×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

बिहारी शैलीमा जाँदै राजनीति : दीपक मनाङे, चक्रे मिलनदेखि राजु गोर्खालीसम्म सबै उम्मेदवार !

भदौ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारहरूको नाम सिफारिश भइरहेको छ । सम्बन्धित दलका तल्ला कमिटीले धमाधम उम्मेदवारको नाम सिफारिश गरिरहेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

एकातर्फ लामो समय राजनीति गरेका नेताहरूको नाम सिफारिश भएको छ भने अर्कातिर विगतमा आपराधिक पृष्ठभूमिमा जोडिएका ‘गुण्डा नाइके’हरूको नाम पनि सिफारिश भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष गरी सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का तल्ला कमिटीले गुण्डा नाइकेहरूको नाम उम्मेदवारका लागि सिफारिश गरेका छन् ।


Advertisment
Nabil box
Kumari

गुण्डा नाइके पृष्ठभूमिबाट राजनीतिमा आउनेहरूको कुरा गर्दा दीपक मनाङेको नाम सबैभन्दा अगाडि आउँछ । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा मनाङ (ख)बाट वाम गठबन्धनको सहयोगमा विजयी भएका थिए । त्यतिबेला जिताउन एमालेले मुख्य भूमिका खेले पनि मनाङे अहिले कांग्रेसबाट उम्मेदवार सिफारिश भएका छन् । उनी गण्डकी प्रदेश सरकारका खेलकुद मन्त्री समेत छन् । 

Vianet communication
Laxmi Bank

विगतमा ठमेल क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका मनाङे यसअघि पनि कांग्रेस भ्रातृ संगठन तरुण दलसँग जोडिएका थिए ।

उनलाई २०७३ असार १७ गते ठमेलका विभिन्न व्यापारीलाई धम्क्याएको भन्दै संगठित अपराधअन्तर्गत प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

२०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए ।

ठमेलमै हप्ता असुली र कबाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो । मनाङे ठेकेदारहरूसँग पैसा असुलेको, क्रसर व्यवसायीलाई धम्क्याएर सेयर लिएको जस्ता अभियोगमा कैयनपटक पक्राउ परेका थिए । १४ करोड ७३ लाख रुपैयाँ अवैध कमाएको भन्दै उनीविरुद्ध २०७० साल ५ गते सम्पत्ति शुद्धीकरण विभागमा उजुरी समेत परेको थियो ।

अर्का गुण्डा नाइके हुन् राजेन्द्रबहादुर गोर्खाली अर्थात् राजु गोर्खाली । काठमाडौंको कोटेश्वर र चाबहिल क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका उनलाई सिन्धुपाल्चोक कांग्रेसले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिश गरेको छ । उनी २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानेर हत्या गरेको अभियोगमा १० जेल बसेर निस्किएका थिए ।

त्यसपछि उनलाई २०७५ साल माघ २० गते चाबहिल क्षेत्रका व्यापारीको सटर लगाएर हप्ता असूलेको अभियोगमा तत्कालीन महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । त्यस समयमा हालका आईजीपी धीरजप्रताप सिंह महाशाखा प्रमुख थिए ।

अर्का गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेसले उम्मेदवारका रूपमा सिफारिश गरेको छ । विगतमा दीपक मनाङेसँग प्रतिस्पर्धामा रहेका मिलनले काठमाडौंको चक्रपथलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका थिए । मनाङे र चक्रे ग्याङबीच विवाद हुँदा मनाङे ग्याङले उनको हात तरबारले छिनाइदिएको थियो ।

चक्रेलाई २०७५ साल साउन २५ गते विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा १ वर्ष कैद र १ करोड ४० लाख जफत गर्ने आदेश दिएको थियो । त्यो समयमा सम्पत्ति शुद्धीकरण विभागले २७ करोड रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित मुद्दा दायर गरेको थियो ।

अर्का गुण्डा नाइके गणेश लामाको नाम पनि प्रदेशसभाको उम्मेदवारका लागि नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकबाट सिफारिश गरेको छ । कांग्रेसको केन्द्रीय सदस्य समेत भइसकेका लामाको नाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट सिफारिश भएको हो । लामालाई २०७५ साउन २४ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले १ करोड ४० लाख ५० हजार बिगो असुलउपर गरी १ वर्ष कैद सजाय सुनाएको थियो ।

२०७४ फागुनमा गौशालाको पशुपति भिजन होटलमा गोली चलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको साथबाट एक थान पेस्तोल र ६ राउण्ड गोली समेत बरामद भएको थियो । लामा अघिल्लो निर्वाचनमा पनि काभ्रे क्षेत्र १ (ख) बाट उम्मेदवार भएका थिए । उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार चन्द्र लामाले पराजित गरेका थिए ।

दोलखाबाट प्रदेशसभा सदस्यमा नाम सिफारिश भएका अर्का गुण्डा नाइके शुक्र गुरुङ हुन् । उनलाई नेपाली कांग्रेस क्षेत्रीय कमिटीले प्रदेशसभा सदस्यको रूपमा सिफारिश गरेको छ ।

२०७८ फागुन १६ गते दोलखाको भीमेश्वर नगरपालिकाका कांग्रेस नेता नारायण ठकुरीमाथि साङ्घातिक आक्रमण गरेको  अभियोगमा उनीविरुद्ध प्रहरीले ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरेको थियो । उनी ज्यान मुद्दामा लामो समय जेल बसेर फर्किएका थिए । उनमाथि ठेकेदार तथा व्यवसायी अपहरण, असूली धन्दा गर्ने लगायतका आपराधिक क्रियाकलापमा लागेको आरोप छ ।

नेपाली कांग्रेसको सिफारिशमा परेका धादिङका गुण्डा नाइके हुन्, दिनेश तामाङ । दिनेश अधिकारी ‘चरी’को ग्याङका सदस्य रहेका तामाङलाई कांग्रेसले धादिङ क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यको रूपमा नाम सिफारिश गरेको छ । उनलाई चरीको मुख्य सहयोगीको रूपमा लिइन्छ ।

उनलाई प्रहरीले विभिन्न अभियोग पक्राउ गरेको थियो । उनी लागूऔषध चरेस कारोबार गरेको अभियोगमा १ वर्ष जेल बसेर फर्किएका थिए । विदेश जान लागेका महिलाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेससहित पक्राउ परेका थिए । उनीहरूले नै नाम लिएपछि तामाङलाई पक्राउ गरिएको थियो ।

राजमार्ग क्षेत्रमा आपराधिक गतिविधि गरेको आरोप लाग्दै आएका दीपक खतिवडा पनि उम्मेदवारका रूपमा सिफारिश भएका छन् । उनलाई एमालेले धादिङ क्षेत्र नम्बर १ (ख) बाट सिफारिश गरेको छ ।

खतिवडा राजमार्ग क्षेत्रमा गिट्टी बालुवा तस्करी गर्ने गरेको र व्यवसायीलाई धम्क्याएको आरोपमा पटक–पटक प्रहरी खोरमा पुगेका थिए । एमाले निकट युवा संघ धादिङ इञ्चार्ज समेत रहेका खतिवडालाई प्रहरीले २०७८ माघ १३ गते पक्राउ गरेको थियो । उनलाई गजुरी गाउँपालिकाको किराञ्चोकका स्थानीय नानीराम पराजुलीलाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको थियो ।

अर्का गुण्डा नाइके सञ्जय लामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिश भएका छन् । केही महिना अगाडि काठमाडौं उपत्यकाको प्लाटिनम डिस्कोमा पूर्व जर्नेलका छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप उनीमाथि छ ।

यी त केही उदाहरण मात्र हुन् । विगतमा गुण्डागर्दीमा लागेर अपराध कर्म गरेका अधिकांश गुण्डा नाइकेहरू अहिले राजनीतिक यात्रा तय गर्ने होडमा छन् ।

दलले गुण्डालाई राजनीतिमा छिराए : पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले विगतमा आपराधिक गतिविधिमा रहेका व्यक्तिलाई राजनीतिले संरक्षण दिँदा समाजमा नकारात्मक असर पर्ने र संसदप्रतिको विश्वास घट्ने बताए ।

‘आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्तिले समाजमा संसद्प्रतिको विश्वास कहाँ पुर्‍याउला, हामी सहजै अनुमान गर्न सक्छौं,’ डीआईजी ठकुरीले लोकान्तरसँग भने ।

गुण्डागर्दीमा लागेका व्यक्तिहरूलाई राजनीतिमा ल्याउँदा विपक्षी पार्टीलाई दबाब दिन सजिलो हुने, कार्यक्रमहरूमा जनमास देखाउन सजिलो हुने र आर्थिक गतिविधिमा मद्दत पुग्ने भएकाले दलहरूले संरक्षण गरेको उनको आरोप छ ।

यसले गुण्डागर्दी गरेर आर्थिक हैसियत बनाएपछि राजनीतिक संरक्षण पाइन्छ भन्ने मनोवृत्ति निर्माणमा भूमिका खेलिरहेको छ । विगतमा भारतको बिहारमा राजनीतिक अपराधमा लागेका व्यक्तिहरूले गर्दा कानून पालना र विकासमा असर परेको उदाहरण दिँदै मल्लले भने, ‘हिजो बिहारको अवस्था त्यस्तै थियो । त्यसले कति दण्डहीनता ल्यायो हामीले देखेकै हौ । नेपालमा दण्डहीनतालाई राजनीतिक दलले प्रश्रय दिएको प्रस्टै बुझ्न सकिन्छ ।’

बिहारी शैलीको विकृति मौलायोः अधिवक्ता मुरारी सापकोटा

नेपालको कानूनले आपराधिक गतिविधिको अभियोग लागेका व्यक्तिउपर अन्तिम फैसला नभएसम्म जेलबाट पनि राजनीतिक गतिविधिमा भाग लिन छूट दिएको छ । त्यसलाई देखाएर गम्भीर खालका अपराध गरेकाहरू पनि विगतमा सांसद भएको र अहिले पनि उम्मेदवार बनाउने होड देखिएको अधिवक्ता मुरारी सापकोटाले बताए ।

‘नेपालमा बिहारी शैलीको राजनीति मौलायो । यसले देशलाई कतातिर लैजाँदै छ भन्ने देखाउँछ,’ अधिवक्ता सापकोटाले भने, ‘आपराधिक गतिविधिमा संलग्न भएर आएको व्यक्ति कानून निमार्ण गर्ने तहमा पुगेपछि कस्तो कानून निर्माण होला ?’

आपराधिक पृष्ठभूमिका व्यक्तिलाई राजनीतिमा आउन नदिन कडा कानून बनाउनुपर्ने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x