×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनाव लड्न कम्मर कसेका कलाकर्मी– रेखादेखि रोज राणासम्म उम्मेदवार बन्ने होडमा

भदौ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरू मात्र नभई कलाकार समेत तयारीमा जुटेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कतिपय कलाकारले त राजनीतिका हेवी–वेटलाई समेत चुनौति दिने घोषणा गरेका छन् । लामो समय कलाकारिता गरेर दर्शकको मन जितेका कलाकारले अब भने मतदाताको मत जित्ने उद्घोष गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी मंसिरमा चुनावी मैदानमा होमिने तयारीमा रहेकामध्ये केही भने राजनीतिक दलको फेर समाएर उम्मेदवार हुने  प्रयासमा छन् भने कतिपयले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री, निर्माता एवं निर्देशक समेत रहेकी रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्यमा लड्ने तयारीमा छिन् । 

Vianet communication
Laxmi Bank

राप्रपाको महाधिवेशनबाट महामन्त्रीमा हारेकी थापा पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय छिन् । उनी गृहजिल्ला मोरङ–३ बाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा जुटेकी छन् । राप्रपाले थापाको मोरङ–३ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवारको रूपमा नाम सिफारिस गरिसकेको छ ।

मोरङ क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसबाट व्यवसायी सुनिल शर्माको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि सिफारिस भएको छ । त्यसैगरी, एमालेबाट पोलिटब्यूरो सदस्य भानुभक्त ढकालको नाम सिफारिस भएको छ । २०७४ को चुनावमा ढकालले जितेका थिए । 

त्यसैगरी, लोकप्रिय गायिका कोमल वली दाङ–३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएकी छिन् । उनी एमालेको नेतृको रूपमा राजनीतिमा सक्रिय छिन् । २०७४ को चुनावमा समानुपातिक उम्मेदवार बनेकी वली राष्ट्रिय सभा सदस्य पनि बनेकी थिइन् । अहिले उनी दाङमा रहेर राजनीतिक कार्यक्रममा सक्रिय छिन् । 

थुप्रै हिट फिल्म निर्माण गरेका निर्माता, अभिनेता एवं नेपाली कांग्रेसका युवा नेता रोज राणा प्युठानबाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका राणाको नाम पहिलो नम्बरमा राखेर क्षेत्रीय कार्यसमितिले उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा एमालेबाट सूर्य थापाको एकल नाम सिफारिस भएको छ । 

फिल्म निर्देशक एवं कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति रहेका तीर्थ थापा लमजुङबाट उम्मेदवार बन्ने तयारीमा छन् । नेपाली कांग्रेसले लमजुङबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा थापाको नाम सिफारिस गरेको छ । 

चुनावी तयारीमा जुटिसकेका थापाले कांग्रेसको चुनावी प्रचारका लागि सांगीतिक सामाग्रीको तयारी थालेका छन् । 

सांस्कृतिक संघ यतिबेला चुनावी गीतको तयारीमा जुटेको उनले बताए । ‘चुनावी गीतको तयारीमा छौं । एउटा गीतको छायांकन समेत गरिसकेका छौं,’ थापाले भने, ‘२–३ दिनमै गीत सार्वजनिक गर्छौं ।’

कांग्रेस निकट सांस्कृतिक संघमा आवद्ध रहेका झण्डै २ दर्जन कलाकारहरू उम्मेदवारका लागि सिफारिस भएका छन् । जसमा चर्चित लोकगायक विमलराज क्षेत्री, हास्य कलाकार शिवहरि नेपाल ‘बैरागी’देखि शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’सम्म उम्मेदवारका लागि सिफारिस भएका छन् ।

गायक विमलराज क्षेत्री पर्वतबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तरखरमा छन् । नेपाली कांग्रेस पर्वतले उनको नाम सिफारिस गरिसकेको छ ।

कांग्रेसले उम्मेदवार बनाएको अवस्थामा क्षेत्रीले राष्ट्रिय सभा अध्यक्षसमेत रहेका एमालेका नेता गणेशप्रसाद तिमल्सिनासँग प्रतिस्पर्धा गर्नुपर्ने सम्भावना छ ।

एमाले पर्वतले उम्मेदवारकोरूपमा तिमल्सिनाको नाम सिफारिश गरेको छ ।

कांग्रेस निकट नेपाल सांस्कृतिक संघका महामन्त्री समेत रहेका क्षेत्री भन्छन्, ‘कलाकारले गीत, संगीत, साहित्यको मात्रै सिर्जना गर्दैन, समृद्ध समाजको पनि सिर्जना एवं परिकल्पना गर्न सक्छ । त्यसैका लागि मैले उम्मेदवारीमा दावी गरेको हुँ ।’

संघमै आवद्ध रहेका शिवहरि नेपाल ‘बैरागी’  सिन्धुपाल्चोकबाट प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार सिफारिस भएका छन् । 

हास्य कलाकार शिवशंकर रिजाल सर्लाहीबाट प्रदेशसभामा समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएका छन् । उनी पनि कांग्रेस निकट सांस्कृतिक संघमा महामन्त्रीको जिम्मेवारीमा छन् ।

‘विगतबाटै कलाकारितासँगै राजनीतिमा पनि उत्तिकै सक्रिय थिएँ । अहिले क्षेत्रीय समितिले विश्वास गरेर सिफारिस गरेको छ । महत्त्वपूर्ण पदका लागि सिफारिस हुँदै गर्दा आफू किन पछि हट्ने ?’ शिवशंकरले लोकान्तरसँग भने, ‘मौका र समय मिल्दा, देशले–माटोले माग्दा कलाकारहरू पनि देश चलाउन सक्षम छन् भन्ने प्रमाणित गर्न मैले उम्मेदवारीमा दावी गरेको हुँ ।’

चुनावी मैदानमा होमिएका अर्का फिल्म निर्माता एवं अभिनेता हुन् मधुकुमार श्रेष्ठ । उनी प्रदेशसभा सदस्य पदका लागि धादिङ–१ बाट प्रत्यक्ष उम्मेदवारमा कांग्रेसबाट सिफारिस भएका छन् । 

त्यसैगरी, पप गायक सञ्जय श्रेष्ठले धेरै पहिले नै आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध श्रेष्ठले पार्टीले टिकट दिए पनि, नदिए पनि आउँदो मंसिरमा हुने प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा फेसबूकमार्फत गरेका थिए । 

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारी दिने उनको घोषणा थियो । ‘मेरो पार्टीले मलाई टिकट दिए पनि, नदिए पनि मैले आउँदो मंसिरताका हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उमेदवारी दिने निर्णय गरें । अब बाँकी तपाईंहरूको साथ र विश्वास,’ त्यसबेला उनले भनेका थिए । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएकोमा श्रेष्ठ पराजित भएका थिए ।

‘मिस्टर नेपाल २०१९’ विजेता डा. सन्तोष उपाध्याय पनि चुनावी मैदानमा उत्रिने भएका छन् ।  उनी नेपाली कांग्रेसको तर्फबाट अछाम–२ प्रदेशसभा (२) मा प्रत्यक्षतर्फको उम्मेदवारको लागि सिफारिस भएका छन् ।

अभिनेता गणेश उप्रेती पनि उम्मेदवार सिफारिस भएका छन् । मोरङ–२ बाट माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको छ । यद्यपि उनी केही वर्षयता अमेरिकामा छन् । 

फिल्म ‘कालोपोथी’का निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएका छन् । कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको छ ।

फिल्म निर्माता किरण नेपाली नुवाकोट क्षेत्र नम्बर २ (२) मा कांग्रेसबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । उनले निर्माण गरेको फिल्म ‘दुई नम्बरी’ प्रदर्शनको तयारीमा छ । 

गायिका शितल शर्मा पनि बाग्लुङ–२(२) को लागि नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन् । 

स्वतन्त्रको लहर

कला क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको संख्या पनि प्रशस्तै छ । फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले पनि काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उत्रिने घोषणा गरेका छन् । उनले राजनीतिक पार्टीबाट नभएर स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडि नै पण्डितले आफू संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए । एमाले नेता गोकुल बास्कोटाको क्षेत्र रहेकै कारण आफू त्यहाँबाट चुनाव लड्न लागेको उनले बताउँदै आएका छन् । 

चर्चित हास्य टेलीशृंखला ‘सक्किगोनी’का ‘सीते बा’ अर्थात् मधुसुदन पाठक काठमाडौंबाट उम्मेदवार बन्ने भएका छन् । उनले काठमाडौं–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार अभियानको तर्फबाट उम्मेदवार बन्न लागेका हुन् । ‘सक्किगोनी’का अर्का चर्चित पात्र ‘जिग्री’ अर्थात् कुमार कट्टेलले झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिने बारेमा आफ्ना निकटस्थहरूसँग छलफल गरिरहेको बताएका छन् । 

कट्टेल झापा–५ कै मतदाता हुन् । ‘देश विकासका लागि केही गर्ने सोच पहिलादेखि नै थियो । चुनाव लड्ने बारे भने साथीहरूसँग छलफल र परामर्श गरिरहेको हो,’ उनले लोकान्तरसँग भने, ‘तर अहिलेसम्म निर्णय लिइसकेको छैन । उम्मेदवार बन्ने कुरा अलिकति सोचेर, तयारी गरेर गर्नुपर्ने हुन्छ । केही दिनमा निर्णय लिनेछु ।’

हास्य टेलिसिरियल ‘भद्रगोल’मा ‘बाहुन डन’को भूमिकामा अभिनय गरेपछि चर्चामा आएका अशोक धितालले पनि आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले निर्वाचन क्षेत्र र अन्य योजनाबारे छिट्टै जानकारी दिने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x