×

NMB BANK
NIC ASIA

भाउजुसँग अवैध सम्बन्धको परिणामः पोल खुलेपछि ६ महिना अघि बिहे गरेकी श्रीमतीको हत्या

भदौ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बाराका एक युवकले भाउजुसँगको अवैध सम्बन्ध थाहा पाएपछि आफ्नै श्रीमतीको हत्या गरेका छन् । बारा महागढीमाई नगरपालिका–३ गन्जभवानीपुरका २७ वर्षीय सैमोदिन अन्सारीले २५ वर्षीया श्रीमती सहनाज खातुनको हत्या गरेका हुन् । सैमादिनले भाउजुसँग अवैध यौनसम्बन्ध स्थापित गर्दै आएको श्रीमतीले थाहा पाएपछि उनको हत्या गरेको प्रहरीले जनाएको छ । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार सैमोदिन र सहनाजको ६ महिना अगाडि मात्र विवाह भएको थियो । उनी वैदेशिक रोजगारीका क्रममा विगत ६ वर्षदेखि मलेसिया बस्दै आएका थिए । उनले ६ महिना अगाडि मात्र नेपाल आएर सहनाजसँग विवाह गरेका थिए । उनका दाजु पनि वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । दाजु नभएको मौकामा उनले भाउजु अप्सना खातुनसँग यौनसम्बन्ध स्थापित गर्दै आएको प्रहरीले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ १६ गते राति सहनाजले ‘तपाईंको भाउजुसँग सम्बन्ध छ किन यस्तो गर्नु भएको’ भनेर सोध्दा सैमादिनले उनको घाँटीमा सलले बेरेर हत्या गरेको बयान  प्रहरीलाई दिएका छन् ।


Advertisment
Nabil box
Kumari

एसपी बोगटीका अनुसार हत्यापछि सैमोदिनले सहनाजका माइती पक्षलाई ‘तपाईंकी छोरीको मृत्यु भयो’ भन्दै फोन गरेका थिए । उनीहरूले आफन्त बोलाएर सद्गद् गर्ने तयारी गरिसकेका थिए । तर, माइती पक्षले शंका लागेपछि प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि हत्याबारे थाहा भएको हो । 

Vianet communication
Laxmi Bank

प्रहरीले घटनास्थलमा गएर अनुसन्धान गर्दा आँखाबाट रगत बगेको देखेपछि मृत शवलाई पोष्ट मार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । 

प्रहरीका अनुसार शुरूमा सैमोदिनलाई शंका लागेर सोधपुछ गर्दा सहनाज आफूसँगै सुतेको तर बिहान उठ्दा मृत फेला परेको बताएका थिए । तर, प्रहरीले अप्सनाका ४ वर्षीय छोरालाई सोधपुछ गर्दा राति उनका काका र आमासँगै सुतेको र बीचमा काकीको कोठामा गएको बताएपछि हत्या गरेको पोल खुलेको थियो ।

‘उसले पहिला मृत फेला परेको बताएको थियो । शवको अवस्था हेर्दा हत्याजस्तो देखिँदैनथ्यो । हामीले बच्चालाई सोध्दा आमासँग सँगै सुतेको कुरा थाहा पाएपछि उसले सबै पोल खोल्यो,’ एसपी बोगटीले लोकान्तरसँग भने ।

सैमोदिनले प्रहरीलाई दिएको बयानअनुसार उनले भाउजु र आफ्नो सम्बन्धको बारेमा कुरा गरेपछि भित्तामा टाउको ठोक्काएर बेहोस बनाई घाँटीमा सलले बेरेर हत्या गरेका थिए । उनले त्यो राति हत्या गरेपछि पुनः भाउजुसँग आएर सुतेको र यौनसम्पर्क राखेको समेत प्रहरीलाई बताएका छन् । 

‘प्रारम्भिक बयानमा सैमादिनले विगतमा पनि भाउजुसँग सम्पर्क स्थापित गर्ने गरेको बताएका छन्,’ एसपी बोगटीले भने । प्रहरीले शुक्रवार उनीहरूलाई सार्वजनिक गरेको छ । ७ दिनको म्याद थप गरेर अनुसन्धान शुरू गरेको एसपी बोगटीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x