×

NMB BANK
NIC ASIA

‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा पनि प्रदर्शन हुने

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार चलचित्रको हिन्दी र नेपाली दुवै संस्करणको टिजर सार्वजनिक गरिएको थियो । दुवै टिजरले यतिबेला राम्रो भ्युजसँगै चर्चा पाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

दर्शकहरूले नेपालीभन्दा हिन्दी संस्करणको टिजरलाई अझ बढी रुचाएको प्रतिक्रिया दिएका छन् । साउथका प्रायः सुपर स्टारको चलचित्रको हिन्दी डबिङ गरेका कलाकारले आवाज दिएकाले पनि टिजरले दर्शकको ध्यान खिचेको हो ।

Vianet communication
Laxmi Bank

हिन्दी संस्करणको टिजरमा डबिङ आर्टिस्टको डाइलग डेलिभरी र आवाज सुनेपछि दर्शकहरूले त्यसलाई अझ राम्रो प्रतिक्रिया दिएका हुन् । धेरै नेपाली दर्शकले चलचित्रको नेपाली भर्सनभन्दा हिन्दी डब हेर्न बढी रुचि रहेको प्रतिक्रिया समेत दिएका छन् । 

दर्शकहरूले हिन्दी टिजर बढी रुचाएको पाएसँगै नेपालमा हिन्दी डब समेत प्रदर्शनमा आउने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले भारतसँगै नेपालमा पनि चलचित्रको हिन्दी डब प्रदर्शन गरिने लोकान्तलाई बताए । 

‘दर्शकहरूमा हिन्दी डबको डिमाण्ड बढी देखियो । सोही कारण नेपालमा पनि हिन्दी डब लगाउँछौं,’ हाल मुम्बईमा रहेका सेनले भने, ‘नेपाली भर्सन रिलिज भएको १ हप्तापछि हिन्दी डब लगाउनेबारे सोच बनाएका छौं । नेपाल फर्किएपछि वितरकसँग बसेर फाइनल गर्छाैं ।’

निर्माता एवं निर्देशक सेन दर्शकहरूले हिन्दी भर्सनको टिजर बढी मन पराउनुको कारण डबिङ आर्टिस्टको आवाज सुनिरहेको भएर हुन सक्ने बताउँछन् । यद्यपि चलचित्र हेर्दा भने नेपाली भर्सन पनि उत्तिकै मनपर्ने बताए । उनले चलचित्रको नेपाली र हिन्दी दुवै भर्सन दर्शकका लागि विशेष हुने बताउँछन् ।

उनी भन्छन्, ‘प्रेम गीत ३’ नेपाली र हिन्दीमा फरक–फरक तरिकाले पटकथा बुनेको छु । जस्तै नेपालीमा १४ मिनेटमा हिरोको आगमन हुन्छ र हिन्दीमा २ मिनेटमा आगमन । त्यसैले दुवै भर्जन दर्शकका लागि विशेष बन्नेछ ।’

उनी भारतमा चलचित्रको टिजरलाई मिलेको प्रतिक्रियाबाट एकदमै उत्साहित रहेको बताउँछन् । स्व. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका छ । साथमा शिवश्रेष्ठ, पुष्कर कार्की, सुनिलथापा, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, अनुभव रेग्मी, लक्ष्मी वर्देवा लगायतको अभिनय छ ।

अभिनेत्री क्रिष्टिनाको प्रेम गीत ३’ डेब्यू चलचित्र हो । उनी अडिसनमार्फत २ हजार ५०० बढी प्रतिस्पर्धीलाई पछि पार्दै छानिएकी थिइन् । प्रेम गीत ३ नितान्त काल्पनिक कथा रहेको सन्तोषको भनाइ छ । जसलाई हरेक देशका दर्शकले अपनत्व गर्न सक्ने उनको भनाइ छ ।

कमेडी, एक्सन र लभको सम्मिश्रण चलचित्रमा रहेको सेन बताउँछन् । उनको दाबी छ, ‘मेरो मुख्य लभ स्टोरी चलचित्र त यो हो । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’मा भन्दा यसमा मीठो लभ स्टोरी दर्शकले हेर्न पाउँछन् ।’

राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रलाई सञ्जय संक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्रमा स्व. छेतन गुरुङ र मन्दिप गौतमको लेखन छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x