×

NMB BANK
NIC ASIA

चुनावी तालमेल

सिट बाँडफाँटको टुंगो लगाउँदै एमाले, जहाँ जीत अनिश्चित त्यहाँ तालमेल

भदौ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनमा आमरूपमा सत्तारूढ गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धाजस्तो देखिन्छ । तर, एमालेले भने आगामी चुनावमा सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेका साना दलहरूलाई समेटेर चुनावमा जाने तयारी गरिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने मिति नजिकिएको छ । असोज २ र ३ गते निर्वाचन आयोगमा बन्द सूची बुझाउनुपर्छ । त्यसअघि नै प्रत्यक्षतर्फ सिट बाँडफाँटको काम टुंगो लगाउने प्रयासमा साना दलहरू छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता प्रगतिशील पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दललगायतका दलहरूले सहकार्यको प्रस्ताव गरेका छन् । 


Advertisment
Nabil box
Kumari

साना दलका नेताहरूले एमाले नेतृत्वसँग चुनावी सहकार्यका लागि केही चरण छलफल पनि गरिसकेका छन् । सत्ता गठबन्धनसँग चुनावी सहकार्यको मनस्थितिमा रहेको लोसपाका नेताहरू बालुवाटार छाडेर चुनावी सहकार्यका लागि बालकोट धाउन थालेका छन् । 

Vianet communication
Laxmi Bank

भदौ २३ गते एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरका बीचमा भएको भेटमा दुई पार्टीले चुनावी सहकार्य गर्नेबारे मौखिक सहमति भएको छ । लोसपाले एमालेसँग कुल १९ सिटमा दाबी गरेको छ । तर, सिट बाँडफाँटमा भने सहमति भइसकेको छैन । 

मधेशमा तुलनात्मकरूपमा कमजोर रहेको एमालेले मधेश केन्द्रित दललाई चुनावी सहकार्यका लागि प्राथमिकतामा राखेको छ । लोसपाले माग गरेको सिटबारे छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए । 

‘उहाँहरूले एउटा संख्या भन्नुभएको छ । कति सिटमा सहकार्य गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । केही दिनमा त्यसबारे टुंगोमा पुग्छौँ’, एमालेको केन्द्रीय सचिवालयका एक नेताले भने । सिट बाँडफाँटका लागि एमालेका दोस्रो तहका नेताहरू र लोसपाका नेताहरू अनौपचारिक छलफलमा रहेको एमालेका नेताहरूले बताएका छन् ।

एमालले निर्वाचनमा जुन पार्टीसँग मिल्दा पारस्पारिक लाभ हुन्छ त्यससँग चुनावी तालमेल गर्ने रणनीति बनाएको छ । 

चुनावकै लागि भनेर गठबन्धन नबनाउने तर, तालमेलका बारेमा सधैँ खुला रहेको एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए । 

एमालेका महासचिव शंकर पोखेरल भन्छन्, ‘कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेका छैनौँ । चुनावी तालमेलको कुरा गरेका हौँ । जहाँसम्म देशभक्त, प्रगतिशील र वापमन्थीहरूको ध्रुवीकरणको कुरा भनेको राजनीतिक ध्रुवीकरणको कुरा हो । गठबन्धनको कुरा होइन ।’ 

चुनावी तालमेलको क्रममा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँग २० सिट मागेको छ । तर, एमाले राप्रपाको मागेको सबै सिट दिने पक्षमा छैन । 

२०७४ सालको चुनावमा राप्रपाले एमालेको सहयोगमा प्रत्यक्षतर्फ झापाको एउटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ बाट विजयी भएका थिए । तर, आगामी चुनावबाट भने राप्रपाले संसदका उपस्थिति बढाउने बताएको छ । 

आइतवार सम्पन्न भएको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङदेनले एमालेसँग चुनावी सहकार्यको छलफल जारी रहेको जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए । 

‘प्रतिनिधि सभा र प्रदेश सभामा एमालेसँग तालमेल गर्ने बारेको छलफल अन्तिम चरणमा छ । अब २–३ दिनमा निर्णय हुन्छ’, लिङदेनले बैठकमा गराएको जानकारी उदृत गर्दै एक नेताले भने, ‘एमालेसँग हामीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति जुटे पनि व्यवहारिक रूपमा सहमति हुन बाँकी थियो, त्यो पनि अब निर्णय उन्मुख छ ।’

राप्रपाले मागेजति सिट एमालेले नदिने जानकारी पाएका राप्रपाका नेताहरू केही लचक भएर भए पनि चुनावी तालमेल गर्ने मनस्थितिमा छन् ।

२०७४ को चुनावमा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसक्दा राष्ट्रिय दल बन्न नसकेको राप्रपाले यस पटक भने कुनै पनि हालतमा थ्रेस–होल्ड कटाउने तयारी गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कम्तीमा १ र समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ ।

गत स्थानीय तहको चुनावमा प्राप्त मतलाई हेर्दा पनि ‘थ्रेस होल्ड’ कट्ने अवस्था रहेको भन्दै राप्रपाका नेताहरू उत्साही छन् । चुनावमा एमालेसँग तालमेल नबिग्रियोस भन्नेमा पनि उनीहरू उत्तिकै सजग देखिन्छन् । 

राप्रपाका एक पदाधिकारी भन्छन्, ‘चुनावी तालमेलको बारेमा बोल्दा असाध्यै ध्यान दिएर बोल्न अध्यक्षले निर्देशन दिनुभएको छ । तालमेलको वातावरण नबिथोलियोस् भन्नेमा उहाँको ध्यान छ ।’  

भदौ १९ को संसद बैठकलाई सम्बोधन गरेर संसदबाट राजीनामा घोषणा गरेका लिङदेनले त्यसदिन भनेका थिए, ‘आउने चुनावमा पार्टीको राम्रो हैसियत बनाउनको लागि पनि जनतामा जाँदैछौँ । अब संसदमा म एक्लै आउने छैन, बलियो शक्तिको रूपमा आउने छौँ ।’

राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा ३ प्रतिशत मत कटाएर मात्रै हुँदैन । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा भनिएको छ, ‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलकोरूपमा मान्यता प्राप्त गर्नेछ ।’ 

अहिले राप्रपा अध्यक्ष लिङ्देन आफ्नो पार्टीलाई राष्ट्रिय दलकोरूपमा स्थापित गर्ने प्रयासमा छन् ।

एमालेसँग सहकार्य गरेर चुनाव लड्ने तयारी राप्रपा नेपाल पनि छ । पार्टी अध्यक्षको चुनावमा पराजित भएपछि राप्रपा नेपाल ब्यूँताएर नयाँ पार्टी बनाएका कमल थापाले एमालेसँग चुनावी सहकार्य गर्ने तयारी गरेका छन् । 

राप्रपा नेपालले एमालेसँग ८ सिटमा दाबी गरेको छ । तर, एमालेले भने राप्रपा नेपाललाई मकवानपुरमा १ सिटमा सघाउन सक्ने सम्भावना रहेको बताएको छ ।

राप्रपा नेपालले मकवानपुर, काठमाडौं, बाँके, झापा र कञ्चनपुरमा एमालेसँग टिकटको दाबी गरिरहेको छ । सुनसरी र मोरङमध्ये एक क्षेत्र, काठमाडौंमा २, ६ र ८ मध्ये एउटा सिट एमालेसँग दाबी गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । चुनाव सहकार्यका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको उनले जानकारी दिए । 

एमालेले भने सानादलहरू आफ्नो उम्मेदवार कमजोर भएको ठाउँमा सघाउने रणनीति बनाएको छ ।

एमालेका एक नेता भन्छन्, ‘चुनावी तालमेलमा आउने दलका केही शीर्ष नेताहरूको निर्वाचन क्षेत्रमा सघाउनु ठूलो कुरा भएन । हामीले जित्ने ठाउँ साना दललाई छाड्ने अवस्था हुँदैन ।’

एमालेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाललगायतका नेताहरूले चुनावी तालमेलको प्रस्ताव गरेका साना दलका नेताहरूसँग संवाद गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x