×

X
Nic Asia
Marvel
Khukuri

नयाँ स्वरूप ग्रहण गर्दै बुटवल

बुटवलको फेरिँदो परिचय : पूर्वाधार विकासको तीव्र गतिले 'रोलमोडल' बन्दैछ रूपन्देही

बुटवल | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बुटवलबाट बेलहिया (सुनौली) अहिले २० मिनेटमा पुगिन्छ तर सिद्धार्थ राजमार्गमा पर्ने व्यापारिक मार्ग नाम दिइएको २७ किलोमिटरको सडक विस्तार हुनुअघि सवा घण्टा लाग्थ्यो ।

DHARA
LAxmi BAnk

चिल्ला र फराकिला सडकका स्थानीय रुटमा अहिले व्यवस्थित विद्युतीय र वातानुकूलित (एसी) सहितका ठूला बस सरर कुद्छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बुटवलको सडक

सडक बत्तीको झिलिमिलीको रौनकसँगै ‘सिक्स लेन’का मुख्य चोक–चोकमा १२ वटा अपाङ्गमैत्री ‘फ्लाइओभर’ (आकाशे पुल) सँगै जडान भएका ‘ट्राफिक लाइट’ले भौतिकसँगै मानवीय विकास भएको संकेत दिन्छ । 


Advertisment
Bizbazar
Saurya island

झण्डै ८ वर्ष लागेर बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अहिले दैनिक ठूला (३२० सिट क्षमता) का जहाजले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । विमानस्थलले रूपन्देहीसहित लुम्बिनी प्रदेशलाई युरोपको व्यापारिक साझेदार बनाउन थालेको छ । भूकम्प, नाकाबन्दी र कोरोना कहर खेपेर बनेको विमानस्थलले विकासको ढोका खोलेसँगै सिद्धार्थनगर, लुम्बिनी र बुटवल आसपासको क्षेत्रमा पाँचतारे होटलको ओइरो लागेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको दृश्य

Vianet communication
IME BANK INNEWS

भैरहवासँग अहिले आन्तरिक उडानमा पोखरा, भरतपुर, विराटनगर जोडिइसकेका छन् भने केही विमान कम्पनीले अन्य शहरसँग जोड्ने तयारी गरेका छन् । गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको काम पनि छिट्टै अगाडि बढ्ने तयारीमा छ । दोस्रो टर्मिनल भवन बनेपछि त्रिभुवन विमानस्थलभन्दा गौतमबुद्ध विमानस्थल ठूलो र अत्याधुनिक हुनेछ । 

अबको २/३ वर्षपछि बुटवल–नारायणगढको यात्रा १ घण्टामा छोट्टिनेछ । नेपालको मध्य खण्डमा पर्ने ११४ किलोमिटर सडकमा यात्रा गर्न ३ घण्टा लाग्थ्यो । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने २ लेनको सडकलाई जंगलमा ‘फोर’ र बजार क्षेत्रमा ‘सिक्स लेन’मा विस्तार गर्ने काम तीव्रताका साथ अगाडि बढेको छ । 

विमानस्थलको दृश्य

भैरहवा, लुम्बिनी हुँदै तिलौराकोट जोड्ने ४ लेन सडकले त्यो क्षेत्रको स्वरूप फेरिएको छ । केही वर्ष अगाडिसम्म साँघुरो सडकमा गुड्ने थोत्रा ट्रकले सडकमा घण्टौं जाम हुन्थ्यो । सडक बनेपछि स्थलमार्ग हुँदै लुम्बिनी आउने पर्यटकका लागि सहज भएको छ । 

मृत्युमार्गको उपमा पाएको बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने सिद्धबाबामा सुरूङमार्ग निर्माण पनि अब धेरै टाढा छैन ।

सुरुङले विस्थापन गर्न लागिएको सिद्धबाबा सडक

आउँदो असोजदेखि सुरुङमार्ग निर्माणको काम शुरू हुने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । १ किलोमिटर १०० मिटरको सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्गको यात्रा जोखिममुक्त हुनेछ । बाह्रै महिना पहिरो खसेर क्षति पुर्‍याउने सडकको विकल्पमा चरङ्गे बूढाबास हुँदै पाल्पाको झुम्सा जोड्ने वैकल्पिक मार्ग सम्पन्न हुने चरणमा छन् । 

बुद्ध जन्मस्थल लुम्बिनी र बुटवल मण्डपमा २ वटा विशाल अत्याधुनिक सभा हल सञ्चालनमा आइसकेका छन् । ५ हजार क्षमताका अन्तर्राष्ट्रिय स्तरका सभा र सेमिनार गर्न सकिने सम्मेलन केन्द्रले आर्थिक क्षेत्रलाई चलायमान गराउन परिणाममुखी बनाउने छ, जुन मुलुककै ठूला ध्यान केन्द्र र सभा हल हुन् ।

सम्मेलन केन्द्र

रूपन्देहीका दक्षिणी क्षेत्रलाई बुटवलसम्म जोड्ने बेलबास बेथरी ४ लेनको सडक निर्माण सम्पन्न हुने चरणमा छ । सडकले गर्दा दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेका हरिया तरकारी बिहान झिस्मिसेमै किसानले बुटवल बजारका घर-घरसम्म ल्याएर सजिलै बिक्री गर्न सकेका छन् ।

तिनाउ दानव करिडोरको निर्माणमा काम अगाडि बढेको छ । बुटवल हुँदै दक्षिण बग्ने तिनाउ नदीको दायाँबायाँ दुवैतर्फ बन्ने सडक अबको ३ वर्षभित्र सक्ने लक्ष्य छ । ३ अर्ब लगानीको सडकले मोतीपुर, अमुवा, फर्साटिकर जस्ता ग्रामीण क्षेत्र शहर बन्नुका साथै यस आसपासका क्षेत्रमा आर्थिक गतिविधिले तीव्रता लिएका छन् । 

सरकारले लिएको निर्यात प्रवद्र्धन नीतिअनुसार रूपन्देहीबाटै उद्योगले छड र सिमेन्ट भारत निर्यात भएको छ । यसले देशको ठूलो व्यापार घाटामा आशाका किरणहरू देखिएका छन् । मुलुकको करीब ४० प्रतिशत सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग र त्यसभन्दा धेरै क्लिंकर उत्पादनका कारखाना समेत यही क्षेत्रमा छन् । रूपन्देही काठमाडौंपछि सबैभन्दा धेरै उद्योग रहेको जिल्ला पनि हो ।

रूपन्देहीको समग्र विकासलाई नियाल्दा काठमाडौंसँग प्रतिस्पर्धा गर्ने ठाउँसम्म पुग्न खोज्दै गरेको देखिएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा आर्थिक विश्लेषक वैकुण्ठ पाण्डे बताउँछन् । 

‘रूपन्देहीमा ठूला परियोजना ल्याउनुमा मुख्य भूमिका यस क्षेत्रका नेता विष्णु पौडेलको छ,’ पाण्डे भन्छन्, ‘अब रूपन्देहीको विकास पूर्वाधारले आर्थिक वृद्धिलाई तीव्रता दिनेछ । यहाँ उत्पादित स्वदेशी वस्तुमा रोजगारी सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता हो । त्यसको लागि प्रमुख आवश्यकता विद्युत्को पूर्ण आपूर्ति हो ।’ 

रूपन्देहीबाटै निर्यात शुरू हुनु सुखद रहेको उनले बताए । ‘यसले व्यापार घाटा कम गर्न केही भए पनि योगदान दिनेछ,’ उनले भने । अब भन्सार दरमा यहाँ सञ्चालित उद्योगलाई छुट दिन सकेमा सहजै बेलहिया नाकादेखि पूर्वाधारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सकिने पाण्डेको भनाइ छ ।

बुटवललाई विकासमा नमूना बनाउने र विकास हेर्नका लागि रूपन्देही जानुपर्छ भन्ने बनाउन रूपन्देहीमा ठूला विकास आयोजनाहरू एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएका हुन् । 

बुटवलमा ४ अर्ब लगानीमा निजी क्षेत्रले २ वटा केबलकार प्रतिस्पर्धा गरी धमाधम निर्माण अगाडि बढाएका छन् । वसन्तपुर जाने लुम्बिनी केबलकार र नुवाकोट जाने सिद्धार्थ केबलकारले ५ अर्ब लगानी गरेका छन्, बुटवलमा पर्यटक भित्र्याउन ढोका खुल्न थालेका छन् । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले आउँदो माघसम्म सञ्चालनमा आउने गरी केबलकारको काम अगाडि बढेको बताए । 

बुटवल बजार

रूपन्देहीको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । काठमाडौं, चितवनपछि बुटवल स्वास्थ्य ‘हब’ बनेको छ । तिलोत्तमामा अबको बढीमा ५ वर्षपछि बुटवल मेडिकल कलेज बन्नेछ । १११ वर्ष पुरानो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई १० अर्ब लागतमा अत्याधुनिक सेवा सहितका अस्पताल बनाउने काम प्रदेश सरकारले अगाडि बढाएको छ ।

जिल्लामा निजी क्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् । मुटु रोग, आँखाको उपचारका लागि भारतका बिरामीहरू भैरहवादेखि बुटवलसम्म उपचारको लागि आइरहेका छन् । 

रूपन्देहीका स्थानीय शंकर पराजुली १० वर्ष अगाडिको रूपन्देही र त्यो बेला असम्भव झैं लाग्ने विकासका सपना अहिले विपना बनेर आएका बताउँछन् । विकाससँगै रूपन्देही बसाइँसराइको केन्द्र बनेको छ । पछिल्लो १ दशकमा रूपन्देहीको जनसंख्या ४ लाखले बढेर ११ लाख ५० हजार पुगेको छ । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देहीको योजनाबद्ध विकासले ठूलो आर्थिक छलाङ मारेसँगै परिवर्तन दिलाएको बताए । सञ्चालनमा रहेका सबै आयोजना निर्माण पूरा भएपछि रूपन्देही ‘रोल मोडल’ जिल्ला बन्ने पौडेलले बताए ।

त्यसका लागि सञ्चालित विकास आयोजनाहरू सम्पन्न गर्न सबैले खबरदारी गर्नु आवश्यक रहेको बताए । निर्यातजन्य उद्योग स्थापनाका लागि सञ्चालनमा आएको विशेष आर्थिक क्षेत्र (सेज) मा अहिले उद्योग भरिएका छन् । मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया यहीँ हुँदा उत्पादित सामग्री निर्यात गर्न सहज छ । बुटवलमा ५ अर्बको खानेपानी योजना, मोतीपुर औद्योगिक क्षेत्र जस्ता आयोजना पनि अगाडि बढेका छन् । 

ड्रोनबाट बुटवलको दृश्य

लेखक तथा विश्लेषक ऋषि आजादले अबको दशकमा रूपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बन्ने बताउँछन् ।

‘अबको २० वर्षमा रूपन्देहीमा ४० लाख जनसंख्या हुनेछ । त्यसको व्यवस्थापनका लागि हामीलाई गण्डकी डाइभर्सनजस्ता ठूला योजनाको अनिवार्य आवश्यकता हुनेछ । रूपन्देही साँच्चै नपत्याउँदो गरी ‘ड्रीम ल्याण्ड ’ बनिरहेको छ । यो पहिलो आर्थिक केन्द्र बनिरहेको छ । नजिक जोडिएका बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगरको विकासले एउटै महानगरपालिका बन्ने छ । अहिलेबाटै सोच्नुपर्नेछ,’ उनले भने ।

आजाद थप्छन्, ‘अब हामी स–साना कुराको विवादमा अल्झिनु हुँदैन । राजधानीको विवाद अब रहने छैन । सडक विस्तारपछि त्यो बुटवलबाट १ घण्टा पर मात्र हो । विकासको हिसाबले विष्णु पौडेलले रूपन्देहीमा ठूलो योगदान दिएका छन् । भविष्य उज्ज्वल छ । हामीहरू सस्ता हल्ला, आवेग र उत्तेजनामा प्रभावमा नपरौं ।’ 

रूपन्देही शिक्षाको हब बनेको छ । गुणस्तरीय शिक्षामा काठमाडौंसँग टक्कर लिँदैछ । कालीगण्डकी तिनाउ डाइभर्सन, बुटवल चन्द्रौटा फोर लेन सडक, बुटवल पोखरा फोर लेन सडक, तिनाउ नदीमा नमूनामा सिग्नेचर ब्रिज, बुटवलमा मेट्रो रेलका सम्भाव्य योजनाले रूपन्देहीसहित आसपासका जिल्लामा समेत समृद्धिको लहर जबरजस्तै फैलिँदैछ ।

लुम्बिनी गुरुयोजना पनि सम्पन्न हुँदैछ भने लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देहीमा शैक्षिक विकासमा नयाँ लहर ल्याएको छ । रूपन्देहीमा विकासले हरेक सम्भावनालाई देखाएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २५, २०७९

खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी जागिरे छन् । जेठा रुद्रप्रसाद कोशी अस्पतालको लेखापाल...

भदौ २५, २०७९

पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन ।  तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्य...

असोज ६, २०७९

दैलेख जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका वासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमु...

भदौ २५, २०७९

मोरङको सुन्दरहरैंचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।  यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ ज...

भदौ १८, २०७९

यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।  आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि ...

असोज १०, २०७९

मकवानपुरकी नानी मैयाँ तामाङले सीतापाइलाको फूटपाथमा मकै पोल्दै बेच्न लागेको उन्नाइस वर्ष भयो । मकै बेचेरै उनले आफ्नो पेट र घर–परिवार पाल्दै आएकी थिइन् । तर, काठमाडौं महानगरपालिकाले फूटपाथबाट हटाएप...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x