×

NMB BANK
NIC ASIA

बाढी पहिराेकाे प्रकाेप

सुदूरपश्चिममा भीषण वर्षाः अछाममा पहिरो, कैलाली र कन्चनपुरमा बाढी

असोज १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण अछाममा पहिरो गएको छ भने कैलाली र कन्चनपुरमा बाढीका कारण ९०० बढी घर डुबानमा परेका छन् । सुदूरपश्चिममा शुक्रवारबाट शुरु भएको वर्षा शनिवार पनि जारी छ । लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । 

Muktinath Bank

अछामका विभिन्न भागमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । अन्य ९ जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी जनधनको क्षति भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रवार रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा २ घर पुरिएर ९ जना बेपत्ता भएकोमा २ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बर्सातका कारण सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।

Vianet communication
Laxmi Bank

अछामको कमलबजार, ढकारी नगरपालिका लगायतमा पहिरो गएर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । ठाँटीखाँदका सातै जना घर माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ ।

पहिरोमा परी अन्य ८ जना घाइते भएकोमा ४ जनाको अवस्था जटिल छ ।

पहिरोकै कारण ढकारी गाउँपालिकामा १ घर पुरिँदा ३ जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले अछामका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए ।

कैलाली र कन्चनपुरमा बाढीको वितण्डा

शुक्रवारदेखि परिरहेको अविरल वर्षाले कैलाली र कन्चनपुरमा वितण्डा मच्चाएको छ । बाढीका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कन्चनपुरमा पनि ३० बढी घर डुबानमा परेको छ । 
कैलालीको कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका–८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिएका छन् । सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलकाघरहरू डुबानमा परेको उनले जानकारी दिए । 

यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रा नदीकै बाढीले भजनीनगरपालिका–७ को शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन् ।

बाढी प्रभावितहरूको उद्दारको कार्य भइरहेको प्रहरीले जनाएको छ । 

उता कञ्चनपुरका विभिन्न नदी किनारका बस्तीमा बाढी पसेको छ । शुक्रवारदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका वासिन्दा विस्थापित भएका छन् ।

शुक्लाफाँटा नगरपालिकाको वनहरा शिविरका ३० घरका १२० जना विस्थापित भएका छन् । भूमिहीन, सुकुम्वासीहरू शिविरमा बस्दै आएका छन् । बस्तीमा बाढी पसेपछि रातिदेखि नै शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त, सशस्त्र प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।

यस्तै, कृष्णपुर नगरपालिका–१ दोमिल्ला, पुतलीबजार, श्रीपुर, २ नम्बर वडाको वनहरा, वाणी शिविर, ५ नम्बर वडाको बबित्रा बस्ती, गुलरिया बजार, ८ नम्बर वडाको मझगाउँ लगायत ठाउँ जलमग्न र डुबानमा परेका नगर प्रमुख हेमराज ओझाले जानकारी दिए ।

प्रमुख ओझाले संयमित भई उद्धार र सहयोगमा जुट्न सबैमा अपिल गरेका छन् ।

बाढीपहिरो प्रभावितको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते भएकाहरू, प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउँधनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परी घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसूर बाँकी नराख्न र जिल्लामा भएको स्रोतसाधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x