×

NMB BANK
NIC ASIA

टीआरसी विधेयकमा सहमति जुटाउन टोली गठन, आजै समितिबाट विधेयक टुंगो लगाउने प्रयास

भदौ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयकमा देखिएका विवाद आजै समाधान गर्नका लागि कानुन, न्याय तथा मानवअधिकार समितिले टोली गठन गरेको छ । 

Muktinath Bank

बुधबार बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका बारेमा सहमति जुटाउनका लागि विशेष टोली गठन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसरी गठन गरेको टोलीमा शेरबहादुर तामाङ, विमला विक, लक्ष्मण लाल कर्ण, मीनबहादुर विश्वकर्मा, अतहर कमाल मुसलमान, देव गुरुङ र वर्षमान पुन छन् । 


Advertisment
Nabil box
Kumari

आजै दिउँसो २ बजे समितिको बैठक बस्ने र सबै दलको सहमति जुटाएर प्रतिवेदन तयार गर्ने सहमति भएको समितिका सदस्यहरुले बताएका छन् । 

Vianet communication
Laxmi Bank

त्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल हुने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि  कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुन गएका थिए ।

बैठकमा सहभागी भएर प्रचण्डले समितिले सहमितका साथ विधेयक टुंगो लगाउनुपर्ने बताएका थिए । 

उनले बैठकमा भनेका थिए, ‘हामीले सहमतिका साथ टुंग्यायौं भन्दा जाने सन्देश एउटा हुन्छ । सहमति हुन सकेन वा अल्पमत बहुमत गरेर टुंग्यायौं भन्दा जाने सन्देश अर्को हुन्छ ।’ त्यसैगरी, प्रचण्ड मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न पनि सहमत भएका छन् ।

सरकारले प्रतिनिधि सभाको कार्यकाल सकिनु अघि नै सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ । त्यसका लागि आजै विधेयक समितिबाट पास गरेर संसदमा लैजाने सरकारको तयारी थियो । तर, आज सम्भव नहुने भएपछि बिहीबार संसदको बैठक राख्ने त्यहाँ विधेयक पेश गर्ने तयारी सत्तारूढ गठबन्धनमा रहेका दलहरुको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x