×

NMB BANK
NIC ASIA

सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको हो । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले बताए । यसबाट सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिसी क्यामेरा जडानपछि एक–दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योग वाणिज्य संघका सदस्य कुमार घिमिरेले बताए । सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो । अहिले सिसी क्यामेरा बिग्रेकाले काम गर्न छाडेपछि बजार क्षेत्रका पसल चोरी हुने, कुटपिटलगायतका घटना बढेको वाणिज्य संघका संस्थापक अध्यक्ष रत्न श्रेष्ठले बताए । 


Advertisment
Nabil box
Kumari

बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा दुई वर्षदेखि बिग्रिएर मर्मत नभएपछि गाईघाट बजारमा पसल फुटाउने, चोरी हुने घटना दैनिकजसो हुने गरेको भए पनि प्रहरीले पनि पत्ता लगाउन नसकेको पसल सञ्चालक चन्दन साहले बताए । 

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र त्रियुगा नगरपालिकाको सक्रियतामा गाईघाट बजारको मुख्य चोक र बोक्से क्षेत्रका चोकमा सिसी क्यामेरा जडान गरी जिल्ला प्रहरीको कन्ट्रोल कक्षमा सिसी क्यामेरा कनेक्सन गरेपछि केही समयअघि यता आएर आपराधिक घटनामा कमी आएको हो । अहिले बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए । 

छ वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म गाईघाट बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुनेजस्ता आपराधिक कार्यमा कमी आएको थियो । अहिले एक महिनामै पाँच पटकभन्दा बढी पसल फुटाउने र चोरी हुने, मापसे गरेर रातिको समयमा बजारमा हिँडडुल गर्ने र समूहगत झगडासमेत हुँदै आएको पाइएको छ  ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले पुराना क्यामेरा फेरेर नयाँ राख्न या मर्मत गरेर प्रयोगमा ल्याउन नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x