कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
असोज ६, २०७९
टंक घिसिङ बूढानीलकण्ठ नगरपालिका– ११ मा खण्डहरमा परिणत भएको आफ्नो घर हेरेर टोलाइरहेका थिए । ध्वस्त भएको ३ तल्ले घरसँगै जलेका बाइक र स्कूटर पनि थिए ।
‘सर, घर त केही बाँकी नै रहेन । पिल्लर सबैमा हानेछ । यो त खरानीसरह नै भयो,’ बिहीवार दिउँसो लोकान्तरकर्मी पुग्दा उनले गुनासो पोखे ।
ताप्लेजुङको फुङलिङ नगरपालिका– ८ दोखुबाट २५ वर्षअगाडि काठमाडौं आएका घिसिङको २५ वर्षको कमाइ एक मिनेटमा खरानी भयो ।
‘२५ वर्ष काम गरेको पसिनाको अवस्था यस्तो छ,’ घिसिङले आगोले जलेको घर देखाउँदै भने ।
क्यानडा जानका लागि छोराको भिसा लागेको थियो । पैसा साटेर घरमै राखेका थिए ।
‘छोरा क्यानडा जानलाई साटेको पैसा र १६ लाख नगद गरेर आफ्नो कोठामा २८ लाख रुपैयाँ राखेको थिएँ,’ क्षतिको विवरण सुनाउँदै उनले भने, ‘३५ तोला सुन र १५ तोला चाँदी थियो, सबै सखाप भयो ।’
घरअगाडि रहेका उनले आफूहरूले लगाएको एकसरो कपडाबाहेक सबै खरानी भएको बताए ।
उनले घरको तल्लो फ्ल्याट ट्रेकिङ कम्पनीलाई भाडामा लगाएका थिए । हिमाल चढ्न प्रयोग हुने अक्सिजन सिलिन्डरहरू राखिएको थियो ।
किचनमा खाना पकाउने क्रममा ग्यास लीक भएर सल्किएको आगो अक्सिजनको सम्पर्कमा आएर फैलिएको हुन सक्ने घिसिङले बताए ।
‘किचनबाट ग्यास लिक भएको भन्ने छ । त्यहाँ सीसीटीभी क्यामेरा थियो, त्यो हेरेपछि विस्तृत थाहा हुन्छ,’ उनले थपे ।
साँझको समयमा आफूहरू बजार निस्किएकाले परिवारका सदस्यहरू भने सकुशल रहेको उनले बताए । उनी श्रीमतीसँगै चाबहिल गएका थिए ।
घरमा रहेकी सासूआमा पनि नातिलाई लिएर बेलुका बजारमा टहल्न निस्केकी रहिछन् । ७ महिनाको गर्भवती रहेकी साली मात्र घरमा थिइन् ।
उनी माथिल्लो तल्लामा रहेकाले पछि उद्धार गर्न सम्भव भयो ।
भुइँतल्ला ट्रेकिङ व्यवसायी मिङ्मा शेर्पाले भाडामा लिएका थिए । घटना भएको दिन त्यहाँ मिङ्माका भाइ र कामदारहरू थिए ।
घिसिङ बेलुका करीब सवा ८ बजेतिर घर फर्किए । घरनजिक आइपुग्दा भीडभाड थियो । नजिकै आगो लागिरहेको देखे । कतै आफ्नै घर त हैन भनेर हेर्दा उनी छाँगाबाट खसेजस्तो भए । उनी आउँदा दमकल आइसकेको थियो ।
‘म आउँदा आगो लागिरहेको थियो । भित्र जान सक्ने अवस्था थिएन । के गर्ने, कसो गर्ने अत्तोपत्तो पाइनँ,’ घिसिङले भने ।
घिसिङका छिमेकी विनोद खत्रीका अनुसार उनीहरू खाना खान बसिसकेको अवस्थामा एक्कासि बम पड्किएको जस्तो आवाज आयो । केही चिज आएर उनको घरमा बजारियो ।
विस्फोट भएको ठानेर उनीहरू ज्यान बचाउन लुके । आवाज केही शान्त भएपछि हेर्दा छिमेकीको घरमा आगो लागिरहेको देखे ।
‘एक्कासि बम पड्केको आवाज आयो । आफ्नै घरमा बजारिए पछि झन् डर लाग्यो । पछि हेर्दा त उहाँ (घिसिङ)को घरमा आगलागी भएको रहेछ,’ खत्रीले लोकान्तरसँग भने, ‘पछि प्रहरीलाई खबर गर्यौं । आगो दन्किएकाले केही गर्न सक्ने अवस्था रहेन ।’
अर्का स्थानीय सचिन थापाले घरमा रहेका एकजना माथिल्लो तल्लाबाट हाम्फालेको देखेको बताए ।
‘मेरो घर ५ सय मिटर पर छ । बम पड्केको आवाज आएपछि बाहिर हेर्दा एकजना झ्यालबाट तल खेतमा हामफाल्दै थिए,’ थापाले लोकान्तरसँग भने ।
स्थानीयका अनुसार आगलागी भएको दिन दिउँसो अफिसका लागि पार्टेसनको काम भएको थियो । प्रहरीका अनुसार घटनामा ३ जनाको मृत्यु भएको छ ।
प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय तेन्जी शेर्पा, संखुवासभा घर भई काठमाडौंको सुकेधारा बस्दै आएका ३२ वर्षीय अशोक राई र काठमाडौं २६ रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।
कपनमै बस्ने २८ वर्षीय कुशल बुढाथोकीको दायाँ हात, दुबै खुट्टा र अनुहारको दायाँ भाग जलेको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार खाना पकाउने ग्यास र अक्सिजन सिलिन्डर विस्फोट भएर आगलागी भएको हो ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...