कात्तिक २३, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...
भदौ १, २०७९
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
पार्टी एकता संयोजन समितिमा एकीकृत समाजवादीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू रहनुपर्ने सुझाव पनि बैठकले दिएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीले भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउने निर्णय गरेको खतिवडाले बताए । नेकपा एमालेबाट विभाजित भएपछि अघिल्लो वर्ष भदौ ९ गते एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।
त्यसबाहेक आगामी प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवार चयन गर्नका लागि उम्मेदवार छनौट विधि सहितको निर्देशिका बैठकले पारित गरेको खतिवडाले बताए । स्वीकृत मापदण्डअनुसार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम्मेदवार सिफारिस गर्ने विधि तय भएको छ ।
ती कमिटीले १ जना महिलासहित ४ जना संघीय सांसदका लागि र प्रदेश सभाका लागि पनि १ जना महिलासहित ४ जनाको नाम केन्द्रीय कमिटीमा पठाउनुपर्नेछ ।
आगामी भदौ २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाउने निर्णय पनि भएको उनले बताए । बैठकले पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनमा पनि हेरफेर गरेको उनको भनाइ थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको' प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगल...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...