×

NMB BANK
NIC ASIA

कञ्चनपुरमा बर्सेनि घट्दै खेतीयोग्य जमिन

भदौ १०, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

अन्न भण्डारका रूपमा चिनिने कञ्चनपुरमा पछिल्लो समय खेतीयोग्य जमिन घट्दै गएको छ ।

Muktinath Bank

उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा–चाँदनी उर्वर भूमिका रूपमा रहेको छ तर पछिल्ला केही वर्षयता उर्वर भूमिमा धमाधम घर बनिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार क्षेत्रको खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहेको छ भने अन्य केही क्षेत्रमा नदीको कटानले गर्दा बर्सेनि जमिन मासिँदै गएको छ ।


Advertisment
Nabil box
Kumari

कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा कूल खेतीयोग्य जमिन १ लाख ६१ हजार ७४१ हेक्टर छ । जसमध्ये ५६ हजार ६०२ हेक्टर अर्थात् ३५ प्रतिशत जमिनमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।
 
कञ्चनपुरमा बर्सेनि ५–१० प्रतिशतले खेतीयोग्य जमिन घट्दै गएको उनले बताए । ‘हरेक वर्ष ५/१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको छ, यो बसाइँसराइका कारणले हो,’ उनले भने, ‘धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ, केही ठाउँमा नदी कटानले पनि घटेको छ ।’

Vianet communication
Laxmi Bank

जिल्लामा सबैभन्दा बढी बेलौरी नगरपालिकामा १० हजार १९६ हेक्टरमा खेती हुने गरेको जोशीले बताए । पुर्नवास नगरपालिकामा ७ हजार ८५८ हेक्टर, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकामा ६ हजार ५०० हेक्टर र भीमदत्त  नगरपालिकामा ७ हजार ७८८ हेक्टरमा खेती भइरहेको छ ।  

शुक्लाफाँटा नगरपालिकामा ६ हजार ३००, दोधाराचाँदनी नगरपालिकामा ३ हजार ६००, बेल्डाँडी गाउँपालिकामा ३ हजार ३०० र लालझाडी गाउँपालिकामा ४ हजार ५६० हेक्टरमा खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘अन्न भण्डारमै हरेक वर्ष खेतीयोग्य जमिन घट्नु राम्रो होइन,’ जोशीले भने, ‘सरकारले स्पष्ट नीति ल्याउन नसक्दा यो समस्या देखिएको हो ।’

विक्रम संवत् २०६४ सालमा बैतडीबाट महेन्द्रनगर बसाइँ सरेका विष्णु पन्तले पछिल्लो १० वर्षयता खेतीयोग्य जमिनमा तीव्ररूपमा बसोबास भएको बताए । ‘पहिला बस्ती टाढा–टाढा थियो, महेन्द्रनगर बजार क्षेत्रमै घना बस्ती थिएन,’ उनले भने, ‘१ दशकयता अत्यधिक शहरीकरण भयो, खेतीयोग्य जमिन कम हुँदै गयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x