×

NMB BANK
NIC ASIA

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति माग्दै प्रहरी

भदौ २२, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति माग्ने तयारी प्रहरीले गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार अहिले प्रहरीले प्रमाणहरू संकलन गरिरहेको र पक्राउका लागि अदालतमा अनुमति माग्ने तयारी भइरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले प्रक्रियामा छौं,’ एसएसपी बोहोराले लोकान्तरसँग भने, ‘अनुसन्धान भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त गौशालाको टोली अहिले घटना भएको भनिएको होटलहरूको सीसीटीभी फुटेज संकलनका लागि खटिएको एसएसपी बोहोराले बताए ।

Vianet communication
Laxmi Bank

‘हामी अनुसन्धानमा लागिरहेका छौं । त्यसमा आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ,’ एसएसपी बोहोराले लोकान्तरसँग भने ।

पीडितले बसेको भनेको नगरकोटको होटल र काठमाडौंको गौशालास्थित काठमाडौं इन होटलको सीसीटीभी फुटेजको अनुसन्धान प्रहरीले गरिरहेको छ । 

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती करणी गरेको विवरण जाहेरीमा उल्लेख छ ।

लामिछाने क्यारेबीयन प्रिमियर लिग खेल्नका लागि अहिले वेस्टइन्डिजमा छन् । अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या पुगेका उनी त्यतैबाट वेस्टइन्डिज गएका हुन् ।

टीमका अन्य सदस्य भने आजै स्वदेश फर्किएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x