×

NMB BANK
NIC ASIA

अधिकांश खानेपानी आयोजना अधुरो

असोज २, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

निर्माणाधीन आयोजनामध्ये चार÷पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ/१०  खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

उपभोक्ताको मागका आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरू थपिँदा समस्या भएको उनले बताए ।  

Vianet communication
Laxmi Bank

धेरै वर्षदेखि खानेपानीमा काम गरे पनि बाँकेमा थुप्रै चुनौतीहरू रहेकाले यी आयोजनाहरूले पूर्णता पाउन नसकेको जनाउँदै  उनले भने,'बर्सेनि बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ । माग बढ्दो छ । यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्‍याउने लक्ष्य पूरा हुन गाह्रो छ ।' 

उनले आफूहरूले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए। प्रमुख न्यौपानेले योजनाको सङ्ख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन रहेको छ ।

जिल्लामा १५ प्रतिशत घरधुरीले पाइप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् । बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्यान्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार एक सय ३० घरधुरी छन् । सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य राखिएको छ । 

कार्यालयले जिल्लामा ७५ खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ । गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भएको जनाइएको छ । ती योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको जनाइएको छ  । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x