×

NMB BANK
NIC ASIA

समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन सरोकारवालाहरूको माग

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसंग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन माग गरेको छ । 

Muktinath Bank

भाद्र १ गते संघले ‘नेपालमा बैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले वर्तमान परिप्रेक्षमा बौद्धिक सम्पत्तिको अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

उनले विश्वब्यापी डिजिटल परिवर्तन हँुदै गरेको समयमा यो अत्यन्त महत्वपूर्ण तथा समसामयिक बिषय रहेको र यस सम्बन्धी हाम्रो कानूनमा पनि समय सापेक्ष सुधार हुनु आवश्यक रहेको बताए ।

Vianet communication
Laxmi Bank

उक्त बिषयमा प्रभावकारी कानूनको अभावमा नेपालमा बिदेशी लगानको आगमनलाई सुनिश्चित गर्न चुकेको उनले बताए । 

यसैको अभावमा नेपालमा संचालित स्थापित विदेशी लगानीका कम्पनीहरुले पनि समस्या भोग्नुपरेको तथा यस बौद्धिक सम्पत्तिको कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा हामीले विदेशी लगानी आकर्षित गर्न नसकिरहेको पनि बताए भने सो सम्बन्धी प्रभावकारी कानून ल्याउन माग गरे । 

बौद्धिक सम्पत्तिको कानूनकै कमजोरीको कारण नेपालमा संचालित बिदेशी कम्पनीहरुमात्र नभई स्वयं हाम्रै कतिपय नेपाली कम्पनीहरुलाई समेत हामीले प्रबद्र्धन र प्रोत्साहन गर्न सकिरहेका छैनौं त्यसकारण पनि यो बौद्धिक सम्पत्तिको कानूनको टड्कारो आवश्यकता रहेको बताए  । 

बौद्धिक सम्पत्ति भन्दा यसभित्र ट्रेडमार्क, कपीराईट, पेटेन्ट डिजाइन लगायतका बिषयहरु समेत समेटिएर आउने तथा यो एक बृहत बिषय भएको परिप्रेक्षमा पनि यो सम्बन्धी कानून बिश्व बौद्धिक सम्पत्ति संगठन तथा अन्य संस्थाहरुले तय गरेका मापदण्ड अनुरुप गर्न आवश्यक रहेकोमा समेत जोड दिए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको सम्भावना र अवसर हुँदा हुंदै पनि बौद्धिक सम्पत्तिको संरक्षणका लागि समय सापेक्ष कानूनको अभावमा लगानी भित्रिन नसकेको बताए । 

उनले पछिल्लो समय तयार भएको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विधेयकको मस्यौदामा सरकारले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।

यसमा जनचेतनामा पनि कमी रहेको हुनाले प्रचार प्रसारमा पनि ध्यान पुर्याउनु आवश्यक रहेको उनको भनाइ छ । 

उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून भए पनि समय अनुसार त्यसमा परिमार्जन हुन नसक्दा हाल देखा परेका बौद्धिक सम्पत्ति सम्बन्धी समस्या समाधान हुन नसकेको बिचार व्यक्त गरे । 

प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क जस्ता बौद्धिक सम्पत्ति सम्बन्धी बिषयलाई हाम्रो संबिधानमै ब्यवस्था गरिएपनि जनचेतना र .यस सम्बन्धी कानूनको अभावमा बौद्धिक सम्पत्तिका मुद्दाहरु ओझेलमा पर्ने गरेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि व्यापार घाटा कम गर्नको लागि सरका तथा नीजी क्षेत्रका समन्वयमा काम गर्न सकिने भएकोले सरकारले निर्यातमूखी नीतिमा जोड दिनुपर्ने बताए ।

छलफलमा लामो समय देखी बौद्धिक सम्पत्ति सम्बन्धी कानूनी पैरवी गरिरहेका बरिष्ठ अधिबक्ता सज्जनवरसिंह थापाले नेपालमा ५७ बर्ष पूरानो कानूनको अभ्यास भइरहेकोले गर्दा पछिल्लो समय उत्पन्न भएका बौद्धिक सम्पत्तिका मुद्दाहरुको निराकरण तथा समाधान हुन नसकेको बताए  । 

विश्वमा सूचना तथा प्रविधिको विकासमा तिब्रता आएसँगै बौद्धिक सम्पत्तिको महत्व बढेर गएको भएपनि नेपालमा भने समय सापेक्ष कानूनको निर्माणमा सरोकारवाला निकायले गम्भीर नभएको कारण पुरानै कानून कार्यान्वयनमा रहेको बताए । 

नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरुको प्रतिनिधित्व गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रबिकुमार रायभरमले आफ्नो प्रस्तुति दिंदै विश्वमा कूल अर्थतन्त्रको एक तिहाई भाग बौद्धिक सम्पत्तिमा आधारित भएपनि नेपालमा भने समय सापेक्ष कानून तर्जुमा हुन नसक्दा यो क्षेत्रले गति लिन नसकेको बताए । 

उनले नेपालमा समय सापेक्ष कानून हुन नसक्दा विश्वमा ख्याति कमाएका ब्रान्डको नाम राखेर व्यापार ब्यवसाय संचालन हुने गरेको छ ।

कार्यक्रममा किरण सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमिर प्रताप राणाले बौद्धिक सम्पत्ति संरक्षणमा सरकारले प्रभावकारी र समय सापेक्ष कानून तर्जुमा नगर्दा नेपालमा भएका उद्योगहरूले पनि समस्या भोगिरहेको बताए । 

कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुले बौद्धिक सम्पत्ति संरक्षणका लागि सरकार समय सापेक्ष कानून निर्माण गर्न सकारात्मक रहेको बताउँदै पूरानो कानूनलाई परिमार्जन गर्दै नयाँ कानूनले उद्योगीका समस्या समाधान हुने गरी कानून निर्माण गर्न सरकार गम्भीर रहेको बताउँदै यसमा सरोकारवालाहरुसंग पनि छलफल गरिने प्रतिबद्धता ब्यक्त गरे । 

कार्यक्रममा धन्यवाद मन्तब्य दिंदै संघका उपाध्यक्ष तथा डाबर नेपालका ब्यापार प्रमुख हरकिरत सिह बेदीले अहिलेको डिजिटलाइजेशनतर्फ अग्रसर विश्वमा यो बौद्धिक सम्पत्ति सबैको चासो र प्रमुख सरोकारको बिषय भएको बताए ।

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x