×

NMB BANK
NIC ASIA

‘प्रेमगञ्ज’को प्रिमियरमा उपस्थितको प्रतिक्रियाले कलाकारहरू उत्साहित [तस्वीरहरू]

भदौ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी शुक्रवारदेखि प्रदर्शन आरम्भ गर्न लागेको प्रेम कथानक चलचित्र ‘प्रेमगञ्ज’को मंगलवार साँझ राजधानीमा प्रिमियर गरिएको छ ।

Muktinath Bank

बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा चलचित्रका कलाकार, निर्माता, निर्देशकका साथमा चलचित्रकर्मीदेखि सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रका लेखक एवं निर्देशक परिच्छेद सेन, डेब्यू अभिनेता तेज गिरी, अभिनेत्रीद्वय बेनिशा हमाल, सम्पदा बानियाँ, डेब्यू कलाकारहरू राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्का प्रिमियरमा उपस्थित रहे । 


Advertisment
Nabil box
Kumari

प्रिमियरमा अभिनेता सीमान्त उदास, निर्देशक दीपेन्द्र के खनाल, कलाकार लय संग्रौला, अभिनेता नरेश पौड्याल, निर्मात्री सर्मिला पाण्डे लगायतले समेत प्रिमियरमा ‘प्रेमगञ्ज’ हेरे । उपस्थितले चलचित्रले दर्शकलाई कथामा बाँधेर राख्ने प्रतिक्रिया दिए ।
 
बैंकर रहेका डेब्यू अभिनेता तेजले प्रिमियरमा उपस्थितले दिएको प्रतिक्रियाले उत्साहित बनाएको बताए । चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै तेजले भने, ‘यो मेरो परीक्षा हो । सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसले मलाई एकदमै गर्व महसूस भएको छ । आगामी दिनमा अझ राम्रो काम गर्नुपर्छ भन्ने भएको छ ।’

Vianet communication
Laxmi Bank

अभिनेत्री सम्पदा र बेनिशाले पनि प्रिमियरमा पाएको प्रतिक्रियाले एकदमै उत्साहित रहेको बताए । 

डेब्यू कलाकारहरू राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले आफूहरूले एकदमै मेहनत गरेको बताउँदै चलचित्र हेरिदिनुहुन दर्शकलाई आग्रह गरे । पहिलो चलचित्र भएपनि उनीहरूको कामलाई उपस्थितले खुलेरै प्रशंसा गरे । धेरैपछि राम्रो प्रेम कथानक चलचित्र हेर्न पाएको उपस्थितले प्रतिक्रिया दिएका थिए ।

चलचित्रमा स्पटब्वाईका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाल लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त चलचित्रमा विशेष भूमिकामा प्रस्तुत छिन् । 

२ कालखण्डको प्रेमकथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । शुक्रवार ‘प्रेमगञ्ज’सँगै ‘माइकल अधिकारी’ र ‘कृष्ण लीला’ पनि एकसाथ प्रदर्शनमा आउँदैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x