×

X
Nic Asia
Marvel
Khukuri

लापरवाहीले विद्युतीय करेन्ट लाग्दा ५ जनाको मृत्यु

सप्तरी | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
प्रतिकात्मक तस्वीर
British college
TVS INSIDE

तराई मधेशका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ ।

DHARA
LAxmi BAnk

पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेशमा गर्मी असह्य बनेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले शहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पंखा विना एकै क्षण बस्न पनि गाह्रो छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव शुक्रवार घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पंखा राखेर हावा लिन थाले । अचानक हातले पंखामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।


Advertisment
Bizbazar
Saurya island

करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरा समेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् ।

कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी पत्नी २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । 

Vianet communication
IME BANK INNEWS

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशंकर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । 

खडक नगरपालिका–११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो ।
 
लापरवाहीकै कारण सप्तरीमा गत १ वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको शुरूआतमै ५ जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन । विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ । अभिभावकको सहमति...

असोज १४, २०७९

सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएक...

असोज १४, २०७९

संखुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ...

असोज १४, २०७९

पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो । सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणे...

असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ ...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x