×

NMB BANK
NIC ASIA

चितुवाको मुखबाट छोरालाई बचाएको घटना

साहसी आमा– चितुवाको मुखबाट लक्ष्मीले यसरी खोसिन् छोरो

भदौ ९, २०७९

NTC
Sarbottam
Photo : NTV
Premier Steels
Marvel

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बानियाँटारका ३ वर्षीय सुलभ परियार बुधवार साँझ घरको आँगनमा खेलिरहेका थिए ।

Muktinath Bank

आमा लक्ष्मी परियार खाना बनाउनका लागि पिँढीमा बसेर आलु काट्दै थिइन् । डेढ वर्षीय भाइ आमासँगै थिए ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यत्तिकैमा गाउँमा हल्लीखल्ली शुरू भयो । छिमेकमा घर रहेका शिक्षकले चितुवा आयो भन्दै चिच्याए । लक्ष्मी हातको आलु छाडेर आँगनमा निस्किइन् ।


Advertisment
Nabil box
Kumari

आँगनमा टेक्न मात्र के पाएकी थिइन्, चितुवा सुलभलाई च्यापेर कुदिहाल्यो । लक्ष्मी चितुवाको पछिपछि दगुरिन् । हल्लीखल्ली गर्दै गाउँले पनि पछि लागे ।

Vianet communication
Laxmi Bank

करीब ५० मिटर पर पुगेर लक्ष्मीले चितुवाको पञ्जाबाट छोरालाई खोस्न सफल भइन् ।

घटना हुँदा घरमा नरहेका सुलभका बुवा एवं लक्ष्मीका पति सुवास परियारले भने, ‘लक्ष्मी आलु काट्दै थिइन् रे । छिमेकीको खसीलाई आक्रमण गरेको चितुवा हाम्रो छोरालाई च्यापेर भागेपछि उनी पछिपछि दगुरिछन् । ५० मिटर पर पुगेर चितुवाको मुखबाट छोरो खोस्न सफल भइछन् ।’ 

बुवा सुवास सहचालकको काम गर्छन् ।

चितुवाको पञ्जाबाट बाँच्न सफल भएका सुलभ अहिले चितवन मेडिकल कलेजमा उपचाररत छन् । बुवा सुवासका  अनुसार सुलभको अपरेशन गरिएको छ ।

आमा लक्ष्मी छोरालाई कुरेर अस्पतालमै बसेकी छिन् ।

सुलभलाई अपरेसन थिएटरबाट आईसीयूमा ल्याइएको छ । बिहीवार बेलुकासम्ममा एनआईसीयूमा सार्ने तयारी रहेको चिकित्सकहरूले बताएका छन् ।

बलकको घाँटीको दुवैपट्टि चितुवाको पञ्जाले गहिरो चोट लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

‘घाँटीको दुईपट्टि चितुवाको पञ्जाको गहिरो छाप छ । अहिले बच्चा रोएको छ भन्ने कुरा आएको छ, अवस्था अझै पनि गम्भीर रहेको डाक्टरहरूले बताउनुभएको छ,’ अध्यक्ष थापाले भने ।

गाउँपालिकाले सुलभको उपचारका लागि एक वडा सदस्यलाई खटाएको छ ।

डिभिजन वन कार्यालय तनहुँ, बन्दीपुर गाउँपालिका र स्थानीय मिलेर बालकको उपचार खर्च व्यवस्थापन गरेको उनले बताए ।

‘वनले हामी उपचार गर्छौं भन्नुभएको छ । हामीले पनि आर्थिक सहयोग गरेका छौं । शुरूमै केही स्थानीयले पनि पैसा उठाएर पठाउनुभएको छ,’ अध्यक्ष थापाले लोकान्तरसँग भने ।  

छिमेकी हेमबहादुर रानाको खसीलाई आक्रमण गरेर घाइते बनाएपछि चितुवा सुलभलाई बोकेर भागेको थियो । आमा लक्ष्मीले हिम्मत गरेर छोरालाई चितुवाको पञ्जाबाट फुत्काउन सफल भएकी हुन् ।

शुरूमा प्राथमिक उपचारका लागि सुलभलाई मोती हेल्थ क्लिनिकमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन लगिएको थापाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x