मंसिर १०, २०८०
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
दैलेख जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका वासिन्दाको लागि कल्पनाको विषय थियो ।
अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका वासिन्दाले कल्पना नै गर्ने कुरा भएन ।
पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट शुरू भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका हुँदै आठबीस नगरपालिकाका धेरै भूभाग छोएर अछाम जोडिएको छ । जिल्लाभर १२५ किलोमिटर सडक पहाडी राजमार्गले ओगटेको छ ।
राजमार्गले जोडिएका स्थान वरपरको कृषि उपजले सहजै बजार पाएको छ । स्थानीयले आम्दानी गर्न सकेका छन् ।
जिल्लाको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ । मध्यपहाडी राजमार्ग सञ्चालन हुने बित्तिकै सुयाडा क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । अग्लो भूभागमा भएका कारण हिउँ खेल्न मात्र नभएर अघिपछि घुमफिर गरेर आन्नद लिनका लागि पर्यटकलाई राजमार्गको यात्रा निकै सहज छ । सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ ।
राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । जिल्लाको पूर्वी खण्डमा करीब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाछेडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ ।
सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । सिमाना क्षेत्रका केही सडकको काम धमाधम भइरहेको र कालोपत्रको तयारी भएको आयोजना अनुगमनमा खटिएका प्राविधिक बताउँछन् ।
पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिकाका, दुल्लू नगरपालिकाको, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठवीस नगरपालिकाका केही भूभाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड सञ्चालनमा छ । पश्चिमखण्डका अधिकाँस स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।
मध्यपहाडी राजमार्ग दैलेख आयोजना प्रमुख युवराज पोखरेलले आगामी वर्ष दैलेख खण्डका सबै सडक कालोपत्र भइसक्ने बताए । पहाडी जिल्लालाई सडक सञ्जालसँग जोडेर उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पुर्याउने उद्देश्यले निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्गको सबैभन्दा विवादित मध्येको सदरमुकामको सडकखण्डको काम अहिले तीव्र पारिएको छ । यससँगै दैलेख बजारको लोहोरेदेखि छाम घाटसम्मको सडक निर्माण कार्यले तीव्रता पाएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विवाद समाधान भएको बताउँछन् । विवाद समाधान भएसँगै सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ग्याबिन भर्ने, पर्खाल लगाउने लगायत काम धमाधम शुरू भएका छन् । केही स्थानमा मुआब्जा वितरण कार्य सकिएसँगै कामले तीव्रता पाएको प्याकुरेलले जानकारी दिए ।
कर्मचारी अभावका बाबजुत पनि आयोजनाको तर्फबाट प्रभावकारी काम भएको छ । दैलेखका विभिन्न खण्डमा कामको जिम्मेवारी लिएका १० निर्माण कम्पनीले ठेक्कामार्फत काम शुरू गरेका छन् । पुल निर्माणको जिम्मा छुट्टै ३ कम्पनीकोे छ । करीब ४ अर्ब रुपैयाँ बढी रकम आर्थिक वर्ष २०७९/८० मा खर्च हुने प्रशासन प्रमुख तीर्थ जिसीले जानकारी दिए । – नवीन रिजाल/रासस
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
निजामती सेवामा कहिलेकाहीँ दाजुभाइ/दिदीबहिनी एकसाथ नाम निकालेको रमाइलो संयोग भेटिने गरेको छ । तर, शिक्षक सेवामा त्यस्तै उदाहरण बिरलैमात्रै पाइन्छ । त्यही बिरलै हुने संयोगमा परेका छन्– गुल्मीका भण्डारी ...
व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो । सा...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...