×

NMB BANK
NIC ASIA

देउवाले श्रीमती र सालाहरू अगाडि सारेर भ्रष्टाचार गरिरहेका छन् : केपी ओली

साउन ३१, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।
 
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीर समेत गरे ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गरे । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानव जातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरू दृढतापूर्वक उभिरहेको दाबी समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीले भने, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छ, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन, त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरू अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? श्रीमती, सालाहरूलाई अगाडि सारेर देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अब गलत पोलिटिक्स गर्‍यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डर्टी पोलिटिक्स भन्न थाल्छ । व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सीसीटीभी कर्‍यापकुरुप पारेर तार चुडाएर आयो । अनि केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अब यही देखेपछि अनि कतिपयले भन्छन् – आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्ध तपाईं–हामी उठ्नुपर्छ । तपाईं हामीले यसका विरुद्ध लड्नुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनुपर्छ । देशका निम्तिको बनाउनुपर्छ । जनताको निम्ति बनाउनु पर्छ । स्वच्छताको निम्ति बनाउनुपर्छ । समाजका निम्ति बनाउनुपर्छ । मानव जातिका निम्तिको बनाउनुपर्छ । पोलिटिक्स झगडाका लागि हो र ? पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन । त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरूले यसलाई इन्जोय गर्ने माध्यमको रूपमा लिएको टिप्पणी समेत गरे । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरूप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरूले रमाइलो गर्ने माध्यमको रूपमा लिए पनि त्यस्तो नभएको बताए । अध्यक्ष ओलीले भने, ‘कस्तो पोलिटिक्स भन्ने हुन्छ । हावादारी पोलिटिक्स होइन । हा हुँको पोलिटिक्स होइन । मौसमी तालको नि ! भनिदिनलाई सजिलो छ । अस्ती म यसो सुन्दै थिए मानिसहरूले बोलेको । दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन । जसले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन । जसले कुनै बलिदान दिएको छैन । कोही परिवारको सदस्यले बलिदान दिनु परेन । उसले केही क्षति नै व्यहोरेको छैन । उसका लागि पोलिटिक्स हाहु गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ । रमाइलो गर्ने विषय बनेको छ तर पोलिटिक्स त्यस्तो होइन ।’

Vianet communication
Laxmi Bank

अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरूको प्रशंसा समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x