फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
असोज २, २०७९
नेपाल राष्ट्र बैंकले आइतवारबाट सबै वाणिज्य बैंकले सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिनुपर्ने व्यवस्था गरेको छ ।
२९ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट दिएर पठाएको राष्ट्र बैंकले आम सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका नोट एक/एक प्याकेटका दरले १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा दिएको छ ।
राष्ट बैंकको निर्देशनबाट सबै वाणिज्य बैंकले शाखा कार्यालय तोकेरै वेबसाइटमार्फत आम सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिएका छन् ।
पछिल्लो समय सूचना प्रविधिको प्रयोग, हातहातमा मोबाइल र जहाँ पुग्यो त्यहीँ वाइफाईसहितको इन्टनरेट सुविधा छ ।
जसको प्रयोगबाट प्रविधिको प्रयोग थप सहज हुँदै गएको छ । नयाँ नोट साट्दा खर्च बढी हुने भएपनि राष्ट्र बैंकले डिजिटल माध्यमलाई प्रबद्र्धन गर्न छोडेर नगदमै जोड दिइरहेको छ ।
राष्ट्र बैंकबाट अनुमति पाएका मोबाइल वालेटको संख्या २६ पुगेको छ । वालेटबाट मासिक १७ अर्ब ४६ करोड रुपैयाँ कारोवार भएको छ ।
यसका लागि वालेटका १ करोड ३६ लाख प्रयोगकर्ताले पछिल्लो एक महिनामा १ करोड ५७ लाख पटक कारोवार गरेका छन् ।
वालेटबाट हुने यस्तो कारोवारमा इसेवा, खल्ती, आइएमई पे, प्रभु पे, सेलपेसहितका वालेटको उपस्थिति उल्लेख्य देखिन्छ ।
यी वालेटहरूले प्रयोगकर्ता आकर्षिक गर्न सिधै बैंक खाता लिंक गर्ने, क्यास ब्याक दिने, निःशुल्क अन्तरआबद्धतासहितको सुविधा दिएका छन् ।
दशैंलक्षित अफरसहित वालेटहरूले ग्राहकलाई डिजिटल भुक्तानी गर्न लोभ्याइरहेका पनि छन् । केन्द्रीय बैंकले नारामा प्रविधिको प्रबद्र्धन भन्न छाडेको छैन भने व्यवहारमा नगदको प्रयोगमै रमाइरहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल कोरोना महामारीको वर्षदेखि डिजिटलको प्रयोग बढेको दाबी गर्छन् ।
केन्द्रीय बैंकभित्रै एउटा डिजिटल पेमेन्ट डिपार्टमेन्ट र नगदको कारोबार गर्ने मुद्रा व्यवस्थापन विभाग छ । दुवै विभागले आ–आफ्नै जिम्मेवारीमा काम गर्नु एकातर्फ छ भने अर्कातर्फ पुरानो र प्रयोग गर्न असहज हुने नोट हटाएर सफा नोट प्रयोग गरौं भन्न खोजिएको केन्द्रीय बैंकको तर्क छ ।
नयाँ नोट छाप्दा साढे ३ अर्ब खर्च
नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट छाप्दा ३ वर्षमा बजारमा पठाएको नोटमा मात्रै साढे ३ अर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्र बैंकले पछिल्लो तीन वर्षमा बजारमा पठाएको ५ देखि १००० सम्मका नोटमा भएको छपाई खर्च ३ अर्ब ४५ करोड रुपैयाँ भएको छ । नोट छपाई बर्सेनि नहुन भन्दै ३ वर्षमा भएको खर्चलाई आधार बनाएर केन्द्रीय बैंकले यस्तो तथ्यांक उपलब्ध गराएको छ ।
नयाँ नोट एउटाको छपाइमै १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ७८ पैसासम्म खर्च हुन्छ । राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउने माध्यम दशैंको समय उपयुक्त हो भने पुरानो नोट बजारबाट खिच्ने उपयुक्त अवसर पनि हो ।
नोटको आयु २ देखि ३ वर्षसम्म मात्रै हुने भएकाले बजारबाट पुराना तथा झुत्रा नोट ल्याएर नयाँ पठाउने गरिएको राष्ट्र बैंकले जनाएको छ ।
पुराना र चलनचल्तीमा आउन नसक्ने नोटलाई जलाउने गरेको पनि राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।
नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल नयाँ नोट थाप्दा खर्च बढ्ने मात्रै भएपनि व्यावहारिक बाध्यताले गर्दा प्रविधिको जमानामा पनि नगदमै जोड दिनुपरिरहेको बताउँछन् ।
प्रविधिबाट दक्षिणा भुक्तानी गर्न अहिल्यै अभ्यस्त नभएको र नगदमै रमाउने नेपाली परम्परा छ । दक्षिणा दिँदा सबैले नगदमै लिने/दिने र नमस्कार गर्ने परम्पराकै कारण पनि यसलाई तत्कालै छाड्न नसकिएको नेपालले बताए ।
वार्षिक १२/१३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट दशैंको समयमा बजारमा जाने गरेको छ । यस्तो रकम फर्कँदा नै २५ प्रतिशत नोट फोहोर भएर आउने गरेको नेपालले बताए ।
नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट छाप्दा ५ को १ रुपैयाँ ६८ पैसा, १० को १.४० पैसा, २० को १.७३ पैसा, ५० को २.६७ पैसा, १०० को २.९९ पैसा, ५०० को ४.६८ पैसा र १००० दरका नोट छाप्दा ३.३७ पैसा खर्च हुने गरेको छ ।
सिक्काको मूल्यभन्दा बढी छपाइ खर्च
राष्ट्र बैंकले १ र २ दरका भने सिक्का मात्रै छाप्ने गरेको छ । सिक्का छाप्दा भने सिक्काको भ्यालूभन्दा पनि छपाइ खर्च बढी लाग्ने गरेको छ ।
सिक्का छाप्दा १ रुपैयाँको २ रुपैयाँ ४० पैसा र २ रुपैयाँको २ रुपैयाँ ७३ पैसा खर्च हुने गरेको छ । नोटभन्दा सिक्का लामो समय चलनचल्तिमा आउँछ । केन्द्रीय बैंकमा नोट जस्तो बजारमा गएको सिक्का फिर्ता भने आउँदैन ।
नयाँ नोट छाप्दा लागत, सहजता र सञ्चितिका हिसाबले पनि एकैपटक ३/४ वर्षलाई पुग्ने नोट छाप्ने गर्छ । नयाँ नोट बजारमा पठाएका कारण बजारबाट आएका झुत्रा नोटलाई राष्ट्र बैंकले बर्सेनि जलाउने गरेको छ । एक वर्षमा जलाएको नोटको संख्या नै २७ करोड ५१ लाख थान रहेको छ ।
जलाउनुपर्ने यस्तो नोटबाट गत वर्षदेखि भने ब्रिक्रेट बनाउन थालिएको छ । राष्ट्र बैंकका अनुसार बजार गएर फिर्ता आएका साना दरका नोट चाँडै बिग्रिने गरेको पाइएको छ ।
साना दरका नोट बढी चलन चल्तिमा आउने र छिटो आयु कम हुँदै जाने गरेको पाइएको छ ।
पछिल्लो समय डिजिटल भुक्तानीको वृद्धिदर उल्लेख्य रूपमै बढेको पनि छ । प्रयोगकर्ता बढेको, डिजिटल कारोवारमा जोड दिइरहेको मोबाइल बैंकिङ तथा वालेटहरूको पनि कारोवार बढेको छ ।
एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा प्रविधिको प्रयोगले विस्तारै नगदलाई घटाउँदै गएको बताउँछन् ।
मासिक १ करोड ३३ लाखले वालेट र १ करोड ८३ लाखले मोबाइल बैंकिङबाट डिजिटल कारोवार गर्नुलाई सन्तोषजनक नै मान्नुपर्छ ।
अहिले मासिक सवा खर्ब रुपैयाँ डिजिटल भुक्तानी हुन थाल्नुले नगदमा हुने कारोवारको ठूलो हिस्सा भएको देखिन्छ ।
सानो हिस्सा डिजिटल हुँदा अझै डिजिटल भुक्तानीको प्रयोग बढाउँदै नगदको प्रयोग घटाउँदै जानुपर्ने छ ।
चाडबाडमा नयाँ नोटसँगै संस्कृति पनि जोडिएको हुँदा दान दक्षिणा भने नगदमा भइरहेको छ ।
जसरी साना–साना भुक्तानी क्युआर स्क्यान गरेर मोबाइल बैंकिङबाटै सहजै हुने भएको छ त्यसैगरी नगदको ठूलो हिस्सा डिजिटल हुन बाँकी भएको बुझाइ पनि शर्माको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...