×

NMB BANK
NIC ASIA

भोलि नै नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सरकारको तयारी

भदौ १, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीवार नै पारित गर्ने तयारी भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संसदमा पेश गर्नेबारे प्रतिनिधिसभा नियमावलीको नियम १३६ मा व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभालाई विधेयक फिर्ता भएको जानकारी गराएपछि सदनमै पुनर्विचार गर्ने कि संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने भन्ने २ वटा विकल्प प्रतिनिधि सभासँग छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक र सन्देशका बारेमा संसद बैठकमै पुनर्विचार गर्ने कि समितिमा पठाउने भन्नेबारे सम्बन्धित मन्त्रालयले संसदमा प्रस्ताव गर्नुपर्छ । नागरिकता विधेयक गृह मन्त्रालयसँग सम्बन्धित भएकाले गृहमन्त्री बालकृष्ण खाँणले यस्तो प्रस्ताव गर्नेछन् । 

सरकारले संसदीय समितिमा नपठाई संसद बैठकबाटै विधेयक पारित गर्ने तयारी गरेको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी सरकारले गरेको छ ।

गृहमन्त्रीले प्रस्ताव गरेपछि सांसदहरूले आफ्नो धारणा व्यक्त गर्नेछन् ।

सांसदहरूले उठाएको प्रश्नमा गृहमन्त्रीले जवाफ दिने र सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गर्ने विधि संसदको छ । 

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयकमाथि बहुमत र अल्पमतका आधारमा निर्णय हुन्छ । प्रतिनिधि सभाले पास गरेपछि विधेयक राष्ट्रिय सभामा पेश हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x