×

NMB BANK
NIC ASIA

दशैंखर्च जुटाउन शृंखलाबद्ध चोरी

पेसेवर चोरको बयान– नचोरी बस्नै सक्दिनँ, बरु गोली ठोक्दिनुस् !

साउन ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ ।

Muktinath Bank

प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले काठमाडौं उपत्यका, काभ्रे, मकवानपुर लगायतका जिल्लामा शृंखलाबद्ध चोरी गर्ने ‘मनराज ग्याङ’का ३ जनालाई पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नरपालिका– ६ तालामाराङका ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका– ८ का ३८ वर्षीय दिलबहादुर स्याङ्तान र मकवानपुरको बकैया– ५ का ३५ वर्षीय सुशील भन्ने बाबुलाल थिङलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

उनीहरूले साउन २४ गते राति साढे १२ बजे काठमाडौंको कीर्तिपुर नगरपालिका– ६ स्थित नारायण बस्नेतको घरमा पसेर सुनका गहना र हिरा चोरी गरेका थिए । 

Vianet communication
Laxmi Bank

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरूले राति साढे १२ बजेदेखि ३ बजेसम्म त्यो घरमा चोरी गरेका थिए । 

घरमा रहेका व्यक्तिलाई एउटा कोठामा थुनेर ढुंक्कसँग घरमा भएका सबै गहना र पैसा चोरी गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरूले साढे २ घण्टासम्म ढुक्कले खनतलासी गरी कपडाको खल्तीमा राखेको पैसा र सुन समेत लगेका रहेछन्,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

उनीहरूले असार १२ गते काठमाडौंको शंखरापुर नगरपालिका– ९ स्थित सुशीला थापाको घरमा धारिलो हतियार देखाएर नगद, सुनका गहना र मोबाइल लुटेका थिए भने असार ३ गते लालबहादुर थापाको घरबाट सुन र नगद चोरी गरेका थिए । 

उनीहरूले उपत्यकाबाहिर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ११ स्थित सलामसिंह लामाको घरबाट पनि सुन, पैसा र मोबाइल लुटेका थिए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार प्रक्राउ परेकामध्ये एक जनाले आफ्नो पेशा नै चोरी भएकाले त्यसलाई कुनै पनि हालतमा छाड्न नसक्ने बताएका छन् । 

‘एक जनाले त सर मलाई गोली हान्दिनुस्, मलाई चोर्न मन लागिरहन्छ, नचोरी बस्न सक्दिनँ, बाचुञ्जेल चोरी गर्छु भन्यो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

आफू जिउँदो रहँदासम्म चोरी गरिरहने उसले बताएको प्रहरीले जनाएको छ । 

अर्का एक जनाले साथीभाइले बोलाएर चोरीमा लगाएको बताएका छन् । सुशील थिङ नाम गरेका ती व्यक्ति एकपटक जेल परेर छुटेपछि हेटौंडामा टेम्पो चलाएर बसेका थिए ।

प्रहरीका अनुसार नख्खु कारागारमा भएको चिनजानका आधारमा साथीहरूले बोलाएपछि काठमाडौं आएर शंखरापुर नगरपालिकामा असार १२ गते भएको चोरीमा संलग्न भएको बयान उनले प्रहरीलाई दिएका छन् ।

उनले आफू चोरी गर्ने कार्यबाट अलग हुन कोशिश गरेपनि साथीहरूका कारणले छाड्न नसकेको प्रहरीसँग बताएका छन् । उनी कर्तव्य ज्यान (हत्या) तथा डाँका मुद्दामा २०६७ सालदेखि २०७३ सालसम्म नख्खु कारागारमा थिए ।

नख्खु कारागारमै बनेको थियो ‘मनराज ग्रुप’

प्रहरीका अनुसार यो समूह १० जनाको छ । 

उनीहरूले यसभन्दा अगाडि हत्या, डाँका, लागूऔषध लगायतका मुद्दामा नख्खु कारागारमा कैदी जीवन बिताएका थिए । उनीहरूको चिनजान त्यहीँ भएको थियो । 

रामसिंह तामाङ मानव बेचबिखन मुद्दामा २०६४ सालदेखि २०७४ सालसम्म नख्खु कारागारमा थिए । 

ग्याङका मुख्य नाइके काभ्रेको तेमाल गाउँपालिका– ६ गिम्दीका ३५ वर्षीय रोम भनिने मनराज तामाङ ज्यान मुद्दा, हातहतियार र डाँका मुद्दामा नख्खुमै थिए । 

उनले नै त्यहाँ रहेका कैदीहरूलाई भेला पारेर ‘मनराज ग्रुप’ नामको ग्याङ बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनी डाँका मुद्दामा पक्राउ परेर कारागारमा छन् । अन्य ६ जना फरार छन् । उनीहरूलाई प्रहरीले खोजी रहेको छ । 

मनराजकै योजनामा विभिन्न ठाउँमा भएका जेलका साथीहरूलाई उपत्यकामा बोलाएर दशैं खर्च जुटाउनका लागि योजना बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ । 

यो ग्याङ चोरी गर्ने भन्दै हेटौंडा पुगेको थियो । तर गाउँका घरहरूमा पैसा नहुने भन्दै फर्किएको बयान प्रहरीलाई दिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

चोरीको पैसाले दोहोरी साँझ, २ वटा श्रीमती र प्रेमिका पनि

प्रहरीका अनुसार उनीहरू चोरी गरेको पैसाले उपत्यकाका दोहोरी साँझ र डिस्को जानेको गरेको पाइएको छ ।

मुख्य नाइके मनराजले भक्तपुरको गठ्ठाघरमा प्रेमिकालाई फ्ल्याट भाडामा लिएर राखेका छन् ।

ग्याङका दिलबहादुर स्याङ्तानका दुई  श्रीमती रहेको पाइएको छ । उनले श्रीमतीहरूलाई महंगा-महंगा गरगहना उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

यो ग्याङले एउटा स्कोर्पियो प्रयोग गर्दै आएको खुलेको छ । चोरी गर्नका लागि स्कोर्पियो प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । 

प्रहरीले उनीहरूको साथबाट १ लाख ४२ हजार नगद, मोबाइल ५ थान, खुकुरी २ थान र बा ९५ प ६७६८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल समेत बरामद गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x