×

X
Nic Asia
Marvel
Khukuri

यस वर्षको गाईजात्रा शुक्रवारदेखि सम्पन्न

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गत साउन २७ गतेदेखि भक्तपुरमा शुरू भएको गाईजात्रा पर्व शुक्रवारदेखि पूरा गरिएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरू भएको गाईजात्रा पर्व शुक्रवार पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको त्यहाँका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

DHARA
LAxmi BAnk

जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने गरिए पनि अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यंग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो । जात्रा समापनका क्रममा शुक्रवार घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो भने भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयाँै महिलाले टोलटोल घुमेर बत्तीसमेत जगाएका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायणका लागि आज भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेका थिए । 

शुक्रवार टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताए । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

आज बडादसैँको दोस्रो दिन ।  ब्रह्मचारिणी देवीको आराधना गरेर मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । द...

असोज १२, २०७९

बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भ...

असोज १०, २०७९

गोरखाको कालिका मन्दिरमा रहेको दशैं घरमा सोमवार विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ...

असोज ११, २०७९

नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा रा...

असोज १०, २०७९

जनकपुरधाममा दसैँको विशेष रौनकता छाएको छ । जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरूलाई नयाँ बेहुली झैँ श्रृङ्गारिएका छन् । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रूपमा रहेको राजदेवी मन्दिरस...

असोज १०, २०७९

वैदिक सनातन धर्मावलम्बी नेपालीले घर–घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै दशैं शुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व दशैं शुरू ...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x