×

Dabur

सांसदहरूले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्छ : उपाध्यक्ष पौडेल

भदौ १, २०७९

NTC
Premier Steels
Marvel

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरूको रहेको बताएका छन् ।

yONNEX
Sagarmatha Cement

बुधवार नेपाली कांग्रेसबाट १ नम्बर प्रदेशमा निर्वाचित स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूला आयोजनाहरू मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरू स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले सांसदहरूले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरूले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए ।


Advertisment

उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरूलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरू सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाहरूले पनि एउटा शीर्षकका लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट विशेष अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ । गाउँपालिको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नुहुन्छ, त्यस्तो गरेर हुँदैन योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ । अहिले भविष्य नगरपालिकाहरूकै रहेको छ । माथि ठूला कामहरू मात्रै गर्ने भन्ने भएको छ । सांसदहरूले भित्रभित्रका साना सडक बनाउनु भने पनि त्यो बिस्तारै हट्छ । संघीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ, त्यसैमा प्राथमिकता दिने हो । स्थानीय तहले पाउने राजस्वहरू पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनु परेन । स्थानीय तहले जथाभावी खर्च गर्नु । पर्यटन क्षेत्रमा टिकट प्रणाली बनाउनु त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु । विपन्नलाई सहयोग गर्‍यो भने अर्को पटक चुनाव लड्न सजिलो हुन्छ । जनतालाई आफैं भेटेर सबैसँग छलफल गर्नुस् ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन् । खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले लोकान्तरलाई जानकारी ...

कात्तिक १८, २०८०

२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।  वि...

कात्तिक २३, २०८०

सुत्केरी अवस्थामा मृत्यु भएकी रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ की सावित्रा खरेल खनालको परिवार उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको छ ।...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x