×

X
Nic Asia
Marvel
Khukuri

अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू भएनः वित्त आयोग

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन् । 

DHARA
LAxmi BAnk

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शर्माले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए । उनले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानूनबमोजिम बाँड्नु भनिएको भए पनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताए । 

‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा । तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म । त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ । मैले क्लू नै दिएँ । त्यो हामीले किन गरेनौँ भने संसद्ले बनाएको कानून संविधानसँग मेल खाँदैन । किन मेल खादैन भने संविधानमा के भनिदिनु भयो भने कानून बमोजिमबाहेक खर्च गर्न नि पाइँदैन’, शर्माले भने, ‘कानूनबमोजिम बाहेक पैसा उठाउन पनि पाइँदैन । एक पैसा खर्च गर्न पनि पाइँदैन । कानून बनाउने अधिकार कहाँ–कहाँ छ भन्दाखेरी गाउँसभा, नगरसभामा छ । प्रदेश सभामा छ । अनि संघको संसद्मा छ । जिल्ला सभामा त छैन । संविधानले नै के भन्यो भने जिल्ला सभालाई जाने बजेट चाहिँ प्रदेशबाट जाने भनेको छ, प्रदेश कानूनले प्रदेशको विनियोजन ऐनले व्यवस्था गरेर जाने हो । जसलाई कानून बनाएर खर्च गर्ने अधिकार नै छैन त्यहाँ पैसा दे भन्नुभएको छ । त्यसैले हामीले के ठान्यौँ भने संसदले बनाएको कानूनभन्दा संविधान नै ठीक हो ।’


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

हिमाल आरोहणका लागि यो वर्षको शरद ऋतु (अटम सिजन)मा ६१२ जनाले अनुमति लिएका छन् । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार विभिन्न २३ वटा हिमाल आरोहणका लागि ७३ टोलीले अनुमति लिएका छन् । यस्तो अनुमति ल...

असोज १४, २०७९

उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए । विराटनग...

असोज १४, २०७९

पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्...

असोज १४, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्...

असोज १३, २०७९

नेपाल आयल नियमले दशैंको अवसरमा पनि आफ्ना कार्यालयहरू खुला रहने जानकारी दिएको छ । अन्य सबै सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहेको अवस्थामा पनि नियमले आफू मातहतका कार्यालयहरू खुला रहने जानकारी दिएको हो ।&...

असोज १४, २०७९

दशैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैं सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।  साविक २२ लाख लिटर पेट्रोल ख...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x