×

NMB BANK
NIC ASIA

अन्तर्संघर्ष

माओवादीलाई काखी च्यापेकोप्रति शेखर पक्षको असन्तुष्टि, सिध्याउन खोजेपछि विद्रोहको चेतावनी

शेखर पक्षका नेताको निर्वाचन क्षेत्र गठबन्धनका दललाई छाडिदिने चिन्ता

भदौ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको रस्साकस्सी चलिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका ५ दलका नेताहरू जसरी गरमागरम बहस गरिरहेका छन्, त्योभन्दा चर्को झगडा कांग्रेसभित्रै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको नेतृत्वमा संस्थापन पक्ष र डा. शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्ष छ । कांग्रेसमा २ समूहबीच लडाइँ छ । संस्थापन पक्षले कोइराला खेमालाई सकेसम्म पेलेर जाने नीति लिएको छ । त्यसको स्पष्ट झल्को सिट बाँडफाँटको क्रममा गठबन्धनभित्र हुने छलफलमै देखिने गरेको कांग्रेसका नेताहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला समूहलाई देउवाले पार्टीमा ठूलो ठाउँ दिन चाहिरहेका छैनन् तर कोइरालालाई समर्थन गरेका गगनकुमार थापा पार्टी महामन्त्री निर्वाचित भएका कारण देउवाले उनलाई सबै मोर्चामा बाइपास गर्न सकेका छैनन् । 

Vianet communication
Laxmi Bank

अहिले सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा देउवाले आफ्नो पक्षका कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीसहित महामन्त्री थापालाई पनि सदस्य बनाएका छन् ।

कांग्रेसमा कोइराला समूहले आगामी चुनावमा कांग्रेसले कम्तीमा १०० सिटमा उम्मेदवारी दिनुपर्ने र गठबन्धनमा सोही अनुसार तालमेलको सहमति बनाउनुपर्ने दबाब दिइरहेको छ । महामन्त्री थापा पनि कांग्रेसमा १०० सिटमै उम्मेदवारी दिनुपर्ने पक्षमा छन् । उनले गठबन्धनको बैठकमा पनि सोही अनुसारको कुरा राख्ने गरेका छन् ।

कांग्रेसले पाउने सिट जति कम भयो, त्यति कोइराला पक्षका नेताहरू नै उम्मेदवार बन्न वञ्चित हुने भएकाले उनीहरूले धेरै सिटमा उम्मेदवारी दिनुपर्ने कुरा गरिरहेका छन् तर देउवा पक्षका सिटौला र कार्की भने गठबन्धन कार्यदलको बैठकमा कोइराला खेमालाई पेल्ने गरी प्रस्तुत हुने गरेको जानकारी आफूहरूले पाएको कांग्रेसका नेताहरू बताउँछन् । 

‘कोइराला खेमामा रहेका नेता उम्मेदवार हुने निर्वाचन क्षेत्र गठबन्धनमा रहेका दललाई दिन तयार हुने तर संस्थापन खेमाका नेताहरू उम्मेदवार हुने निर्वाचन क्षेत्रमा अड्डी कसेर बस्ने अवस्था देखिएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने । 

अहिले निर्वाचन क्षेत्र बाँडफाँट गर्दा नै इतर खेमाका नेताको निर्वाचन क्षेत्र अर्को पार्टीलाई दिएपछि पार्टीमा टिकट पाउने अवस्था नै बाँकी नरहने चिन्तामा संस्थापनइतर खेमाका नेताहरू छन् ।

गठबन्धनमा सिट बाँडफाँटको विषय टुंगोमा नपुग्दै संस्थापनइतर पक्षका नेताको निर्वाचन क्षेत्रमा अर्को पार्टीको नेताले टिकट पाउने हल्ला चलाएर हतोत्साहित गर्ने गरिएको कांग्रेसका नेताहरूले गुनासो गर्न थालेका छन् ।

झापामा प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर २ मा कांग्रेस नेत्री सरिता प्रसाई उम्मेदवार हुँदै आएको क्षेत्र हो । प्रसाई कांग्रेसमा कोइराला पक्षधर नेत्री हुन् । अब गठबन्धनमा त्यो क्षेत्र माओवादी केन्द्रलाई दिने गरी छलफल भइरहेको छ । माओवादी केन्द्रबाट झापा–२ मा धर्मशिला चापागाईं उम्मेदवार बन्ने चर्चा छ । 

‘हामी शेखर कोइरालाको घरमा एउटा बैठकमा बसिरहेका थियौं । झापा–२ माओवादी केन्द्रलाई दिइयो भन्ने हल्ला चलाइएछ । धर्मशीला चापागाईंले मलाई चुनावी तयारी गर्नु भन्ने निर्देशन आयो, तयारी थाल्नुपर्‍यो भनेर साथीहरूसँग छलफल गर्नुभएछ । हामी बैठकमै हुँदा झापाबाट यहाँ त यस्तो भनिरहेका छन् भनेर फोन आयो,’ कोइराला पक्षका एक नेताले भने । 

गठबन्धनमा छलफलमा रहेका नेताहरूसँग बुझ्दा भने झापा–१ मा विश्वप्रकाश शर्मालाई उम्मेदवार बनाउनका लागि झापा–२ माओवादीलाई छाड्नुपर्ने अवस्था आएको भन्ने तर्क गरिएको उनले बताए ।

२०७४ सालको चुनावमा झापा–१ बाट माओवादी केन्द्रका राम कार्कीले शर्मालाई पराजित गरेका थिए । अहिले शर्मा कांग्रेसको महामन्त्री छन् । गठबन्धनमा २०७४ सालको चुनावमा जुन निर्वाचन क्षेत्रमा जसले जितेको हो, उही पार्टीले उम्मेदवार उठाउने मापदण्ड बनेको छ । त्यस्तो अवस्थामा झापा–१ माओवादी केन्द्रले पाउँछ तर विश्वप्रकाश शर्मालाई उम्मेदवार बनाउनका लागि संस्थापनइतर खेमाको नेत्री उम्मेदवार हुने ठाउँमा माओवादी केन्द्रलाई छाड्न लागिएको डा. कोइराला निकट नेताले बताए ।

कांग्रेसको कोइराला पक्षले भोजपुरमा पनि कांग्रेसकै उम्मेदवार हुनुपर्ने दाबी गरिरहेको छ । त्यो उमेशजङ्ग रायमाझी उम्मेदवार हुने क्षेत्र हो । रायमाझी कोइराला पक्षका नेता हुन् । २०७४ सालको चुनावमा भोजपुरबाट माओवादी केन्द्रका सुदन किँरातीले चुनाव जितेका थिए । सोही आधारमा यसपटक पनि भोजपुरमा माओवादी केन्द्रले नै दाबी गरेको छ । भोजपुर कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा पनि कोइराला पक्षकै नेता हुन् ।

सोलुखुम्बुमा टिकटका एकल दाबेदार हुँदै आएका बलबहादुर केसी समानुपातिक उम्मेदवार सिफारिस भएका छन् । उनी समानुपातिकमा जाँदा कांग्रेसका अर्का नेताले उम्मेदवार बन्न पाउनुपर्ने कोइराला पक्षको माग छ तर गठबन्धनमा भने सोलुखुम्बु माओवादी केन्द्रलाई दिने गरी छलफल भइरहेको छ । 

‘सोलुखुम्बुमा कांग्रेस पहिलो र माओवादी तेस्रो पार्टी हो । त्यहाँ हामीले उम्मेदवार पाउनुपर्ने हो तर गठबन्धनमा माओवादीलाई छाड्ने गरी छलफल भइरहेको छ,’ कांग्रेसका एक नेताले भने । कांग्रेसमा देउवाइतर खेमाको उम्मेदवार हुनसक्ने भएकै कारण माओवादीलाई छाड्न लागिएको कोइराला पक्षका नेताहरूको तर्क छ । २०७४ सालको चुनावमा भने एमालेको सहयोगमा माओवादी केन्द्रका हेमकुमार राईले चुनाव जितेका थिए ।

उता मोरङ–२ मा २०७४ सालको चुनावमा डा. मिनेन्द्र रिजालले चुनाव जितेका थिए । यसपटक उक्त क्षेत्रबाट रिजालसँगै सुजाता कोइरालाको पनि नाम सिफारिस भएको छ । रिजाल कांग्रेसमा संस्थापनइतर खेमामा छन् । त्यसो हुँदा देउवाले अन्तिममा रिजाललाई टिकट नदिएर सुजाता कोइरालालाई अघि सार्न सक्ने डरमा संस्थापनइतर नेताहरू छन् ।
 
गठबन्धनको कार्यदलमा भएको छलफलबारे जानकार कांग्रेसका एक नेता भन्छन्, ‘धादिङको विषयमा कुरा हुँदा हाम्रै नेताहरू त्यो त दीलमान पाख्रिनको जिल्ला हो भन्छन् । छलफल त्यहाँबाट शुरू हुन्छ । सोलुखुम्बु, भोजपुरको बारेमा कुरा भयो भने त्यहाँ त माओवादी केन्द्रले जितेको छ भन्ने कुरा गर्छन् ।’ पाख्रिन कांग्रेसमा देउवा निकटका नेता हुन् । उनी २०७४ सालको चुनावअघि कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री बनेका थिए । 

गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा संस्थापन खेमाका नेताहरूको उम्मेदवारी सुरक्षित गर्ने र कोइराला पक्षका नेताहरूको निर्वाचन क्षेत्रको बारेमा मौन रहने अवस्था बुझेपछि शेखर कोइरालाले कांग्रेसले १०० सिटभन्दा तल सहमति गरेको अवस्थामा कांग्रेसभित्रै विद्रोह शुरू हुने बताउन थालेका छन् ।

भदौ २३ गते जनकपुर पुगेर कोइरालाले कांग्रेसले आगामी चुनावमा प्रतिनिधि सभाका १०० सिट नपाए विद्रोह हुने अभिव्यक्ति दिएका थिए । उनले सोही अभिव्यक्ति भदौ २६ गते विराटनगरमा दोहोर्‍याए । कांग्रेसले कम सिट लिँदा आफू पक्षका नेताहरूलाई उम्मेदवार हुनबाट वञ्चित गराउने त्रासमा कोइराला छन् । सोही कारण कोइरालाले कांग्रेसले कम्तीमा १०० सिट लिनुपर्ने, नभए कांग्रेस एक्लै चुनावमा जानुपर्ने तर्क गरिरहेका छन् । 

जनकपुरमा उनले भनेका थिए, ‘कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा नै उम्मेदवारी दिँदा पनि सबैको चित्त बुझाउन सक्ने अवस्था छैन । १०० सिट पनि लिएनौं भने पार्टीमा विद्रोहको अवस्था आउँछ ।’

त्यसबेला उनले भनेका थिए, ‘पार्टीले एकल बहुमत ल्याउन गठबन्धन गर्ने हो । ५ वर्ष स्थायी सरकार दिन्छौं भनेका छौं । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अप्ठ्यारो पार्छ । बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन ।’

गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा भएको छलफलकै विषयलाई लिएर पछिल्लो समय कांग्रेसका नेताहरूबीच अविश्वास चुलिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x