फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।
आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि बन्द भयो । साढे १७ देखि साढे २१ वर्ष उमेर समूहका व्यक्तिलाई मात्रै यूके आर्मीमा प्रवेश खुला छ ।
‘आदिवासी जनजाति अर्थात् मंगोल मुहारका, त्यसमाथि राई, लिम्बु भनेपछि आर्मी हुनुपर्छ भन्ने मानसिकता थियो,’ उनले भने, ‘मैले पनि सबैको देखासिकीमा लागेर बन्दुक बोकेर पैसा कमाउने सपना देखेको थिएँ तर त्यो सपना मेरा लागि पूरा हुन सकेन ।’ आर्मीमा भर्ति नभए पनि उनी दुःखी भने बनेनन् ।
नेपालमै पनि केही गर्न सकिएला भन्ने लागेर निर्माण व्यवसायमा लागेको उनले बताए । विश्वव्यापी बनेको कोरोना महामारीका कारण निर्माण व्यवसाय ठप्पै रह्यो । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण घरभन्दा बाहिर निस्कन कोही पनि सकेनन्, घरबाहिर निस्कन प्रतिबन्ध भएपछि सरकारको नियम मानेर उनी घरमै बस्थे ।
घरमा बस्दा दिन कटाउन समस्या भएपछि उनले गूगलमा नयाँ विषयवस्तु खोज्ने तथा यूट्यब हेरेर दिन कटाउन थाले । व्यवसाय बन्द भइरहेका बेला अब के गर्ने भन्ने अन्योल उनमा थियो तर यूट्युबमा एक भारतीय नागरिकले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गरिरहेको भिडियो हेरेपछि उनको मन पनि त्यतैतिर मोडियो । उनले ड्रागन सम्बन्धी अध्ययन शुरू गरे । यूट्युब तथा गूगलमा मन परेको विषयमा अध्ययन गर्दा दिन कटेको समेत उनले पत्तो पाएनन् ।
लकडाउनकै समयमा उनको मनमा ड्रागन खेती गर्ने भन्ने भूत नै चढ्यो । उनले खेती कसरी गर्ने, कति आम्दानी हुन्छ लगायतका विषयमा भिडियो हेर्न थाले ।
धान फल्ने खेतमा ड्रागन खेती गरेर सुन फलाउँछु भन्ने योजना उनले बनाए । यूट्युब हेरेकै भरमा बनाएको योजना उनले सोचे जस्तो सजिलो थिएन । ‘त चिता म पुर्याउँछु’ भन्ने नेपाली उखान जस्तै भयो उनको ड्रागन खेती गर्ने योजना । नभन्दै भारतको हैदराबादमा बिरुवाको अर्डर गरे । त्यहाँ नयाँ हाइब्रेट जातका बिरुवा पाइने भएकाले भारतबाट ल्याएको उनले बताए । नेपालमा हाइब्रेड जातका बिरुवा नपाइने गरेको उनले बताए ।
पुर्ख्यौली जग्गा ३ बिगाहामा खेती गर्ने योजना उनले बनाएका थिए । परम्परागत धानखेती गर्दै आएका राईले लकडाउनको समयमा त्यो जग्गालाई एक्कासि बगर बनाए । झापा, मोरङ, सुनसरीलाई धान खेतीका लागि उर्बर भूमि मानिन्छ । त्यही उर्वर भूमिलाई बगरमा परिणत गर्दा छरछिमेकहरूले आश्चर्य नै माने, नमान्ने कुरा पनि भएन ।
‘मानो रोप्दा मुरी फल्ने खेत एक्कासि बगरमा परिणत गर्दा छिमेकी तथा आफन्तहरूले आश्चर्य मात्रै मानेनन्, गणेश बौलायो समेत भन्न भ्याएँ,’ उनले हाँस्दै भने ।
ड्रागन खेती गर्नका लागि पानी नजम्ने तथा बलौटे माटो भएको जमिन राम्रो मानिन्छ । उर्वर भूमिलाई प्लटिङ गरेर उनले त्यो जमिन खण्डहर बनाए । उनले खोलाको बगर जस्तो बनाउनुभन्दा अगाडि नै भारतबाट ड्रागनको बिरुवाको अर्डर गरेका थिए तर बिरुवा ढिलो आयो ।
जग्गामा ८ महिनासम्म कुनै बाली नलाएपछि जग्गामा झार भरिएको थियो । लहलह, धान, गहुँ, मकै, तोरी लगायतका बाली हुने खेत जंगल भएपछि छरछिमेक तथा साथीभाइहरूले उनलाई भेटेमा कहिले के जाति फल खान आउने हो भनेर जिस्क्याउने गरेको उनले सुनाए । कसैले त गणेशका बारीमा कति राम्रो ड्रागन फ्रूट उत्पादन भएछ हो भनेर जिस्काएको समेत उनले बताए ।
‘त्यति मात्रै होइन अब गणेश डुब्यो, अब सरसापटी तथा ऋण पनि दिनु हुँदैन भनेर साथीभाइहरूले भनेछन्,’ उनले भने, ‘अहिले तिनै साथीहरू विरुवा लगेर रोपिरहेका छन् ।’
लकडाउनको बेला उनले भारतमा गएर आफैं बिरुवा ल्याएका थिए । उनले १६ महिनाअघि ३ हजार पोलमा १२ हजार बिरुवा रोपेका थिए । एउटा पोलमा ४ वटा बिरुवा रोपिन्छन् । उनले रेड सी (रातो फल) प्रजातिको ड्रागन रोपेका छन् । उनले १ करोड रुपैयाँको लगानीमा फर्म सञ्चालनमा ल्याएका छन् ।
बिरुवाले फल दिन थाल्दा समेत छरछिमेकले फल कहाँ लगेर बिक्री गर्छ भनेर कुरा काट्न नछाडेको उनले बताए । शुरूमा बजार पनि राम्रो नभएकाले गल्ती गरिएछ कि जस्तो लागेको उनले बताए । पहिला गोर्खा डिपार्टमेन्ट र भाटभटेनीले मात्रै खरिद गर्थे । यी दुवै १ नम्बर प्रदेशका २ ठूला कम्पलेक्स हुन् ।
हाईब्रेड जातको लगाएकाले अन्य लोकल जातभन्दा ठूला दाना र उत्पादन पनि धेरै दिने भएकाले बिस्तारै बजारमा माग पनि बढ्दै गयो । सबैको आँखा उनकै उत्पादनतिर पर्दै गयो ।
अहिले लोकल फलफूल पसलले पनि उनकै फर्ममा गएर खरिद गर्ने गर्छन् । फर्मबाटै ६०० रुपैयाँ किलोमा बिक्री भइरहेको छ । काठमाडौंका बजारमा पनि उनले उत्पादन पठाउने गरेका छन् ।
उनले १० लटको फल लिइसकेका छन् । १६ हजार ५०० किलो उत्पादन भइसकेको उनले बताए । ‘१६ महिनामा मैले १० लट निकालें,’ उनले भने, ‘४ वर्षअघि लोकल जातका बिरुवा रोपेका साथीहरूले तीन हजार पैतिस सय किलो मात्रै बेचेका छन् ।’
उनले २ परिवारलाई बगान भएको ठाउँमा घर बनाइदिएर रोजगारी दिएका छन् । २ परिवारमा १२ जना छन् ।
स्वादिलो तथा पोषिलो फल ड्रागन फ्रूटको माग बढ्दै गएपछि उनले कलमी गरेर बिरुवा पनि बेच्न थालेका छन् । उनले तुर्छा ड्रागन फ्रूट कृषि फर्म प्रालि नाममा संस्था दर्ता गरेका छन् । अरु समयभन्दा पनि बोटबाट टिप्ने बेलामा आनन्द आउने गरेको उनले बताए ।
बगान राताम्य भएको बेला रुखमा पैसा फल्दो रहेछ जस्तो लागेको उनले बताए । ‘म यूके आर्मी भएको भए अर्काकै देशमा बन्दुक बोकेर अर्काले नै लगाएको काम गर्दै हुन्थे होला,’ उनले भने, ‘अहिले नेपालमै सानो भए पनि रोजगारी दिएको छु ।’ मेहनत गर्यो भने नेपालको भूमिमै सुन फल्छ भन्ने आत्मविश्वास बढेको उनले बताए ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...