कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
साउन ३१, २०७९
बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् ।
बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् ।
प्रहरीले उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । दुवै जना आइतवार साँझ होटलमा कोठा ‘बुकिङ’ गरी बसेका थिए ।
कोठा नम्बर १३४ मा धादिङको सिद्धलेक गाउँपालिका–५ कुमपुरका ३८ वर्षीय सीताराम भुजेल झुण्डिएको अवस्थामा र उनी झुण्डिएको कोठाकै ओछ्यानमा दाङकी पुष्पा बुढाथोकी पल्टिएको अवस्थामा शव फेला परेको रूपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए ।
ती दुवै पुरुष र महिलाबीच कसरी भेट भयो भन्नेबारे केही खुलेको छैन । महिलाको घाँटीमा औंलाको छापजस्तो देखिन्छ । घटना अनुसन्धानमै रहेको एसपी रेग्मीले बताए । पुष्पाका पति वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
प्रहरीले दाङबाट पुष्पाका आफन्तलाई अनुसन्धानको लागि झिकाएको छ । होटल सञ्चालक बासुदेव लामिछानेले उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल–४ उल्लेख गरी कोठा ‘बूक’ गरी बसेका जानकारी दिए ।
‘सोमवार बिहान पौने ५ बजेतिर पुरुष एक्लै होटलबाट निस्कन खोजेका थिए,’ लामिछानेले भने, ‘हामीले महिला पुरुष बास बसेपछि एकैपटक होटलबाट निस्कनुपर्छ भनी कोठामै फर्काएका हौं । ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेका हौं । भित्रबाट ‘लक’ गरेको कोठामा प्रहरीले ढोका तोडेर हेर्दा दुवै जना मृत अवस्थामा थिए ।’
तन्ना र टावेलमा रगत पोतिएकाले महिलाको हत्या गरी भुजेल आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको रेग्मीले जानकारी दिए । उनीहरू दुवै जना विवाहित हुन् ।
भुजेल र महिलाबीच कसरी भेट भयो भन्नेबारे केही खुलेको छैन । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा ७ वर्ष जेल बसेको पाइएको छ । उनी सुनसरीको झुम्का कारागारबाट केही समयअघि मात्र छुटेका एसपी रेग्मीले बताए । उनीहरूको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ ।
गत असार २५ गते बुटवल–३ गोलपार्कस्थित होटल गोलपार्कमा बुटवल–२ की १६ वर्षीया समीक्षा गुरुङ झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पोस्टमार्टममा किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट आएको थियो । उनीसँगै होटलमा बसेका बुटवल–३ का २० वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनि...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...