चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा उपस्थित नहुने भएका छन् ।
बुधबार सर्वोच्च अदालतमा बसेको फूल कोर्ट बैठकबाट न्यायाधीशहरूले समितिमा उपस्थित हुनु संविधान सम्मत, उचित र शोभनीय नहुने भन्दै अनुपस्थित हुने निर्णय गरेका छन् ।
न्यायाधीशहरूले समितिमा उपस्थित हुन नसक्नुमा स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरू विपरीत हुने ३ कारण देखाएका छन् ।
फूल कोर्टको निर्णयमा भनिएको छ, ‘महाभियोग सम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधान सम्मत, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रअनुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही व्यहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने ।’
प्रक्रियामा सामेल हुने कुरा स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र संवैधानिक मूल्य, मान्यता अनुकुल हुँदैन भनेर समितिमा उपस्थित नहुने निर्णय गरेका हौ’, एक न्यायाधीशले भने ।
फूलकोर्ट बैठकमा प्रकाशमान सिंह राउत अस्वस्थ भएका कारणले अनुपस्थित थिए । उनी बाहेक सबै न्यायाधीशहरू फूल कोर्ट बैठकमा उपस्थित भएका थिए ।
समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, बहालवाला न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, प्रकाशमानसिंह राउत, हरिप्रसाद फुयाललाई छलफलका बिहीबार विहान साढे ८ बजे समितिमा उपस्थित हुन बुधबार नै पत्र पठाएको थियो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोगको प्रतिरक्षा गर्ने क्रममा ती न्यायाधीशहरूमाथि विभिन्न आरोप लगाएर नाम लिएका थिए ।
न्यायाधीहरूले संसदीय समितिलाई पठाएकाे पत्र
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...