×

NMB BANK
NIC ASIA

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

असोज २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्नेभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेसँगै सरोकारवालासँग छलफल सुरु गरेको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न सङ्काय तत्काल सञ्चालन गर्न सक्ने दश जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानका रूपमा विकास गर्न सकिने धारणा राखे । “स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरुरी छ, हरेक प्रदेश राजधानीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेका छन्”, उनले भने, “कर्णालीमा पनि स्वास्थ्य क्षमता सुदृढीकरण गर्न, स्वास्थ्य अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक छ, जरुरी छ ।”


Advertisment
Nabil box
Kumari

निर्देशक डा खड्काले चालु आवमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, पाँच सय शय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको छ । 

Vianet communication
Laxmi Bank

अन्तक्र्रियामा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाले प्रतिष्ठानलाई एमबिबिएस पढाउने फेसनमात्र बनाइन नहुने सुझाव दिए । अस्पताल प्रदेश सरकारको स्वामित्वमा भए पनि प्रतिष्ठान स्थापनाका क्रममा सङ्घीय सरकारसँग समन्वय गर्दा भविष्यमा कानूनी बाधा भोग्ननपर्ने उनको भनाइ छ । 

प्रा डा रमेशनाथ अधिकारीले मुलुकका अन्य अस्पतालको तुलनामा प्रदेश अस्पतालको सेवा प्रवाह उत्कृष्ट भएको औँल्याउँदै भने “पूर्वाधार र सेवा प्रवाह गौरव गर्न लायक छ, अब दक्ष जनशक्तिलाई अध्ययन, अनुसन्धानमा जोड्न आवश्यकता छ ।”

सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले चालु आवमा अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन रु ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । 

अन्तक्र्रियामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रा डा अर्जुन कार्की, मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाललगायतले प्रतिष्ठान स्थापनाका सन्दर्भमा आआफ्नो धारणा व्यक्त गरेका थिए । हाल ३२५ शय्याको अस्पतालमा ८२ चिकित्सक, २०४ नर्ससहित ६४० कर्मचारी छन् । अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्याङ्क छ । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा विसं २०१९ सालमा स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई विसं २०२४ मा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै विसं २०२९ मा १५ शयया र २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।

विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रूपमा रुपान्तरण भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x