×

NMB BANK
NIC ASIA

जनमत

आमचुनावमा कस्ता नेता र पार्टीलाई भोट दिने ?

भदौ ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • भरत गौतम

लोकतन्त्रको मूल्यमान्यता स्थापित गराउने आधार नै आमनिर्वाचन हो । जनताको अपेक्षा र शासकीय प्रभावकारिता बीचमा सन्तुलन कायम गरी जीवनस्तर सुधार गर्न लोकतन्त्रले दिशानिर्देश गर्दछ । जनताले भाबी शासकीय खाकासहित प्रतिनिधि छनोट गर्ने अवसर निर्वाचनबाट प्राप्त हुन्छ । जनता र राजनीति बीचको असल सम्बन्धबाट विकास र रूपान्तरण हुने हुँदा निर्वाचनले असल शासनका लागि पूर्वाधार बनाउन प्रतिनिधित्व सिद्धान्तमा जोड दिएको छ । राजनीतिको प्रभावकारिता जाँच्ने समय पनि भएकाले चुनावको समयमा जनतालाई ठूलो शक्तिको रूपमा हेरिएको हुन्छ । जनताले निर्वाचनको समयलाई उपेक्षा गरेमा त्यसको परिणामको प्रभाव जनतामै पर्दछ ।

Muktinath Bank

विश्व परिवेशलाई हेर्दा लोकतन्त्रको अनुभूति जनताको सम्प्रभूताका आधारमा तय हुने र जनताको शासकीय आधार जनताले नै तय गर्ने गरेको पाइन्छ । जनमतबाट अनुमोदित सरकारको भाबी रणनीति सहितको शासकीय शैलीबाट मात्र लोकतन्त्र दीगो र बलियो भएको देखिन्छ । विधिको शासन, नैतिक तथा उत्तरदायी नेतृत्व, सदाचार व्यवहार र पारदर्शी शासन  नै लोकतन्त्रका मूल्य–मान्यताको रूपमा हेरिएको छ । लोकतन्त्रको मूल्य–मान्यतामा जोखिम हुने अवस्था आएमा जनताले अर्को विकल्प छान्न पाउने अवसर हुने हुँदा विगतको कार्यसम्पादन र भाबी शासकीय सोचका आधारमा वैकल्पिक व्यवस्थाको स्वीकार गरिएको हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा लोकतन्त्रको अभ्यास विक्रम संवत् २००७ सालपछि भएको हो । राजनीतिका वैकल्पिक आधारहरू तय हुन नसकेको अवस्था र लोकतन्त्रप्रति जनताको सोच र धारणा विकसित भई नसकेको अवस्थामा स्वार्थको घेराबन्दीका  कारण २००७ सालको परिवर्तन संस्थागत हुन सकेन । नेपालीले विक्रम संवत् २०१५ सालमा पहिलो पटक जनमतको उपयोग गरेका थिए तर जनमतलाई टिकाउन सकिएन । 


Advertisment
Nabil box
Kumari

पञ्चायतकालमा जनमत संग्रहसहित चुनावहरू भए पनि जनप्रतिनिधिको चयन जनस्तरबाट भएन र ३० वर्षमा पञ्चायती व्यवस्था समेत पतन भयो । विक्रम संवत् २०४६ सालमा पुनः बहुदलीय व्यवस्थाको शासन शुरू भयो । आवधिक निर्वाचनबाट जनप्रतिनिधि छान्ने र शासकीय भूमिका तय गर्ने प्रक्रियाहरू शुरू भए । आवधिक समयसम्म निर्वाचित जनमतको शासन पटक–पटकको संसद विघटन र मध्यावधि चुनावका कारण सफल देखिएन । जनतामा असन्तुष्टि बढ्न थाल्यो, हत्या हिंंसाको राजनीतिले प्रशय पायो । हिंंसाको राजनीति समाप्त भएपछि पनि राजनीतिले परिपक्व शासकीय गोरेटो बनाउन सकेको छैन ।

Vianet communication
Laxmi Bank

नेपालको लोकतन्त्र कमजोर हुनुमा प्रमुख आरोप राजनीतिक दलप्रति लाग्ने गरेको छ । राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थमा राजनीतिक आचरण मौलायो । दलीय स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थमा राजनीतिक भूमिका बढी देखिन थाल्यो । राष्ट्रको हितभन्दा व्यक्तिगत हितमा राजनीतिले दिशाबोध गर्न थालेपछि जनमतको कदर गर्ने र जनतासँगको  प्रतिबद्धताले सार्थकता पाउन सकेन । राजनीतिको प्रभावकारिता कमजोर हुँदै जान थाल्यो र अराजकताको प्रभाव देखिन थाल्यो । राजनीतिलाई जनस्वार्थमा बदल्न जनताको पनि कमी–कमजोरी देखिए । निर्वाचनको बेला सक्रिय नहुने र भए पनि व्यक्तिगत स्वार्थमा रमाउने, राजनीतिक सोच र व्यवहारको मूल्यांकन गर्न नसक्ने र प्रलोभनमा पर्ने, राजनीतिक सुधार गर्न आफ्नो भूमिकाको ख्याल नगर्ने, अन्धभक्त भई राजनीतिक अधिकारको उपयोग गर्ने, जनप्रतिनिधिको विगतको भूमिका र राजनीतिक दलको क्रियाकलापका विषयमा बहस पैरवी गर्न नसक्ने वा नचाहने, राजनीतिको आपराधिकीकरणमा सचेत र सजक नहुने, साक्षर हुन नसकेका जनतामा सीमित स्वार्थमा जनमतको उपयोग गर्ने, डनवाद र धनवादको राजनीतिक प्रभावमा पर्ने, राजनीतिमा आएका नयाँ तौरतरिकामा ध्यान नदिने, राजनीतिक उत्तरदायित्व, पारदर्शिता, असल आचरणका विषयमा ख्याल नगर्ने आदि जनताका कमजोर अवस्था देखिए । समयमा विवेक प्रयोग नगर्ने तर चुनावपछि पछुताउने, राजनीतिक दल र नेतालाई गाली गर्ने र दोष थोपर्ने जस्ता व्यवहार जनतामा यद्यपि छन् ।

आवधिक निर्वाचनले नै भोलिको शासकीय शैलीको निर्धारण गर्ने कार्य दिशानिर्देश गर्ने र जनउत्तरदायी शासन पद्धतिको पक्षपोषण गर्ने हो । यसका लागि शासकीय संयन्त्रको कुशल परिचालन गर्न मुख्यतः समन्यायिक र दीगो विकास, जलवायु परिर्वतनको न्यूनीकरण, सन्तुलित विकास, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध र जीवनस्तर सुधार जस्ता रणनीति तय गर्नुपर्ने हुन्छ । जनताको अपेक्षाको सम्बोधन गर्न राज्य संयन्त्रको परिचालन र स्रोतसाधनको व्यवस्थापनको सोचसहित अग्रसर हुनुपर्छ ।

यी यावत पद्धतिको समग्र सोच र तत्परताका लागि स्वच्छ, निष्पक्ष र निर्भिकताबाट कुशल प्रतिनिधित्व गराई असल शासन बनाउन निर्वाचन ठूलो अवसर हो । राज्यको हितमा जनहितको संयोजन गरी समग्र शासनको सुधार गर्न तथा विकृत राजनीतिक क्रियाकलापको प्रभाव रोक्न पनि निर्वाचन मुख्य अवसर हो ।

निर्वाचनको असल अभ्यासबाट राज्यको शासन व्यवस्था उत्कृष्ट बनाउन राजनीतिको मुख्य भूमिका रहन्छ । राजनीतिले इमान्दार, उत्तरदायी र सदाचारयुक्त प्रतिनिधित्वको छनोट गर्ने अवसर जनतालाई दिनुपर्छ । राम्रो प्रतिनिधि जनताको सेवाका लागि जिम्मेवारी दिँदा राजनीतिक दलप्रति जनविश्वास बढ्ने र दलीय भविष्य राम्रो हुन्छ । निर्वाचन भड्किलो हुन नदिई भविष्यको खाकासहित उत्तरदायी र सदाचारयुक्त प्रतिनिधित्वको सुनिश्चितता राजनीतिक दलले गर्नुपर्छ । राजनीतिमा आपराधिकीकरणप्रति शून्य सहनशीलता अपनाउन योग्य, सक्षम र परिणाममुखी कार्ययोजनासहित प्रतिनिधित्व गर्ने अवसर दिनु आवश्यक देखिन्छ ।

जनतामा राजनीतिक चेतना र जागरण ल्याउन र शासकीय सुधार गर्न राजनीतिले मुख्य जिम्मेवारी लिनुपर्छ । जनताको अपेक्षा र शासकीय तत्परताबीच तालमेल मिलाउन राजनीतिक प्रतिबद्धतासहित विगतका क्रियाकलापको समीक्षा गर्ने, गल्ती कमी–कमजोरी सुधार गरी भाबी दिनका लागि प्रखर नेतृत्व दिने विश्वास जनतामा जगाउनु राजनीतिक दायित्व पनि हो ।

जनताले आमचुनावबाट आफ्नो भविष्य निर्धारण गर्न सजक र सक्रिय भई शासनको पूर्वाधार बनाउन सचेत हुनुपर्ने देखिन्छ । निर्वाचनमा क्षणिक प्रभावमा नपरी दीर्घकालीन हितका लागि स्वच्छ, धाँधलीरहित र निर्भिक रूपमा जनप्रतिनिधि छान्ने वातावरण बनाउन जोड दिने र गलत तौरतरिकाको खुलेरै विरोध गर्ने साहस जनताले देखाउनुपर्छ ।

आमनिर्वाचनमा राजनीतिक दल र नेतृत्वलाई सुधार गर्ने अवसरको पूर्ण उपयोग गर्नुपर्ने हुन्छ । राम्रो दल र प्रतिनिधिको छनोट गर्न डर, धाकधम्कीको सामना गर्नुपर्ने पनि हुनसक्छ । गिजोलिएको र धमिलिएको राजनीतिलाई सफाइ गर्न आमनिर्वाचन महत्त्वपूर्ण अवसर भएकाले खराब र गलत क्रियाकलापको सफाया गरी शासकीय प्रभावकारिता बढाउन सकिन्छ । जनताले राजनीति र नेताको क्रियाकलापमा सधैं आलोचना गरी समय खेर फाल्ने र समयमा आफ्नो दायित्व पूरा गर्न होशियारी नहुँदा शासकीय भूमिका कमजोर देखियो । जनताको सार्वभौम अधिकारको प्रयोग गर्न सक्षमता नहुँदा लोकतन्त्र कमजोर देखियो र बेथिति बढ्न थाल्यो । राजनीति र जनताबीच शासनको प्रभावकारिताले मात्र असल सम्बन्ध बनाउँछ भन्ने भावनाको कदर भएन । शासनलाई प्रभावकारी बनाउन जनता सक्रिय हुने र राजनीति सुधार गरी शासकीय पूर्वाधार दीगो बनाउन निर्वाचनको सही सदुपयोगको खाँचो देखियो ।

सुशासनबाट आर्थिक र सामाजिक विकास गरी जनताको आवश्यकता सम्बोधन गर्न तथा असल शासन प्रणाली स्थापित गर्न राजनीतिक भूमिका महत्त्वपूर्ण छ । राजनीतिले शासकीय नेतृत्व गरी अरु मुख्य शासकीय सहयात्री निजी क्षेत्र, संघसंस्था, नागरिक समाजको परिचालन र अन्तर्राष्ट्रिय सम्बन्धबाट देशको समृद्धि हासिल गर्ने हो । राजनीतिलाई नेतृत्व गर्ने अवसर जनताको जनमतबाट मात्र प्राप्त हुने हुँदा निर्वाचन जनताको महत्त्वपूर्ण शासकीय पूर्वाधार बनाउने अवसर हो । राजनीतिलाई सही दिशानिर्देश गर्ने समय पनि आमनिर्वाचन नै हो ।

राजनीतिलाई शुद्धीकरण गर्न जनता सजक र सचेत भई आवधिक निर्वाचनमा सक्रियता देखाउनुपर्छ । राजनीतिले जनतालाई केन्द्रविन्दु बनाई उत्तरदायी र सदाचार प्रतिनिधित्व पाउने अवसर दिनुपर्छ भने जनताले स्वच्छ, निष्पक्ष र निर्भिकता साथ आमनिर्वाचनको उपयोग गरी आफ्नो नेतृत्व छान्न अग्रसर हुनुपर्छ । यी सबै प्रक्रियाले भोलिको शासकीय भविष्यको पूर्वाधार निर्धारण गर्नेछ । जनताले निर्वाचनको सही उपयोग गर्न सके शासकीय आधार बलियो र दीगो हुन्छ । उत्तरदायी र सदाचारयुक्त शासनका लागि जनताले निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नैपर्छ । निर्वाचनमा भड्किलोपनलाई निरुत्साहित गर्ने, लोभ, डर धाकधम्कीको सामना गर्ने, जानेर–बुझेर मतदान गर्ने, मतको दुरुपयोग हुन नदिने जस्ता विषयमा जनताले विशेष ध्यान दिनु आवश्यक छ । लोकतन्त्रको अभ्यासले जनताको शासकीय सुधार गर्न विकल्पहरूको अवसर दिने हुँदा असल विकल्पको छनोट गरी शासकीय पूर्वाधार बनाउन निर्वाचनको महत्त्वपूर्ण भूमिका रहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x