×

NMB BANK
NIC ASIA

चुनावी सुरक्षा

७ सय गाडी मागेको प्रहरीले डेढ सयवटा मात्र किन्न पाउने, ७५ करोड बजेट छुट्ट्याइयो

भदौ १३, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रहरीले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावका लागि प्रहरीले १५० वटा गाडी किन्नका लागि ७५ करोड रुपैयाँ बजेट पाएको छ । 

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले प्रहरीलाई ७ सयभन्दा धेरै सवारी साधनको आवश्यकता रहेको भन्दै निर्वाचनका ३ अर्ब बजेट माग गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले प्रहरीले गाडी किन्नका ७५ करोड रुपैयाँ मात्र पाएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले पुष्टि गरे ।


Advertisment
Nabil box
Kumari

‘हामीले १५० सवारी साधनका लागि ७५ करोड रुपैयाँ बजेट पाएका छौं, त्यो बजेटमा जति गाडी आउँछ, त्यति किन्छौं,’ डीआईजी राईले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

२०७० सालमा किनेका सवारीसाधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नका लागि पनि नयाँ सवारीसाधनको आवश्यकता परेको प्रहरीले बताउँदै आएको छ । 

देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारीसाधनका लागि बजेट उपलब्ध गराएको थिएन । 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार प्रहरीले स्थानीय तह निर्वाचनमा १ हजार २०० सवारीसाधन भाडामा लिएर चलाएको थियो ।

आगामी चुनावका लागि प्रहरीले १ हजार ५२९ पीकअप भ्यान, ११० वटा ‘वान टन’ गाडी र बस किन्नका लागि बजेट माग गरेको थियो ।

प्रहरीलाई ७ हजार ८९४ सञ्चार सेट र हतियार आवश्यक रहेका छन्, जसका लागि पनि बजेट माग गरेको थियो । स्थानीय तह चुनावमा प्रहरीले सेनाबाट हतियार सापट लिएर चलाएको थियो । पछिल्लो समय हतियारमा पर्ने भन्दा धेरै मूल्यमा किन्न लागेको भन्दै विरोध भएपछि रोकिएको छ ।

अहिले पनि आवश्यक पर्ने हतियार सेनाबाटै सापट लिएर चलाउने तयारी भइरहेको छ । 

निर्वाचन सुरक्षाका लागि प्रहरीले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । 

प्रदेशमा एसएसपीको नेतृत्व र जिल्लामा सिनियर प्रहरी अधिकृतको नेतृत्वमा निर्वाचनका लागि कमिटी गठन भएको छ ।

यी कमिटीले निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने बन्दोबस्तीदेखि निर्वाचन सुरक्षाको काम गरिरहेको छ ।

अहिले प्रहरीले कति बजेट आवश्यक पर्छ, कुन सामग्री कति आवश्यक पर्छ, कसरी सुरक्षा दिने भन्ने विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x