कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भदौ ३, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको उक्त विधेयकलाई पारित गरेको हो । संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरुले बताएका छन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्रलालले नागरिकता विधेयक पारित भएर जनताको विश्वास बढेको प्रतिक्रिया दिए । उनले भने, “विधेयक पहिले नै पारित हुनुपथ्र्यो, ढिलै भए पनि सरकारले यसलाई अघि बढाएको छ, प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक कार्य हो । अब राष्ट्रियसभाबाट पारित हुन बाँकी छ । राष्ट्रपतिले पनि संवैधानिक व्यवस्थाअनुरूप प्रमाणीकरण गर्नुहुन्छ होला ।”
००००
प्रतिनिधिसभाबाट पुनः पारित उक्त विधेयक अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाको यही भदौ ६ गते बस्ने पहिलो बैठकमा राष्ट्रपतिको विधेयकमाथि पुनःविचार गरियोस् भन्ने सन्देश टेबल हुने सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । त्यसपछिको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त विधेयकसम्बन्धी सन्देश टेबल गरिन्छ र सो विधेयकमाथिको छलफल प्रक्रिया प्रारम्भ हुने उनले बताए । राष्ट्रियसभामा छलफल भई विधेयक पारित भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइने र सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ ।
पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद्मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा पठाएको १५ बुँदे सुझावलाई संसदले बेवास्ता गरिदिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी निर्वाचनमा एमालेलाई चुनावी एजेण्डा बनाइदिने गरी नागरिकता विधेयक संसदमा फिर्ता गरेको गठबन्धनमा रहेका दलहरूले आरोप लगाएका थिए । कतिपयले भने नागरिकता विधेयकमा उल्लेख भएका कतिपय प्रावधान दीर्घकालीन रूपमा राष्ट्रलाई अहित गर्ने खालका भएकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताउने गरेका छन् ।
तर संसदमा भने सत्तारूढ गठबन्धनले नागरिकता विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गराएर आगामी चुनावमा मत तान्ने प्रयास गरेको आरोप एमालेका नेताहरूले लगाउने गरेका छन् । नागरिकता विधेयकको विवाद र बहसका बीच मंसिर ४ को चुनावमा दलहरुले यसलाई चुनावी मसला बनाउने निश्चित छ ।
००००
बहुप्रतीक्षित पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजना निर्माण सम्भाव्यता अध्ययनका लागि नेपालले भारतसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको छ । बिहीवार परियोजनाको विकास र लगानीको खाका तयार पार्न लगानी बोर्ड र भारतको एनएचपीसी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर समारोहमा बोर्डका अमृत लम्सालले स्वागत मन्तव्य राखेका थिए । यसैगरी सहसचिव सागरराज गौतमले आयोजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । गत सोमवार बोर्डको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको थियोे ।
००००
नागरिक उड्ययन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिनेगरी नेपाल एयरलाइन्सलाई पत्राचार गरेको छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सवै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सेक्युरिटी लगायतका शुल्कमा दिइएको शत प्रतिशत छुटलाई निरन्तरता दिने र ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा ५० प्रतिशत सम्म छुट दिने निर्णय गरेको हो ।
००००
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्यायी रुपमा सम्पन्न गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीबार उक्त निर्देशन दिएको हो । यस्तै आयोगले कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशन पनि दिएको छ ।
००००
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रवार बिहानसम्मका लागि स्थगित भएको छ । बिहीवार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्ने भनिएको बैठक पटक–पटक स्थगित भएको छ ।
००००
७० वर्ष उमेरसम्मका शिक्षकले मात्र अब चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउन पाउने भएको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउन योग्यता र पदलगायतका विषयमा एकरूपताका कायम गर्न चिकित्सा शिक्षा आयोगले मापदण्ड लागू गरेको छ ।
००००
आगामी निर्वाचनमा सिट बाँडफाँटलगायतबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको बैठकमा तालमेलको मोडालिटी र सिट बाँडफाँटको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाउने बताइएको छ ।
००००
पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर विधिबाट परीक्षण गर्दा २२४ र २ हजार ८४८ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...