×

NMB BANK
NIC ASIA

युवराज संग्रौला र गोविन्द कुसुमका उपन्यास सार्वजनिक

भदौ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

डा युवराज संग्रौला र डा गोविन्द प्रसाद कुसुमले लेखेको बेग्लाबेग्लै दुई उपन्यास सोमवार विमोचन गरिएको छ । 

Muktinath Bank

संग्रौलाको 'एकादेशका बाँदर' र कुसुमको 'पर्खाल' उपन्यास राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमोचन समारोहमा प्राज्ञ डा अमर गिरीले 'पर्खाल' तथा प्रा डा रमेश भट्टराईले 'एकादेशको बाँदर'को समीक्षा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

'पर्खाल' उपन्यासमा दाङको परिवेशमा भएका अनेकौं सामाजिक विकृति विसंगतिको यथार्थ चित्रण गरिएको गिरीले टिप्पणी गरे । सरल भाषाशैलीमा यथार्थपरक दृष्टिकोण अपनाउँदै उपन्यासले शोषित पीडित समुदायको पक्षमा कलम चलाएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

'एकादेशका बाँदर' व्यंग्यात्मक उपन्यास भएको र यसले पर्यावरणीय चेत समेत उम्दा रूपमा प्रस्तुत गरेको भट्टराईले टिप्पणी गरे । संग्रौला अरूबाट प्रभावित नभई आफ्नै प्रभाव छोड्न सक्ने लेखक भएको भन्दै उनले प्रशंसा गरे ।

साहित्यकार विन्दु अधिकारीले पनि 'एकादेशको बाँदर'माथि टिप्पणी गर्दै उपन्यासले नेपाली समाजको वर्तमान अवस्थाको सटीक चित्र प्रस्तुत गरेको बताइन् । उपन्यासमा काठमाडौं स्कूल अफ लका विद्यार्थी चन्द्रशेखर केसीले पनि टिप्पणी गरेका थिए । 

विमोचन समारोहमा मन्तव्य राख्दै डा गोविन्द प्रसाद कुसुमले आफ्नो अनुभव र भोगाइका आधारमा व्याख्यात्मक यथार्थवादी उपन्यास लेखेको बताए । उपन्यासले पाठकबाट सकारात्मक प्रतिक्रिया पाउने आशा आफूले गरेको उनको भनाइ छ ।

त्यसैगरी डा संग्रौलाले उपन्यास तयार पार्न पाँच वर्ष मेहनत गरेको जानकारी दिए । आफूले पथलैयाको जंगलमा गएर ढेडु बाँदर अनि पशुपति र स्वयम्भूमा गएर बाँदरको अध्ययन गरेको उनले बताए । पुस्तक लेख्नुअघि आफूले बाँदरसम्बन्धी ५०० वटा जति वृत्तचित्र पनि हेरेको उनले दाबी गरे ।  

भक्तपुरमा रहेको लेक्स यान्ड जुरिस पब्लिकेसन्स प्रालिले यी दुवै उपन्यासको प्रकाशन गरेको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x