×

NMB BANK
NIC ASIA

शारदालाई जोडेर प्रचण्डमाथि खनिए बालेन शाह !

साउन ३१, २०७९

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

निर्माण व्यवसायी शारदा अधिकारीले विभिन्न सडक आयोजनाको ठेक्का लिएर समयमा काम पुरा नगरेको भन्दै आलोचित हुँदै आएका छन् । त्यसमाथि अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै संरक्षण हुने गरेको आरोप लाग्ने गरेको छ । 

Muktinath Bank

यस्तो आरोप लाग्नुको कारण हो–अधिकारी प्रचण्डको घरबेटी हुनु । केही वर्षदेखि प्रचण्ड अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । प्रचण्डकै संरक्षणमा उनले ठेक्कापट्टाका काम हत्याउने र समयमा पूरा नगर्ने प्रवृत्ति बढेको आरोप लाग्ने गरेको छ । कैयन पटक अधिकारीलाई कारबाही गर्न माग गर्दै स्थानीयले आन्दोलन गर्ने गरेका छन् । यस्तो आन्दोलन नगरकोट सडक खण्ड होस् या पासाङ ल्हामु राजमार्गका स्थानीयले नै किन नहोस्, उनीहरुले शारदाको लापरबाही र राज्य संयन्त्रको बेथितिका बारेमा कटाक्ष गर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कटाक्ष काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि गरेका छन् । उनले   उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि शारदाले अलपत्र बनाएको भन्दै प्रचण्डमाथि समेत कटाक्ष गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’ बालेनले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । बालेनले सडकको दुरावस्था झल्काउने भिडियो पनि साथमा पोस्ट गरेका छन् । 
बालेनको टिप्पणीप्रति धेरैले समर्थनमा प्रतिक्रिया जनाएका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x