कात्तिक २३, २०८०
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रवारबाटै नेपाल, भारतलगायत विश्वभरका चलचित्र हलमा प्रदर्शनमा आएको हो ।
चलचित्रको बिहीवार भारतको मुम्बईमा प्रिमियर शो आयोजना गरिएको थियो । जसका लागि चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ केही दिनअघि नै मुम्बई पुगेका थिए ।
प्रिमियरमा नेपाली चलचित्र क्षेत्रकी एकसमयकी लोकप्रिय अभिनेत्री निरुता सिंहसमेत पुगेकी थिइन् । उनी पछिल्लो वर्ष मुम्बईमै बस्दै आएकी छन् । प्रिमियरमा चलचित्र हेरेर निस्किएपछि उनले आफूलाई एकदमै ‘प्राउड फिल’ (गौरवको अनुभूति) भएको बताएकी छन् । ‘हाम्रो नेपाली चलचित्र भारतमा समेत ठूलो स्केलमा प्रदर्शनमा आयो । त्यो नै हामी सबै नेपालीका लागि सबैभन्दा प्राउडको कुरा हो’ उनले भनिन् ।
निरुताले केही साताअघि मुम्बईको हलमा हिन्दी चलचित्र हेर्ने क्रममा ‘प्रेम गीत ३’को टे«लर प्रदर्शन हुँदा आँखाबाट खुशीको आँशु नै आएको समेत स्मरण गरिन् । ‘म साथीहरूसँग हिन्दी चलचित्र हेर्न गएकी थिएँ । त्यतिबेला यहाँ जब प्रेम गीत ३ को ट्रेलर आयो, म एकदमै खुशी भएँ’, निरुताले भनिन्, ‘खुशीले आँखामा आँशु नै आयो ।’
उनले चलचित्र कस्तो बन्यो ? कसरी चल्छ त्यो सेकेण्डरी कुरा भएको बताउँदै भारतसम्म आउनु नै सबै नेपालीको लागि खुशीको कुरा भएको बताइन् ।
निरुताले नेपाल कति सुन्दर छ भन्ने कुरा चलचित्रले देखाएको समेत बताइन् । ‘कति सुन्दर छ हाम्रो नेपाल भन्ने चलचित्रले देखाएको छ । वाह ! हाम्रो नेपाल भन्ने महसुस भयो’, उनले बताइन् । चलचित्र मेकिङ राम्रो बनेको निरुताले बताइन् । अभिनेता प्रदीप खड्का, नव–अभिनेत्री क्रिष्टिना गुरुङको अभिनय एकदमै राम्रो रहेको निरुताले बताइन् । उनले निर्माता एवं निर्देशक सन्तोष सेन धन्यवादको पात्र भएको बताइन् ।
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...