कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भदौ ३, २०७९
मधेशका एक 'भेट्रान' नेता एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि चुनावी मैदानमा उत्रेलान् कि समानुपातिक रोज्लान् भन्ने विषयमा चासो र चर्चा व्यक्त हुन थालेको छ ।
विशेषगरी बढ्दो उमेर (८० वर्ष) र स्वास्थ्यका कारण पनि ठाकुर प्रत्यक्ष चुनाव लड्ने कुरामा आशंका व्यक्त गर्न थालिएको हो । त्यसो त स्थानीय चुनावका क्रममा मधेशमा देखिएको कांग्रेसको कमब्याक र सत्ता गठबन्धनमा सहभागिताको सुनिश्चितता भइनसकेकाले पनि महन्थ चुनाव लड्ने विषयमा आशंका व्यक्त भइरहेको हो ।
२०७४ सालको संसदीय निर्वाचनमा अत्यन्तै फराकिलो मतान्तरका साथ जितेका ठाकुरसामु २०७९ मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि निकै चुनौती खडा भएको छ । सत्ता गठबन्धनसँग तालमेल हुन नसकेमा जीत निकाल्न मुस्किल देखिन्छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद रामचन्द्र तिवारी पनि दाबेदार छन् । जनता समाजवादी पार्टीबाट पूर्व सांसद हरिनारायण यादव र मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि दाबेदार छन् । नेकपा माओवादी केन्द्रबाट पूर्व सभासद रामकुमार शर्मा र नेकपा एमालेबाट रामदयाल मण्डल दाबेदार छन् ।
२०७४ सालको निर्वाचनमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टीसँगको चुनावी गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका कारण ठाकुरलाई निकै सहज भएको थियो ।
महन्थसामु मुख्य २ चुनौती
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए। २६ हजार ८४५ मत ल्याएर उनी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले ४ हजार २० मत मात्र ल्याएका थिए ।
कांग्रेस र सपाको सहयोग तथा आफ्नो जन्मस्थानमा फर्किएको भन्ने सहानुभूतिले महन्थलाई फराकिलो जीत दर्ता गर्न भूमिका खेलेको थियो ।
ठाकुर निर्वाचित भएको महोत्तरी– ३ मा ५ वटा स्थानीय तह छन् । जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, एकडारा गाउँपालिका तथा मनराशिसवा नगरपालिका र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ ।
ठाकुर चुनाव लड्नुअघि ती पाँचवटै पालिकामा लोसपाले जितेको थियो। जलेश्वर नगरपालिकामा रामशंकर मिश्र, मटिहानी नगरपालिकामा हरि मण्डल, मनराशिसवा नगरपालिकामा सञ्जय सिंह, पिपरा गाउँपालिकामा विनोद चौधरी र एकडारा गाउँपालिकामा रामछविला साहले जितेका थिए।
तर, २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको छ।
जलेश्वर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका सुरेश साह सोनार ७ हजार ३०६ मत ल्याएर निर्वाचित भएका छन् भने लोसपाका निवर्तमान प्रमुख रामशंकर मिश्र ५ हजार ४३० मत ल्याएर पराजित भएका थिए ।
मनराशिसवा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन पाण्डेय ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका निवर्तमान प्रमुख सञ्जय कुमार सिंह २ हजार ७७२ मत ल्याएर पराजित भएका थिए ।
पिपरा गाउँपालिकाको अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका थिए ।
एकडारा गाउँपालिकाको अध्यक्षमा जसपाका दीपनारायण मण्डल ४ हजार ४९९ मत ल्याएर निर्वाचित भएका थिए भने लोसपाका रामछबिला साहले २ हजार ४११ मत ल्याएका थिए ।
स्थानीय तहको मतपरिणामका आधारमा जसपा ठाकुरका लागि पहिलो चुनौती हो ।
ठाकुरका लागि दोस्रो चुनौती हो, पार्टीभित्रकै असन्तुष्टि । प्रदेश सांसद अभिराम शर्मालाई बढी महत्त्व दिएर आफूहरूलाई बेवास्ता गरेको भन्ने गुनासो व्यापक सुनिएको छ । ठाकुर जितेको निर्वाचन क्षेत्रको प्रदेश सभामा लोसपाकै अभिराम शर्मा र रानी शर्माले चुनाव जितेका थिए । अभिराम शर्मालाई ठाकुरले मधेश प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्री समेत बनाएका थिए ।
उक्त क्षेत्रमा ब्राम्हण तथा भूमिहार जातिको बाहुल्य छ। ठाकुर ब्राम्हण हुन् भने प्रदेश सांसदमा जितेका अभिराम शर्मा तथा रानी शर्मा दुवै भूमिहार हुन् । फेरि उक्त क्षेत्र यस्तो हो कि ब्राम्हणले भूमिहारलाई नेता मान्न नचाहने, भूमिहारले ब्राम्हण जातका उम्मेदवारलाई मत दिन नचाहने, जति बेला ब्राम्हण र भूमिहार जातिको कम्बिनेसन मिल्छ, तब मात्र जीत निकाल्न सहज हुन्छ ।
विगतको अभ्यासले पनि त्यही नतिजा दिने गरेको छ। ब्राम्हण र भूमिहार एकले अर्कालाई जिताउनभन्दा पनि हराउन भूमिका खेल्ने गरेका छन् ।
अघिल्लोपटक ब्राह्मण र भूमिहारको कम्बिनेसन मिल्दा ठाकुरलाई सहज भएको थियो ।
उक्त क्षेत्रमा परम्परागत रूपमा भूमिहार जातिले नै जित्दै आएको छ । २०४८ सालमा नेपाली कांग्रेसका हरिशंकर मिश्र, २०५१ सालमा राप्रपाका महेन्द्र राय र २०५६ सालमा नेपाली कांग्रेसका रामचन्द्र तिवारीले चुनाव जितेका थिए ।
२०६४ मा उक्त क्षेत्र २ भागमा विभाजित हुँदा तमलोपाबाट गणेश नेपाली र रामकुमार शर्मा तथा २०७० मा एमालेका रामदयाल मण्डल र स्वतन्त्रबाट चन्द्रेश्वर झाले चुनाव जितेका थिए ।
गैर भूमिहारले २०७० मा आएर मात्र जीत हात पारेका थिए । त्यसो त झालाई जिताउन ब्राह्मणहरू निकै सक्रिय भएर लागेका थिए । २०७४ मा भूमिहारहरूलाई विश्वासमा लिएर महन्थ जीत हात पार्न सफल भए ।
नेपाली कांग्रेस परित्याग गरेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्दादेखि नै अभिराम शर्माले ठाकुरलाई साथ दिँदै आएका छन् ।
शर्मालाई महोत्तरीमा ठाकुरको दाहिने हात भनेर चिन्ने गरिन्छ । तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म आउँदा पनि ठाकुरले शर्मालाई नै जिल्ला अध्यक्ष बनाएका छन् ।
'शर्मालाई बढी च्यापेका कारण उक्त क्षेत्रका ब्राम्हण नेता/कार्यकर्ता ठाकुरसँग चिढिएका छन् । भूमिहार जातिका अन्य कार्यकर्ताहरू पनि असन्तुष्टि देखिएको छ,' लोसपाका एक जिल्ला नेताले भने, 'ठाकुरजीको त्यत्रो बेदाग छवि भए पनि शर्मासहित सीमित कार्यकर्ताको दायरामा मात्र ५ वर्षदेखि संकुचित भएर बस्नुभएको छ । परिणामस्वरूप शर्मानिकट केही कार्यकर्ताबाहेक अरू सबै असन्तुष्ट छन् ।'
शर्माले प्रदेश सरकारमा राज्य मन्त्री हुँदा आफ्नो स्वार्थ समूहको हितका लागि मात्रै बजेट खर्च गरेको आरोप छ। त्यसबाहेक ठाकुरको संसदीय निर्वाचन क्षेत्रको बजेट पनि शर्माले नै आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थ पूरा गर्न चलाउँदै आएको लोसपाकै अर्का एक कार्यकर्ताले बताए ।
'ठाकुरजी पार्टीको अध्यक्ष हो तर महोत्तरीका कार्यकर्ताले त्यस्तो अनुभूति नै गर्न सकेका छैनन्,' ती कार्यकर्ताले थपे, 'उहाँ प्रदेश सांसद शर्माद्वय र जलेश्वर नगरपालिकाका निवर्तमान मेयर रामशंकर मिश्रको मात्र अध्यक्ष हुनुभयो ।'
शर्माको अलोकप्रियता स्थानीय तहको निर्वाचनका क्रममा पनि देखिएको उनको दाबी छ । 'अभिराम शर्मा जुन-जुन पालिकामा प्रचारमा गए, ती पालिकामा पार्टीका उम्मेदवार पराजित भए । मटिहानीमा हरि मण्डलले शर्मालाई प्रचारमा आउनै दिएनन्, बल्ल उनको जित सम्भव भयो,' ती नेताले लोकान्तरसँग भने । असन्तुष्ट पक्षले शर्माद्वयलाई मात्र महत्त्व नदिन भनिसकेका छन् ।
'अभिराम शर्मा र रानी शर्मालाई मात्र नच्याप्नुस् भनेर महोत्तरीका धेरै नेता तथा कार्यकर्ताले ठाकुरजीलाई प्रस्टरूपमा भनिसकेका छन्,' उनले भने, 'हामीले आफ्नो कुरा राखेपछि उहाँले सुन्नु त भयो, तर जवाफ भने दिनुभएन ।'
शर्माद्वयलाई छाड्न ठाकुरलाई त्यति सहज भने छैन । शर्माद्वयलाई साथ छाड्नेबित्तिकै उनीहरूले आफूलाई हराउन सक्ने कुरामा पनि ठाकुर सचेत रहेको हालै स्थानीय चुनावमा मेयरमा पराजित अर्का एक नेताले बताए ।
गठबन्धनकै भर !
महन्थ नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग सहकार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् ।
सकेसम्म गठबन्धनको छाताभित्र समेटिने उनको प्रयास छ । जसपाबाट विभाजनपछि पार्टी संगठनले मूर्त रूप लिइनसकेकाले पनि लोसपालाई थ्रेसहोल्ड समेत चुनौती बन्न सक्ने खतरा छ ।
गठबन्धनमा समेटिन सकेमा केही शीर्ष नेताको जीत सुनिश्चित हुनसक्ने विश्वासमा ठाकुर रहेको लोसपाका एक नेता स्वीकार्छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...