पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
महाअभियोग सिफारिस समितिको बुधवारको बैठकमा सांसदहरूले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।
सिंहदरबारमा बुधवार समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे समय छोटो भएको हुनाले जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।
कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भने, ‘प्रधानन्यायाधीशलाई महाभियोग ठहर्नैपर्छ भन्ने छैन, ठहर्नै हँुदैन भन्ने पनि छैन, दोषी भए दोषी वा निर्दोष भए निर्दोष भन्न तयार छौं ।’
सभापति पोखरेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र पूर्व न्यायाधीश रणबहादुर बम लगायतमाथि महाभियोग दर्ता भएर अघि नबढेको स्मरण गर्दै कार्यविधिको खाका आएको हुनाले अध्ययनका लागि समय चाहिने र १ महिनाभित्र कसरी टुंगो लगाउन सकिन्छ भन्ने कार्यविधि तथा कार्यतालिका तय गर्नुपर्ने धारणा राखे ।
सांसद लालबाबु पण्डितले महाभियोग प्रस्ताव दर्ता गर्ने व्यक्तिहरूले यसलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
सांसदहरू यशोदा गुरुङ सुवेदी, मीनबहादुर विश्वकर्मा, इकवाल मियाँ, कल्याणी खड्का, प्रमोद साह, शिवमाया तुम्बाहाङ्फेले महाअभियोगको प्रस्ताव दर्ता गरेको ६ महिना बितिसकेको हुनाले १ महिनाभित्र सम्पूर्ण काम सक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए ।
समितिका सभापति विष्टले आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरिने गरी बुधवार सदस्यलाई मस्यौदा वितरण गरिएको बताए । उनले अर्को सूचना नआएसम्मका लागि बैठक स्थागित भएको जानकारी गराएका छन् ।
समितिका सदस्य सचिव लक्ष्मीप्रसाद गौतमले आगामी बैठकमा सभापति चयन गरिने र सचिवालयले कार्यतालिका प्रस्तुत गर्ने जानकारी दिए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...