कात्तिक २७, २०८०
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष नेपालमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । उक्त रेमिट्यान्स आय गत वर्ष ९.८ प्रतिशतले बढेको थियो ।
गत एक वर्षमा नेपालमा अमेरिकी डलरमा रेमिट्यान्स आय २.२ प्रतिशतले बढेर ८ अर्ब ३३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । गत आवमा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य ३ लाख ५४ हजार ६६० जना पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले बढेको छ । गत आवमा २ लाख ८२ हजार ४५३ जनाले पुन श्रम स्वीकृति लिएका छन् । यस्तो श्रम स्वीकृति अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।
गत वर्ष नेपालमा उपभोक्ता मुद्रास्फीति (महँगीदर) ६.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.६ प्रतिशत मात्रै थियो । यस्तो मुद्रास्फीतिमा अघिल्लो वर्ष सबैभन्दा बढी मूल्यवृद्धि खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा भएको छ । उक्त वस्तुमा २६.१३ प्रतिशत मूल्यवृद्धि भएको पनि राष्ट्र बैंकले जारी गरेको गत आवको वार्षिक तथ्यांकमा उल्लेख छ ।
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । यही कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्य...
काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ । हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...