×

NMB BANK
NIC ASIA

किन फ्लप भइरहेछन् ठूला बलिउड फिल्म : बहिष्कारको प्रभाव र झुर कन्टेन्ट हो दोषी ?

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए । 

Muktinath Bank

फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सात दिनमा यस फिल्मले भारतभरिबाट जम्मा ४९ करोड भारु कमायो । तुलनै गरेर हेर्नुपर्दा केजीएफ ः च्याप्टर २ को हिन्दी डबले शुरूकै दिनमा ५४ करोड भारु कमाएको थियो । 


Advertisment
Nabil box
Kumari

हिन्दी फिल्म उद्योग सन् २०२२ मा रोगी देखिएको छ तर लाल सिंह चड्ढा फ्लप हुनु तनावकै विषय हो । 

Vianet communication
Laxmi Bank

यो वर्ष द कश्मीर फाइल्स, भूलभुलैया २ र गंगुबाई काठियावाडी जस्ता दुईतीन फिल्मबाहेक हिन्दी भाषाका अन्य कुनै पनि फिल्म हिट भन्न मिल्ने खालका छैनन् । 

अक्षय कुमार (सम्राट् पृथ्वीराज), कंगना रनावत (धाकड) र रणवीर सिंह (जयेशभाइ जोरदार) सबै धराशायी भए । 

आमिर र उनको लाल सिंह चड्ढाले बलिउडलाई पुनरुत्थान गर्ने अपेक्षा धेरैले गरेका थिए । तर फिल्म फ्लप हुँदा त्यसको दुईवटा कारण देखिएका छन् ः कि त फिल्मको कन्टेन्ट दर्शकले मन पराएनन् कि त फिल्मको बहिष्कार गर्नुपर्ने बलियो अभियान चलेकाले असर पर्‍यो । 

फिल्म प्रदर्शकहरू यस फिल्मको गुणस्तर नै कमजोर भएकाले फ्लप भएको बताउँछन् । दिल्लीका एक हलवाला भन्छन्, ‘बहिष्कार अभियानले खासै प्रभाव पारेको हैन । पद्मावत फिल्मलाई पनि बहिष्कार गर्नुपर्ने आवाज उठेको थियो र विरोध प्रदर्शन समेत भएको थियो । तैपनि फिल्मले पहिलो सप्ताहान्तमा १०० करोड भारुभन्दा बढी कमायो । लाल सिंह चड्ढालाई दर्शकले ठाडै अस्वीकार गरिदिए । दर्शकको चाहनालाई फिल्मनिर्माताहरूले विचार गर्नुपर्ने भएको छ ।’

तर विगतका केही फिल्महरूको कन्टेन्टलाई पनि समीक्षकहरूले आलोचना गरेका थिए । आमिर खानकै अघिल्लो फिल्म ठग्स अफ हिन्दोस्तान र धूम ३ लाई समीक्षकले ध्वस्त पारेका थिए । तैपनि ती फिल्महरूको शुरूआत राम्रो थियो किनकि गजबको हाइप गरिएको थियो । 

धूम ३ ले सन् २०१३ मा पहिलो दिन ३६ करोड भारु कमाएको थियो भने ठग्स अफ हिन्दोस्तानले सन् २०१८ मा ५१ करोड भारुको कीर्तिमान कायम गरेको थियो । 

तुलना गरी हेर्दा लाल सिंह चड्ढाले भारतमा पहिलो दिन जम्मा ११.७० करोड भारु कमाउन सकेको थियो । 

फिल्म व्यापार विश्लेषक रमेश बाला यसको व्याख्या गर्छन्, ‘कमजोर कन्टेन्ट र बहिष्कार अभियान दुवै यसमा जिम्मेवार छन् । तर बहिष्कार अभियान नै प्रमुख कारण हो । पहिलो दिन नै फिल्मले सुस्त व्यापार गरेको हो । पहिलो दिन जम्मा ११ करोड भारुको व्यापारले मानिसहरू हलमा आउन इच्छुक छैनन् भन्ने देखायो । समीक्षाहरूले पनि पहिलो दिन र त्यसपछिका दिनहरूको कमाइलाई असर पारेका हुन् । तर पहिलो दिन नै झुर व्यापार हुनु भनेको बहिष्कार अभियानको असर हो ।’

तर फिल्म उद्योगका भित्रियाहरूका अनुसार, लाल सिंह चड्ढा र अक्षय कुमारको रक्षाबन्धन राखीको दिन रिलीज गर्नु नै गलत निर्णय थियो । राखीको दिन मानिसहरू फिल्म हेर्न घरबाट निस्कने अपेक्षा गरिँदैन । 

फिल्म व्यापार विश्लेषक अतुल मोहन भन्छन्, ‘फिल्मको ओपनिङ सुस्त हुनु आश्चर्यको कुरा हैन । रक्षाबन्धन पर्वको बारेमा थाहा हुनेहरूका लागि यो चकित बनाउने कुरै हैन । ईदमा जस्तो गरी मानिसहरू यो दिन घरबाहिर निस्कँदैनन् । त्यसैले पहिलो दिन हल नभरिनु अपेक्षाकृत नै थियो । त्यसपछि चाहिँ फिल्मको व्यापार समीक्षा तथा दर्शकको प्रतिक्रियामा निर्भर रहन्छ ।’

फिल्मले त्यति राम्रो समीक्षा नपाएपछि व्यापारमा पनि असर परेको हो । दर्शकको प्रतिक्रियाले पनि फिल्मलाई सहयोग गरेन । 

केही विज्ञहरूका अनुसार, महामारी युगपछि फिल्मको विधा र दर्शकहरूको बदलिएको प्राथमिकताले लाल सिंह चड्ढा जस्ता फिल्मको ग्राह्यतामा असर पारेको छ । कोभिड–१९ शुरू भएपछि फिल्म हेर्ने जमात ओटीटीमा उपलब्ध कन्टेन्ट हेरिरहेको छ र निश्चित किसिमको फिल्म हेर्नका लागि मात्र घरबाहिर निस्कने गरेको छ । 

‘लाल सिंह चड्ढा विशुद्ध पारिवारिक मनोरञ्जन दिने फिल्म हो । दर्शकहरू आजकल यस्तो फिल्म हलमा नभई ओटीटीमा हेर्न चाहन्छन् । मानिसहरू हलमा मनोरञ्जन लिनका लागि जाने हुन् । उनीहरू हलसम्म जान बाध्य बनाउने विशाल स्केलका मनोरञ्जक फिल्म चाहन्छन् । नत्र उनीहरू ओटीटीमै फिल्म हेर्छन् । आजकल त हलमा रिलीज भएका फिलम पनि ४–६ हप्तामा ओटीटीमा आइपुग्छन्,’ रमेश बालाले बताए । 

बलिउडका मेगास्टारमध्ये एकको ठूलो फिल्मले यस्तो कमजोर प्रदर्शन गरिरहेको छ भने शायद फिल्म उद्योगले दर्शकको चाहना बुझ्न नसकेको भन्नुपर्छ । हालैको एक कार्यक्रममा कलाकार आर माधवनले यसलाई सम्बोधन गरे । 

‘अहिले तपाईंसामु पूरै परिवर्तन भइसकेको, उच्च शिक्षित दर्शक छ जसलाई विश्व सिनेमाका बारेमा राम्रो ज्ञान छ । उनीहरू तपाईंलाई त्यही मापदण्डअनुसार मूल्यांकन गर्छन् । यसमा कसैको दोष छैन । हामीलाई हलमा दर्शक तान्न सक्ने क्षमता भएको पटकथा बनाउन केही समय लाग्ला तर हामी त्यसमा सफल हुनेछौं,’ उनले बताए । 

जेजस्तो भए पनि लाल सिंह चड्ढाको असफलताले बलिउडलाई आत्मनिरीक्षण गर्न बाध्य बनाएको हुनुपर्छ । फिलम उद्योगले यसबाट राम्रै पाठ सिक्नु जरूरी छ । 

हिन्दुस्तान टाइम्समा प्रकाशित पत्रकार अभिमन्यु माथुरको सामग्री
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x