×

NMB BANK
NIC ASIA

सीजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा एलजी टिभीको एसेम्ब्लिङ प्लान्ट शुरू

असोज ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजी टिभीको एसेम्ब्लिङ प्लान्ट शुरू  गरेको छ ।

Muktinath Bank

एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका एमडी सुङ्घो चुनले नेपाल भ्रमण भ्रमणका क्रममा चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बलिङ प्लान्टको उद्घाटन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एलजी इलेक्ट्रोनिक्सका प्राविधिक विज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ् टोलीलाई निरन्तर रूपमा सुपरिवेक्षण र सहयोग गर्दै आएको छ जसले गर्दा नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर मापदण्डअनुसार मिल्छ।


Advertisment
Nabil box
Kumari

नेपाल भ्रमणबाट उत्साहित चुनले भने, 'विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि पहिले नै प्रसिद्ध भएको एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ। चौधरी समूहसँगको हाम्रो विगतको अनुभवले हामीलाई सेवा विस्तार गर्न यो सहकार्य गर्न प्रोत्साहित गरेको छ जसले गर्दा हाम्रा सेवाहरु अझ धेरै नेपालीहरु माझ पुग्ने छ । नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनहरूलाई यस बजारका लागि थप किफायती बनाउनका लागि थप बाटोहरू खोल्ने छ, भविष्यमा, हामी नेपालमा नेपाली ग्राहकहरुलाई अझ धेरै अवसरहरु प्रदान गर्नेछौ । निकट भविष्यमा, एलजीका घरेलु उपकरणहरू तथा मनोरन्जनका उपकरणहरू नेपालबाट एसेम्बल र उत्पादन सुरु हुनेछ, जसले नेपाली ग्राहकहरूलाई एलजीका उत्पादनहरूको लागत घटाउन मद्दत गर्नेछ।'

Vianet communication
Laxmi Bank

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप वैदेशिक लगानी ल्याउन निश्चित रूपमा मद्दत गर्ने बताए । 

'हामी सन् १९८५ ९३५ वर्ष० देखि एलजी जस्तो विश्व(स्तरीय ब्रान्डको एक हिस्सा हुन पाउँदा निकै उत्साहित छौं । एलजी र चौधरी ग्रुप बीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप बैदेसिक लगानी ल्याउन निश्चित रूपमा मद्दत गर्नेछ। यसले नेपालमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ साथै नेपाली ग्राहकहरूले गुणस्तरीय सेवा सहितका महंगा घरेलु उपकरणहरू सुपथ मुल्यमा प्राप्त गर्नुहुनेछ,' चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने।

चुनले मिन भवनमा रहेको एलजीको शोरुमको पनि भ्रमण गरे । 

एलजीका यस्ता शोरुम देशभर ८ वटा रहेका छन् ।

साथै चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सोच ब्यक्त गर्दै, सम्भाव्यताका लागि नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कको पनि भ्रमण गरे । 

उनले नवलपरासीको देभचुलीमा रहेको श्री शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लास रुम ९डिजिटल स्कूल० को पनि भ्रमण गरे ।

आफ्नो सामाजिक उत्तरदायित्व स्वोरुप, यस डिजिटल स्कूलले स्कूलका विद्यार्थीहरूलाई डिजिटल शिक्षा मार्फत समग्र शैक्षिक शिक्षा प्राप्त गर्न मद्दत गरिरहेको छ। 

यो कार्यक्रम संस्थाले आजसम्म ४ प्रदेश र ९ जिल्लामा गरि २४ सामुदायिक विद्यालयमा सुरु गरिसकेको छ र देशभर विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x