२७ जेठ २०८३, बुधबार
फोहोर व्यवस्थापनको सकस

प्रचण्डका घरबेटी ठेकेदारले अलपत्र पारेको सिसडोल-बञ्चरेडाँडा सडकको यस्तो बेहाल [भिडियो]

भदौ ३, २०७९

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा पुग्ने सडकको अवस्था बेहाल छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डका' घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले ८ वर्षअघि नै ठेक्का पाए पनि काम नगरेपछि सडकको अवस्था बेहाल बनेको हो ।

यसबीचमा ८ वर्षको अवधिमा ७ पटक म्याद थप गराएर काम अलपत्र पारिँदै आएकोमा हालै मात्र उक्त कम्पनीबाट ठेक्का खोसिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा लागेको ठेक्का अहिले आएर रद्द गरिएको हो । फोहोर बोकेर तीन पिप्ले, सिसडोल हुँदै बञ्चरेडाँडा पुग्ने बाटो हिलो र खाल्डाखुल्डीले निकै सकसपूर्ण छ ।

सिसडोलदेखि बञ्चरेडाँडा पुग्ने सडक एक लेनको मात्र भएकाले ट्राफिक प्रहरीले एकपटकमा ३५/३५ वटाका दरले एकतर्फी सवारी सञ्चालन गराउने गरेको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्