×

NMB BANK
NIC ASIA

टेण्डर नपरेपछि ढुवानी भएन चामल

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चामल ढुवानीका लागि टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । 

Sagarmatha Cement
Muktinath Bank

दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि बोलपत्र आह्वान गरे पनि कसैले नहाल्दा चामल ढुवानी अन्योलमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनः दोस्रोपटक बोलपत्र खोलेर ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले ताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि बोलपत्र परेको छैन ।

Vianet communication
Laxmi Bank

'बोलपत्र खोले पनि कसैले पनि बोलपत्र आह्वान गरेनन्', उनले भने,'त्यसले गर्दा पनि चामल ढुवानी हुनसकेको छैन ।'

पहाडी जिल्लामा चामल पुर्‍याउनका लागि तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । 

अहिले करिब चार हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ । बोलपत्र नपरेपछि अहिले कार्यालय आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामलसमेत पठाइसकेको छ । 

ढुवानी रकम महँगो भएकाले पनि बोलपत्र हाल्न नमानेको हुनसक्ने उनले बताए ।

'अहिले पेट्रोलको मूल्य बढेको छ, तर ढुवानी मूल्य बढेपछि बोलपत्र हाल्न नमानेको हुनसक्छ', उनले भने ।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ । प्रत्येक चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उनले बताए । जसअनुसार अहिले बास्मती चामलको मूल्य प्रतिकेजी रु एक सय तीन, जिरा मसिनो चामलको प्रतिकेजी रु ६०, सोना मन्सुलीको प्रतिकिलो रु ४३ रहेको छ ।

दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेकोसमेत उनले बताए । उनका अनुसार दाङमा कम्पनीको वार्षिक दुई सय क्विन्टलमात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल ढुवानी हुने गरेको उनको भनाइ छ ।

अर्कोतर्फ मानिसलाई खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउने कुरा थाहा नभएर पनि बजारबाट चामल किन्ने गरेको बताए । यसका लागि प्रचार–प्रसार आवश्यक रहेको उनको भनाइ छ । तुलसीपुरमा चामल मौज्दात राख्नका लागि पाँच हजार क्विन्टल क्षमता रहेको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x