×

NMB BANK
NIC ASIA

राष्ट्रपतिको विरोधमा भैरहवामा प्रदर्शन, पुत्ला दहन

साउन ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।  कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समेत गरिएको छ । 

Muktinath Bank

पार्टीले भैरहवास्थित मिलनचोकमा मंगलबार प्रदर्शन तथा विरोध सभा गरेको जसपा निकट समाजवादी युवा संघ, नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष विकास यादवले बताए ।
कार्यक्रममा बोल्दै  जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनु दुःखद भएको बताए । उनले जनताले राजनीतिक दल चिन्ने बेला आएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश यादवले राष्ट्रपति तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने माग गरे । उनले राष्ट्रपति सिंगो मुलुकको कि एउटा पार्टीको भन्दै प्रश्न गरे ।


Advertisment
Nabil box
Kumari

पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिलाउन सरकार अगाडि बढेको बेला राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको बताए ।  

Vianet communication
Laxmi Bank

नागरिक अगुवा आनन्द प्रसाद गुप्ताले नागरिकता नभएकै कारण लाखौं नागरिक विभिन्न अवसरबाट वञ्चित भएको बताए । उनले राष्ट्रपतिको कदम गलत भएको आरोप लगाए । 
जसपाका नेता शतिषचन्द्र मिश्राले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x