरहेका थिए । त्यस बखत टिभीमा प्रशारण भइरहेको पुरानो साउथ चलचित्रले उनलाई सोच्न बाध्य बनाएको थियो । 

‘साउथका पुराना झुर चलचित्रहरू समेत टेलिभिजनमा देखेपछि सोच्न बाध्य भएँ,’ सन्तोषले आफैंमाथि प्रश्न तेर्स्याए, ‘साउथका २० वर्षअघिका चलचित्रहरू समेत स्याटेलाइट रिलिज हुने ? त्यसमाथि भारत र नेपालको संस्कार पनि धेरथोर मिल्छ । भाषा, संस्कृति पनि मिल्छ । तर पनि हाम्रो भाषाको चलचित्र भारतीय टिभीमा किन आउँदैन ?’ उनले सोच बनाए, ‘भारतीय टिभीमा प्रसारण गर्न यसलाई किन ‘ट्राइ’ नगर्ने ?’ 

निर्माता/निर्देशक सन्तोष सेन

त्यतिबेलासम्म चलचित्रका अर्का निर्देशक छेतन गुरुङको निधन भइसकेको थियो । सन्तोषले चलचित्रको ‘शो रिल’ बनाएर अंग्रेजीमा न्यारेसन गरे । र, अभिनेता प्रदीप खड्कालाई लिएर मुम्बईतर्फ लागे । तर, त्यहाँ उनीहरूका लागि सहज थिएन । कहाँ जाने, कसलाई भेट्ने केही अत्तो–पत्तो थिएन । उनीहरूले मुम्बईका गल्ली–गल्ली चहार्दै थुप्रै वितरकहरूलाई ‘शो रिल’ देखाउन थाले । त्यो क्षण सम्झिँदै सन्तोष भन्छन्, ‘धेरै ठाउँमा जाँदा सबैले राम्रो लागेको त बताए, तर लगानी गर्न कुनै पनि वितरक तयार देखिएनन् ।’

त्यत्तिकैमा साउथ इण्डियन फिल्मस्हरू किन्ने ‘इम्पोसिबल फिल्मस्’का प्रबन्ध निर्देशकसँग सन्तोषको भेट भयो । सन्तोषले चलचित्रको शो रिल ती व्यक्तिलाई देखाए । शो रिल हेरेपछि ती व्यक्तिले भने, ‘यसको हिन्दी मात्र नभई, नेपालीबाहेक सबै राइटस् म लिन्छु ।’ 

‘त्यसपछि चलचित्र कतिमा बनेको हो भनेर सोधियो । हामी त त्यहाँ अकमक्क परियो’, सन्तोष भन्छन्, ‘धेरै भन्यो भने बिच्किएला भन्ने डर, थोरै भन्यो भने त्यति पैसामा कस्तो चलचित्र बनायो भन्ने सोच्ला भन्ने डर, अनि हामीले ४ करोड भारु भन्यौं ।’ 

थिएटरमा चलचित्र रिलिज गर्न ‘स्क्रिनिङ’ गराउनुपर्ने भयो । वितरकसँगै उनीहरूको ‘क्रिएटिभ टीम’लाई चलचित्र देखाउनुपर्ने भयो । चलचित्र हेरिसकेपछि चित्त बुझे मात्रै उनीहरूले वितरणको निर्क्यौल गर्ने भए ।

‘भुलभुलैया २’, ‘एक भिलेन’ जस्ता चलचित्र वितरण गरेको मधु इन्टरटेनमेन्टका प्रतिनिधि लगायत ८/१० जनाको टीमले चलचित्र हेर्‍यो । ‘उनीहरूलाई चलचित्र कस्तो लाग्ने हो ? के भन्ने हुन् ? कतै यत्रो मेहनत खेर जाने हो कि ?’ सेनको मुटुको धड्कन थप बढ्न थाल्यो । उनीहरूले त्यहाँ सेनलाई निर्णय दिएनन् ।

निर्णयको प्रतिक्षा गर्न सन्तोषका लागि निकै गाह्रो भइरहेको थियो । रातको निद्रा सबै ‘गायब’ थियो । पाँच दिनपछि बल्ल उनीहरू ‘ओके’ भए । कसरी चलचित्रको प्रमोशन गर्न सकिन्छ ? कहिले रिलिज गर्ने ईत्यादिबारे छलफल भयो । 

सन्तोषका अनुसार त्यहाँ चलचित्र हेर्दा क्लाइमेक्समा उनीहरूको आँखामा टिलपिल आँसु थियो । उनीहरूले लोकेसन र कन्टेन्टका कारण चलचित्रलाई मन पराएको हुन सक्ने सन्तोष आकलन गर्छन् । 

चलचित्रको पोस्ट प्रोडक्सनको काम शुरू गरियो । उनीहरूले ‘स्टार टेक्निसियन’लाई लिएर काम गराए । सञ्जयलीला भन्सारीको ‘फेभरेट’ मिक्सिङ इञ्जिनीयर जस्टिन जोस, रोहित सेट्ठीको प्रायः चलचित्रमा संगीत दिने अमर मोहिले, रोहित सेट्ठीकै एडिटर बन्टिङ एगी लगायतले पोस्ट प्रोडक्सनको काम गरे ।

तहल्का मच्चाएको चलचित्र ‘बाहुबली’ मा राजमातालाई स्वर दिएकी चर्चित भ्वाइसओभर आर्टिस्ट सविना मलिक मौसमले पनि यो चलचित्रमा आफ्नो स्वर भरेकी छिन् । जसले प्रेम गीत– ३ को हिन्दी टिजरमा बाहुबली फ्लेबर आएको चर्चा युट्युबदेखि फेसबूक र ट्वीटरसम्म देख्न/सुन्न सकिन्छ । 

उत्कृष्ट कलाकार समेटिनुपछाडिको कारणबारे सन्तोष भन्छन्, ‘त्यहाँको बजारमा सन्तोष सेन को हो ? प्रदीप खड्का को हो चिन्दैनन् नि ! त्यहाँको स्टार टेक्निसियन लिँदा कम्तिमा डिजिटल प्लेटफर्म वा स्टाटेलाइटमा बेच्न सक्छु भन्ने सोच थियो ।’ यद्यपि, उनीहरूलाई लिन गाह्रो भने निकै थियो । कन्टेन्टका कारण उनीहरूले काम गरेको सन्तोष बताउँछन् । 

यसरी टिभीमा चलचित्र देखाउन पाए हुन्थ्यो भनेर मुम्बई पुगेका सेनको चलचित्र अन्ततः भारत–नेपाल र संसारभर एकैपटक रिलिजको तरखरसम्म आइपुगेको छ । 

त्यसो त चलचित्र निर्देशन गर्ने सन्तोषको शुरूआती योजना थिएन । चलचित्रको लोकेसन हन्टिङमा जाँदै गर्दा छेतनले नै निर्देशनमा आउन उत्प्रेरित गरेका थिए ।

निर्देशक छेतन संसारबाट बिदा भैसकेपछि उनको ठूलो स्केलको चलचित्र बलिउड नगरीसम्म पुगेको छ । यसलाई लिएर निकै खुशी छन्, सन्तोष । साथै, उनले यतिबेला निर्देशक छेतनलाई निकै सम्झिरहेका छन् ।

निर्माता एवं निर्देशक सेनका अनुसार ‘प्रेम गीत ३’ करीब डेढ सय वर्षअगाडिको कालखण्डको कथा हो । एउटा राजकुमार र प्रजाको छोरीबीचको प्रेमकथा चलचित्रले पेश गर्छ ।

यो नितान्त काल्पनिक कथा रहेको सन्तोषको भनाइ छ । जसलाई हरेक देशका दर्शकले अपनत्व गर्न सक्ने उनको भनाइ छ । कमेडी, एक्सन र लभको सम्मिश्रण चलचित्रमा रहेको सेन बताउँछन् । उनी भन्छन्, ‘मेरो मुख्य लभ स्टोरी चलचित्र त यो हो । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ मा भन्दा यसमा मीठो लभ स्टोरी दर्शकले हेर्न पाउँछन् ।’ 

चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । साथमा शिव श्रेष्ठ, पुष्कर कार्की, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरीलगायतको अभिनय छ । अभिनेत्री क्रिष्टिनाको भने ‘प्रेम गीत ३’ डेब्यू चलचित्र हो । उनी अडिसनमार्फत २ हजार ५ सय बढी प्रतिस्पर्धीलाई पछि पार्दै छानिएकी थिइन् ।

निर्माता एवं निर्देशक सेन ‘प्रेम गीत ३’ ले नेपाली चलचित्रको विश्वबजारको ढोका खोलिदिएको बताउँछन् । स्थान बनाइराख्न दर्शकको आँखामा छारो हाल्ने काम भने गर्न नहुने उनी बताउँछन् । बलिउडको बजारमा नेपाली चलचित्रले खुट्टा राखिराख्ने हो भने रिलिजअघि नै लगानी सुरक्षित गर्न सकिने उनको भनाइ छ ।

‘मेहनत गर्न सक्नुपर्‍यो । क्वालिटी र कन्टेन्टमा दम हुनुपर्‍यो । २/४ करोड बलिउडको ओटीटी स्याटेलाइटबाटै कमाउन सक्छौं,’ उनी भन्छन् । चलचित्रमा झण्डै ७ करोड लगानी भएको सन्तोषको भनाइ छ । भारतमा मात्रै २ करोडभन्दा बढी लगानी भएको उनी बताउँछन् । यद्यपि, चलचित्रले लगानी सुरक्षित गरिसकेको सेनको दाबी छ । 

चलचित्रले दशैंलाई प्रदर्शन मिति रोजेको छ । त्यसको पनि कारण छ । त्यसबारे सेन भन्छन्, ‘मैले चलचित्र बनाउन जति दुःख गरेको छु । सामान्य दिनमा रिलिज गर्दा त्यति दर्शकमाझ पुर्‍याउन सक्दिनँ कि भन्ने हो । दशैंमा धेरै दिन बिदा हुन्छ । त्योबेला दर्शकहरू फेस्टिभ मुडमा हुन्छन् । त्यसमाथि चलचित्रको लगानी पनि ठूलो भयो । सोहीकारण दशैंलाई लक्षित गरेका हौं ।’ 

चलचित्रकर्मीहरूबाट प्रशंसा

‘प्रेम गीत ३’लाई नेपालका चल्तापुर्जा चलचित्रकर्मीहरूले समेत सपोर्ट गरिरहेका छन् । थुप्रै चलचित्रकर्मीहरूले चलचित्रको पोष्टर, टिजर सार्वजनिक गर्दै प्रशंसा गरेका छन् । कतिपयले चलचित्रलाई सफलताको शुभकामना दिएका छन् । 

कमै चलचित्रको मात्रै पोस्टर र टिजर सार्वजनिक गर्ने दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई भने शुभकामना दिएका छन् । उनले आफ्नो फेसबूक वालमा ‘प्रेम गीत ३’को टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रेम गीतले जुन खालको प्रमोशन गरिरहेको छ, त्यो पक्कै पनि उपल्लो स्तरको छ । सबैमा जिज्ञासा पैदा गरेको छ । गीत र टिजरले जस्तै यो चलचित्रले पनि दर्शकको प्यास बुझाओस् ।  सन्तोष सेन, प्रदीप खड्कालगायत सम्पूर्ण टीमलाई शुभकामना ।’

‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईले सन्तोष सेनलाई आँटिलो निर्माताका रूपमा उल्लेख गरेका छन् । उनले पनि फेसबूकमा चलचित्रको टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘सन्तोष सेन साँच्चिकै आँटिला, जोसिला अनि सपना देख्ने र सपनालाई साकार पार्न दिनरात लाग्ने निर्माता हुन् । उनको सपना साकार हुँदा हाम्रो उद्योगले एउटा नयाँ उचाइ पाउनेछ । टिजर मनपर्‍यो ।’

अभिनेत्री सुरक्षा पन्तले मुम्बई शहरमा टाँसिएको ‘प्रेम गीत ३’को तस्वीर फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘सिनेमा कस्तो हुने हो, त्यो पक्कै हेर्न बाँकी छ । तर, एउटा कठिन पाटो छ, पर्दापछाडि दौडधुपको । चाहे आर्थिक रूपमा होस् या मानसिक, सन्तोष सेनजी र टीमले जुन प्रयास गर्दै नेपाली सिनेमालाई यो होडिङ बोर्ड र सिनेमा घरसम्म पुर्‍याउने काम गर्नुभएको छ, त्यो प्रशंसनीय हो । आँट्नु धेरै ठूलो कुरा हो ।’ 

‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता मनछुने चलचित्र निर्देशन गरेका निर्देशक दीपेन्द्र के. खनालले ‘प्रेम गीत ३’को टिजरलाई ‘दमदार’ भनेका छन् ।

धेरै चलचित्रकर्मीहरूले बलिउड नगरीमा नेपाली चलचित्रको उपस्थिति देखिँदा खुशी प्रकट गरेका छन् ।

हेर्नुहोस्, प्रेम गीत ३ को हिन्दी टिजर :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x